ब्राजिलमा कोरोनाबाट ७२ हजारको मृत्यु

Abhiyanpost Abhiyanpost
|
सोमबार, आषाढ २९, २०७७
|
|
५८ पटक हेरिएको
Shares
ब्राजिलमा कोरोनाबाट ७२ हजारको मृत्यु

सारांश

  • २९ असार :  ब्राजिलमा कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित हुनेको संख्या दिनप्रतिदिन बढ्दो रहेको देखिएको छ ।
  • साथै यहाँ पछिल्ला हप्ता हरुमा यस संक्रमणबाट ज्यान जाने व्यक्तिको संख्यामा पनि बृद्धि भइरहेको प्राप्त तथ्यांकहरुमा देखिएको छ ।
  • यहाँको स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो तथ्यांकअनुसार यहाँ यस संक्रमणबाट ज्यान जाने व्यक्तिहरुको संख्या कम्तीमा पनि ७२ हजार पुगेको बताइएको छ ।

२९ असार :  ब्राजिलमा कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित हुनेको संख्या दिनप्रतिदिन बढ्दो रहेको देखिएको छ । साथै यहाँ पछिल्ला हप्ता हरुमा यस संक्रमणबाट ज्यान जाने व्यक्तिको संख्यामा पनि बृद्धि भइरहेको प्राप्त तथ्यांकहरुमा देखिएको छ ।

यहाँको स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो तथ्यांकअनुसार यहाँ यस संक्रमणबाट ज्यान जाने व्यक्तिहरुको संख्या कम्तीमा पनि ७२ हजार पुगेको बताइएको छ । ब्रालिजमा पछिल्लो २४ घन्टायतामात्र ६३१ जनाको ज्यान गएको ब्राजिलको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म ब्राजिलमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १८ लाख ६४ हजार जना पुगेको छ । पछिल्लो २४ घण्टा यता मात्र ब्राजिलमा २४ हजार ९३१ जना नयाँ संक्रमित फेला परेका हुन् ।

त्यस्तै ब्राजिलमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि ७२ हजार १०० पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र ब्राजिलमा कोरोना भाइरसका यतिधेरै संक्रमित थपिएका छन् । त्यस्तै गएको २४ घन्टामा ६३१ जनाको मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

गएको शनिबारमात्र यहाँ ३९ हजार जना नयाँ संक्रमित थपिएको जनाएको थियो । एकै दिनमा यहाँ यति धेरै संक्रमित थपिनुका साथै १ हजार ७१ जनाको ज्यान गएको थियो । त्यसैगरी शुक्रबार मात्र यहाँका करिब १ हजार २०० जनाको एकैदिनमा निधन भएको बताइएको छ । यहाँ पछिल्लो समयमा नयाँ संक्रमितका साथै मृत्यु हुनेको संख्यामा पनि बृद्धि भइरहेको छ ।

ब्राजिलको सबैभन्दा ठूलो सहर साओ पाउलोले बार, रेस्टुरेन्ट, ब्युटीपार्लर, सैलुन खोल्ने तयारी गरिरहेको अवस्थामा ब्राजिलमा कोरोना भाइरसका संक्रमितको संख्या १८ लाख नाघेको हो । उता रियो दि जेनेरियोमा भने यसै हप्तामात्र बार र रेष्टुरेन्ट खुलिसकेका छन् । ब्राजिल अमेरिकापछि कोरोना भाइरसबाट सबैभन्दा धेरै प्रभावित हुने मुलुक हो ।एएनआई

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बालकोटमा कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप
बालकोटमा कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप
मध्य पुसमा नेपालगञ्ज गुञ्जने: राजेश, कमल र सन्दिप सहित आधा दर्जनले प्रस्तुति दिने
मध्य पुसमा नेपालगञ्ज गुञ्जने: राजेश, कमल र सन्दिप सहित आधा दर्जनले प्रस्तुति दिने
दुई पाइलटले हाँकेको जेट प्लेनजस्तो हुनुपर्ने तर सामान्य गाडी चलेजस्तो बजेट अायाे: बाबुराम भट्टराई
दुई पाइलटले हाँकेको जेट प्लेनजस्तो हुनुपर्ने तर सामान्य गाडी चलेजस्तो बजेट अायाे: बाबुराम भट्टराई
बलात्कारका घट्नामा सरकार संवेदनशील भएन् : सांसद संग्रौला
बलात्कारका घट्नामा सरकार संवेदनशील भएन् : सांसद संग्रौला
तेह्रथुमको प्रदेश ख को मतगणना स्थगित
तेह्रथुमको प्रदेश ख को मतगणना स्थगित
बिमिस्टेकमा भाग लिन भुटानका अन्तरिम सरकारका प्रमुख सल्लाहकार आइपुगे
बिमिस्टेकमा भाग लिन भुटानका अन्तरिम सरकारका प्रमुख सल्लाहकार आइपुगे
सशस्त्र द्वन्द्वका हिंसापीडित महिला भन्छन्– कहिले पाइएला न्याय ?
सशस्त्र द्वन्द्वका हिंसापीडित महिला भन्छन्– कहिले पाइएला न्याय ?
वैदेशिक रोजगारी: पन्ध्र वर्षमा १४ हजार बढीको मृत्यु
वैदेशिक रोजगारी: पन्ध्र वर्षमा १४ हजार बढीको मृत्यु
चिकित्सा विधेयक पहिलो कार्यसूचीमा
चिकित्सा विधेयक पहिलो कार्यसूचीमा
मुटुको चालमा गडबडी भएपछि डा केसी अाइसियुमा , केसी भन्छन ‘कर्णाली मै मर्छु’
मुटुको चालमा गडबडी भएपछि डा केसी अाइसियुमा , केसी भन्छन ‘कर्णाली मै मर्छु’

तपाईंले छुटाउनुभयो कि?