साकार हुँदै जित्नैपर्ने दबाब

Abhiyanpost Abhiyanpost
|
बुधबार, जेठ ११, २०७९
|
|
५५ पटक हेरिएको
Shares
साकार हुँदै जित्नैपर्ने दबाब

सारांश

  • पोखरा।
  • पोखरा महानगरपालिकाको मेयरमा नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्य पक्का हुँदा उपमेयरमा नेकपा एमालेकी मञ्जुदेवी गुरुङ दोहोरिने सुनिश्चित छ ।
  • सत्ता गठबन्धनअन्तर्गत एकीकृत समाजवादीबाट मेयर उम्मेदवार आचार्यले आफ्ना निकटतम प्रतिस्पर्धी एमालेका कृष्ण थापालाई फराकिलो मतान्तरले पछि पारेका छन् ।

पोखरा। पोखरा महानगरपालिकाको मेयरमा नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्य पक्का हुँदा उपमेयरमा नेकपा एमालेकी मञ्जुदेवी गुरुङ दोहोरिने सुनिश्चित छ ।

सत्ता गठबन्धनअन्तर्गत एकीकृत समाजवादीबाट मेयर उम्मेदवार आचार्यले आफ्ना निकटतम प्रतिस्पर्धी एमालेका कृष्ण थापालाई फराकिलो मतान्तरले पछि पारेका छन् । उनले कायम गरेको मतान्तर मतगणना हुन मतको तुलनामा बढी छ ।

धनराज आचार्य निकतम प्रतिस्पर्धीभन्दा ५ हजार ४ सय ८५ मतान्तरले अघि छन् । उनले ५७ हजार ७२ ल्याउँदा एमालेका कृष्ण थापाले ५१ हजार ५ सय ८७ मत पाएका छन् । ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा पोखरामा १ लाख ४३ हजार २ सय २६ मत खसेकोमा मंगलबार रातिसम्म १ लाख ३९ हजार ४ सय ११ गणना भएको छ । अब ३ हजार ८ सय जति गणना बाँकी छ ।

उपमेयरमा एमालेकी मञ्जुदेवी गुरुङले ५९ हजार ७० मत प्राप्त गरेकी छन् । सत्ता गठबन्धनअन्तर्गत नेपाली कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटले ५५ हजार ८० मत पाएकी छन् । उनीहरूबीच ३ हजार ९ सयको अन्तर छ ।

यसरी मेयरमा आचार्य र उपमेयरमा गुरुङ सुनिश्चित भएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीकी मितिनीसमेत रहेकी मञ्जुदेवी २०७४ सालको चुनावमा पनि उपमेयरमा निर्वाचित भएकी थिइन् । पाँचदलीय गठबन्धनकै उम्मेदवारलाई फराकिलो मतान्तरले पछि पारेर विजयी सुनिश्चित गरेकी गुरुङले पोखरामा एमालेको साख बचाएकी छन् ।

पोखराका कुल ३३ वटा वडामध्ये अब ३ वटा मात्र वडाको गणना बाँकी छ । ती वडाको गणना मंगलबार दिउँसो आइसक्ने यसअघि मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाए पनि मध्याह्नमा एक्कासि विवाद उत्पन्नपछि ७ घण्टासम्म यहाँको गणना रोकिन पुगेको थियो । पोखराले गत ३१ वैशाखदेखि मत गनिरहेकोमा ११ दिनसम्म पनि सकेको छैन । त्यसो त पोखराका पाँच पालिकामध्ये अन्य चार गाउँपालिकाको मतगणना सम्पन्न भई नवनिर्वाचित जनप्रतिनिधिले पदवहाली गरिसकेका छन् ।

पोखरामा हालसम्म कांग्रेसले २१ वटा वडामा विजयी हासिल गर्दा एमालेले नौवटा वडा जितेको छ ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेले पोखराको प्रमुख र उपप्रमुखसहित २२ वडामा जितेको थियो । त्यसैले पनि पोखरा एमालेको गढ मानिन्थ्यो । त्यसबेला कांग्रेसले ११ वटा वडा मात्र जितेकोमा अहिले एमालेभित्रै ‘अन्तर्घात’ हुँदा नतिजा उल्टिन पुगेको राजनीतिक विश्लेषक बताउँछन् ।

टिकटमा समाजवादीले अडान नछाड्दा कांग्रेस कास्कीका नेताहरू गठबन्धनबाट कांग्रेसलाई जसरी पनि मेयर टिकट दिनुपर्ने भनी पार्टी सभापति शेरबहादुर देउवा भेट्न पुगेका थिए । गठबन्धनमा जोड दिएका देउवाले अघिल्लोपटक पनि माओवादीसँग गठबन्धन हुँदा किन पराजित भएको भन्ने प्रतिप्रश्न गर्दै नाजवाफ फर्काएका थिए । देउवाले सो प्रश्नमा पोखराको कांग्रेसमा सामूहिकता छैन, अन्तर्घात गर्लान् भन्ने थियो । साथै लेखनाथ नगरपालिकालाई पोखरामा किन मिसाएको भन्ने थियो । अन्ततः स्थानीय चुनावमा गठबन्धन बनेपछि एकीकृत समाजवादीका धनराज आचार्य मेयर उमेदवार बनेका थिए ।

एमालेबाटै चोइटिएको एकीकृत समाजवादीलाई भने यहाँको चुनाव जसरी पनि जित्नुपर्ने दबाब बन्यो । पार्टी अध्यक्ष माधवकुमार नेपाल पनि यसलाई धेरै चासोका साथ लिएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

RnR groups US को होलि Special Photoshoot
RnR groups US को होलि Special Photoshoot
सुदूरपश्चिम दूध उत्पादनमा आत्मनिर्भर, बजार व्यवस्थापन अझै चुनौती
सुदूरपश्चिम दूध उत्पादनमा आत्मनिर्भर, बजार व्यवस्थापन अझै चुनौती
आज दशैंको सातौ दिन, घर–घरमा फूलपाती भित्राइदै
आज दशैंको सातौ दिन, घर–घरमा फूलपाती भित्राइदै
कांग्रेसले बनाउने छाया सरकारमा विनोद चौधरी अर्थमन्त्रीका दाबेदार
कांग्रेसले बनाउने छाया सरकारमा विनोद चौधरी अर्थमन्त्रीका दाबेदार
मध्यरातमा विज्ञप्ति जारी गर्दै बाबुरामले भने  ‘एमाले माओवादी गठबन्धन सिन्डिकेट हो’ (पूर्ण पाठ)
मध्यरातमा विज्ञप्ति जारी गर्दै बाबुरामले भने  ‘एमाले माओवादी गठबन्धन सिन्डिकेट हो’ (पूर्ण पाठ)
बैशाख २८ गते काठमाडौँमा ६ देशका टप रेसलरको महाभिडन्त हुने
बैशाख २८ गते काठमाडौँमा ६ देशका टप रेसलरको महाभिडन्त हुने
धितोपत्र बोर्डको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
धितोपत्र बोर्डको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
मौसममा फेरि फेरबदलः कृषि क्षेत्रमा असर पर्नसक्ने
जनावरद्वारा मानिसमा महामारी फैलिने त्रास
जनावरद्वारा मानिसमा महामारी फैलिने त्रास
सोमबार थपिए ४५१ कोरोना संक्रमित, संक्रमितको संख्या नाघ्यो ६ हजार
सोमबार थपिए ४५१ कोरोना संक्रमित, संक्रमितको संख्या नाघ्यो ६ हजार

तपाईंले छुटाउनुभयो कि?