यस्तो छ नयाँ मर्यादाक्रम, प्रदेशप्रमुख साताैंमा, मुख्यमन्त्री नवौं स्थानमा

Abhiyanpost Abhiyanpost
|
बुधबार, माघ १७, २०७४
|
|
४९ पटक हेरिएको
Shares
यस्तो छ नयाँ मर्यादाक्रम, प्रदेशप्रमुख साताैंमा, मुख्यमन्त्री नवौं स्थानमा

सारांश

  • काठमाडौं, माघ १७ ।
  •  सरकारले संघीय शासन लागू भएपछि स्थापित संघ, प्रदेश र स्थानीय तहका पदाधिकारी तथा कर्मचारीलाई समेटेर नयाँ मर्यादाक्रम तोकेको छ।
  • पुरानो मर्यादाक्रम खारेज गर्दै सोमबारको मन्त्रिपरिषद् बैठकले संघीय शासनअनुरूप नयाँ मर्यादाक्रम निर्धारण गरेको हो।

काठमाडौं, माघ १७ । सरकारले संघीय शासन लागू भएपछि स्थापित संघ, प्रदेश र स्थानीय तहका पदाधिकारी तथा कर्मचारीलाई समेटेर नयाँ मर्यादाक्रम तोकेको छ। पुरानो मर्यादाक्रम खारेज गर्दै सोमबारको मन्त्रिपरिषद् बैठकले संघीय शासनअनुरूप नयाँ मर्यादाक्रम निर्धारण गरेको हो।

मर्यादाक्रमममा राष्ष्ट्रपतिदेखि गाउँपालिका उपाध्यक्षसम्म समेटिएको छ । नयाँ शासकीय स्वरूपमा आएका प्रदेश प्रमुख, मुख्यमन्त्री, प्रदेशमन्त्री, महानगरपालिकाका प्रमुख–उप्रमुख तथा गाउँपालिकाका अध्यक्ष–उपाध्यक्षसहितको मर्यादाक्रम निर्धारण गरिएको हो । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

मर्यादाक्रममा ३४ नम्बरसम्म छ। सरकारले लागू गरेको नयाँ मर्यादाक्रमको पहिलो नम्बरमा राष्ट्रपति छन् भने सबैभन्दा तल ३४ नम्बरमा नेपाली सेनाका सहायक सेनानी छन्। दोस्रो नम्बरमा उपराष्ट्रपति र तेस्रोमा प्रधानमन्त्री, चौथोमा प्रधानन्यायधीश, पाँचौंमा प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षलाई राखिएको छ। यस्तै छैटौं नम्बरमा पूर्वराष्ट्रपति र उपप्रधानमन्त्रीलाई राखिएको छ।

प्रदेशमा राष्ट्रपति सरहको भूमिकामा रहने प्रदेश प्रमुखलाई मर्यादाक्रमको सातौं स्थानमा राखिएको छ। आठौं स्थानमा पूर्वउपराष्ट्रपति र पूर्वप्रधानमन्त्रीलाई राखिएको छ। प्रदेशको मुख्यमन्त्री र पूर्वप्रधानन्यायाधीश, संसद्का पूर्वसभामुख पूर्वअध्यक्ष मर्यादाक्रमको नवौं स्थानमा परेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

समयमा लेखापरीक्षण प्रतिवेदन नबुझाउने दललाई जरिवाना तोकियो, कस्लाई कति ?
समयमा लेखापरीक्षण प्रतिवेदन नबुझाउने दललाई जरिवाना तोकियो, कस्लाई कति ?
एकीकृत समाजवादीको सचिवालय बैठक आजै, पार्टी एकताको विषय अनुमोदन हुने
एकीकृत समाजवादीको सचिवालय बैठक आजै, पार्टी एकताको विषय अनुमोदन हुने
चुनावको मतगणना हुनेबेला प्रधानमन्त्री मोदी गेरु वस्त्रमा गुफा पसे
चुनावको मतगणना हुनेबेला प्रधानमन्त्री मोदी गेरु वस्त्रमा गुफा पसे
ओलीलाई अचानक यो के भयो ? एकाएक सबैलाई रुवाए
ओलीलाई अचानक यो के भयो ? एकाएक सबैलाई रुवाए
हङकङ बस्ने सोल्टी ले यो तिज मा आइफोन ल्याइदिदा रुपा र आस्ना लाज ले भुतुक्कै (भिडियो सहित )
हङकङ बस्ने सोल्टी ले यो तिज मा आइफोन ल्याइदिदा रुपा र आस्ना लाज ले भुतुक्कै (भिडियो सहित )
‘उपत्यकाबासीलाई चित्तबुझ्दो प्रहरी सेवा प्रदान गर्छु’ : एआईजी चन्द
‘उपत्यकाबासीलाई चित्तबुझ्दो प्रहरी सेवा प्रदान गर्छु’ : एआईजी चन्द
अत्यधिक स्क्रिन टाइम र शारीरिक निष्क्रियता: भविष्यका लागि ठूलो चेतावनी
अत्यधिक स्क्रिन टाइम र शारीरिक निष्क्रियता: भविष्यका लागि ठूलो चेतावनी
सिन्धुलीमा मतपेटिका लक्षित बम बिस्फोट
सिन्धुलीमा मतपेटिका लक्षित बम बिस्फोट
जीवनभर एउटा कोट लगाउने ‘सर्वहारा’ चन्द्रदेवमाथि अख्तियारको आरोप हाँस्यास्पद(डा. सुरेन्द्र केसी)
जीवनभर एउटा कोट लगाउने ‘सर्वहारा’ चन्द्रदेवमाथि अख्तियारको आरोप हाँस्यास्पद(डा. सुरेन्द्र केसी)
भारतमा हिंसात्मक प्रदर्शन जारी, मृत्यु हुनेको सङ्ख्या २० पुग्यो
भारतमा हिंसात्मक प्रदर्शन जारी, मृत्यु हुनेको सङ्ख्या २० पुग्यो

तपाईंले छुटाउनुभयो कि?