सागको मार्चपासमा नेपालको झण्डा कमल अधिकारीले बोक्ने

Abhiyanpost Abhiyanpost
|
शनिबार, मंसिर १४, २०७६
|
|
५४ पटक हेरिएको
Shares
सागको मार्चपासमा नेपालको झण्डा कमल अधिकारीले बोक्ने

सारांश

  • कमल अधिकारी, भारत्तोलनका राष्ट्रिय खेलाडी ।
  • उनले भारत्तोलनतर्फ नेपालको नयाँ किर्तिमान मात्र राखेका छैनन् राष्ट्रलाई अन्तर्रा्ष्ट्रिय पदक पनि दिलाएका छन् ।
  • उनै कमलले आइतबार १३ औं सागको उद्घाटनमा नेपालको राष्ट्रिय झण्डा बोक्नेछन् ।

कमल अधिकारी, भारत्तोलनका राष्ट्रिय खेलाडी । उनले भारत्तोलनतर्फ नेपालको नयाँ किर्तिमान मात्र राखेका छैनन् राष्ट्रलाई अन्तर्रा्ष्ट्रिय पदक पनि दिलाएका छन् । उनै कमलले आइतबार १३ औं सागको उद्घाटनमा नेपालको राष्ट्रिय झण्डा बोक्नेछन् ।

नेपाल ओलम्पिक कमिटिले कमललाई राष्ट्रिय झण्डा बोक्ने जिम्मेवारी दिएको हो । कमल यसकारण पनि भाग्यमानी सावित भए कि उनले देशमै हुनगइरहेको दक्षिण एशियाली खेलमा राष्ट्रिय झण्डा समात्ने मौका पाए । ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठको हस्ताक्षरसहितको विज्ञप्तिमा भनिएको छ , ‘उत्कृष्ट खेलाडी भारोत्तोलन खेलका श्री कमल अधिकारी भएको हुँदा उद्घाटन समारोहमा नेपालको राष्ट्रिय झण्डा वहाँले समात्ने व्यहोरा सहर्ष जानकारी गराउँदछु ।’

कमललाई खेल अनुभव, अन्तर्रा्ष्ट्रिय पदक र ओलम्पिक खेलमा समेत सहभागिता जनाइसकेको आधारमा झण्डा समात्ने अवसर प्रदान गरिएको जनाइएको छ ।

नेपाली सेनाका कमलले लाइट वेट समूहमा राष्ट्रिय किर्तिमान राखेका छन् । उनी दक्षिण एशियाली खेलकुदका स्वर्ण पदक विजेता पनि हुन् । उनले ओलम्पिकमा सहभागिता जनाइसकेका छन् । नेपाली सेनाका कमल ४२ वर्ष भइसक्दा पनि खेलमा सक्रिय छन् । ५ फिट दुई इन्च अग्ला उनीबाट स्वर्ण पदककको आशा राखिएको छ

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बढि भएको बिजुली बेचेर यसरी पैसा कमाउनुस
बढि भएको बिजुली बेचेर यसरी पैसा कमाउनुस
दुरा समुदायको इतिहास र संस्कृति झल्किने पुस्तक
दुरा समुदायको इतिहास र संस्कृति झल्किने पुस्तक
यी डाक्टर साब नअाए राप्रपा र राप्रपा प्रजातान्त्रिकको एकता
यी डाक्टर साब नअाए राप्रपा र राप्रपा प्रजातान्त्रिकको एकता
बैशाख ९ मा एमाले–माओवादी केन्द्र एकता होला ? यस्तो आयो एमालेको निर्णय
बैशाख ९ मा एमाले–माओवादी केन्द्र एकता होला ? यस्तो आयो एमालेको निर्णय
नेपाल लाइफद्धारा कोरोना उपचार कोषमा एक करोड सहयोग
नेपाल लाइफद्धारा कोरोना उपचार कोषमा एक करोड सहयोग
भेनेजुयलामा रूसी भूमिकाप्रति अमेरिका ‘चुप लागी’ बस्दैन : अमेरिकी विदेशमन्त्री
भेनेजुयलामा रूसी भूमिकाप्रति अमेरिका ‘चुप लागी’ बस्दैन : अमेरिकी विदेशमन्त्री
संसदीय समितिको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न गृहमन्त्री लेखकको निर्देशन
संसदीय समितिको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न गृहमन्त्री लेखकको निर्देशन
दाइजो प्रथा अन्त्य गर्न मधेसबाट राष्ट्रिय अभियान सुरु गरिने
दाइजो प्रथा अन्त्य गर्न मधेसबाट राष्ट्रिय अभियान सुरु गरिने
मतदाता तान्न उम्मेद्धवारद्धारा गाउँगाउँमा मदिरा र मासुभात
मतदाता तान्न उम्मेद्धवारद्धारा गाउँगाउँमा मदिरा र मासुभात
जनकपुरलाई प्रदेशको राजधानी तोकिएपछि बीरगञ्जमा बन्द आव्हान
जनकपुरलाई प्रदेशको राजधानी तोकिएपछि बीरगञ्जमा बन्द आव्हान

तपाईंले छुटाउनुभयो कि?