कोभिडका कारण चीनको हवाइमा ८० हजार पर्यटक फसे
सारांश
- बेइजिङ।
- अधिकारीहरूले कडा यात्रा प्रतिबन्ध लगाएपछि चीनमा ठूलो संख्यामा पर्यटकहरु फसेका छन्।
- ‘चीनको हवाई’ भनेर चिनिने रिसोर्ट शहरमा ८० हजारभन्दा बढी पर्यटकहरू फसेका हुन्।
बेइजिङ। अधिकारीहरूले कडा यात्रा प्रतिबन्ध लगाएपछि चीनमा ठूलो संख्यामा पर्यटकहरु फसेका छन्। ‘चीनको हवाई’ भनेर चिनिने रिसोर्ट शहरमा ८० हजारभन्दा बढी पर्यटकहरू फसेका हुन्।
पर्यटन हटस्पट सान्या हेनानको दक्षिणी टापुमा रहेको १० लाख भन्दा बढी मानिसको सहर हो, जहाँ आइतवार ४८३ कोभिड केस रिपोर्ट गरिएको थियो।
कोभिडका कारण सहर बाहिरका सबै उडानहरू सप्ताहन्तमा रद्द गरिनुका साथै रेल टिकट बिक्री पनि रोकिएका छन् । बाहिर जान चाहने पर्यटकहरूले पटक पटक पीसीआर परीक्षण गरेका स्वास्थ्य अधिकारीहरूले बताएका छन्।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया