साताको दोश्रो दिन सोमबार पनि सेयर बजार ओरालो

Abhiyanpost Abhiyanpost
|
सोमबार, भाद्र ६, २०७९
|
|
५० पटक हेरिएको
Shares
साताको दोश्रो दिन सोमबार पनि सेयर बजार ओरालो

सारांश

  • काठमाडौ ।
  • आज सोमबार पनि शेयर बजार परिसूचक नेप्से घटेको छ ।
  • आज सूचक ७।

काठमाडौ । आज सोमबार पनि शेयर बजार परिसूचक नेप्से घटेको छ । आज सूचक ७।४१ अंकले घटेर २०५३।१३ को बिन्दुम पुगेर रोकिएको छ । आज कारोबारमा आएका २ सय २२ कम्पनीका ५२ लाख ३० हजार ७ सय ६३ कित्ता शेयर खरिद बिक्रिबाट १ अर्ब ७२ करोड ६२ लाख ८७ हजार ४ सय २९ रुपैयाँ ५९ पैसाको कारोबार भएको छ ।

जस मध्ये हिमाल दोलखा हाइड्रोको सबैभन्दा धेरै २८ करोड १८ लाखको कारोबार भएको छ । संस्थापक शेयरको लकइन पिरियड आज खुलेपछि कम्पनीको कारोबार उच्च भएको हो । त्यस्तै रिडी हाइड्रोको ८ करोड ५० लाख, प्राइम कमर्शियल बैंकको ८ करोड ४० लाख, शिवम सिमेन्टको ५ करोड ५३ लाख, र अपि पावरको ५ करोड ५२ लाख बराबरको भएको छ ।

आज कारोबारमा आएका म्युचुअल फण्ड बाहेकका सबै समुहगत सूचक घटेका छन् । म्युचुअल फण्ड समुह भने ०।२ प्रतिशतले बढेको छ । आज होटेल एण्ड टुरिजम समुह सर्वाधिक १।०५ प्रतिशतले घटेको छ भने हाइड्रो समुह ०।६८ प्रतिशतले घटेको छ ।

आज कारोबारमा आएका मध्ये अपर हेवाखोला हाइड्रोको शेयर मूल्य १० प्रतिशतले बढेको छ भने मन्दाकिनी हाइड्रोको शेयर मूल्य ९।९७ प्रतिशत बढेको छ । आज एनआईबिएल समृद्धि फण्ड २ को इकैई मूल्य सर्वाधिक ६।७५ प्रतिसतले घटेको छ भने दोर्दी खोला हाइड्रोको शेयर मूल्य ५।२४ तथा श्वेतगंगा हाइड्रोको शेयर मूल्य ४।१५ प्रतिशतले घटेको छ ।

आज कारोबारमा आएका मध्ये १२४ कम्पनीको शेयर मूल्य घटेको छ भने ४७ कम्पनीको शेयर मूल्य बढेको छ ।१६ कम्पनीको शेयर मूल्य भने स्थिर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चितवन मेडिकल कलेजमा विपन्न नागरिकका लागि एक लाखसम्मको छुट !
चितवन मेडिकल कलेजमा विपन्न नागरिकका लागि एक लाखसम्मको छुट !
‘कोरोना भाइरस फैलाएको’ भन्दै पश्चिमा जगतमा चीनलाई गाली
‘कोरोना भाइरस फैलाएको’ भन्दै पश्चिमा जगतमा चीनलाई गाली
विश्व खाद्य कार्यक्रमको कार्यालय खोली ठगी, दुई पक्राउ, तीन फरार
विश्व खाद्य कार्यक्रमको कार्यालय खोली ठगी, दुई पक्राउ, तीन फरार
बुटवल उपमहानगरपालिकामा एमालेको विजयी सुरुवात ! धनकुटाकामा  ६ ठाउँमा एमालेको अग्रता  !
बुटवल उपमहानगरपालिकामा एमालेको विजयी सुरुवात ! धनकुटाकामा ६ ठाउँमा एमालेको अग्रता !
रास्वपाले भन्यो: संवैधानिक परिषदमा बहुमत पुर्‍याउन उपसभामुख रानाको पत्र लिक गरियो
रास्वपाले भन्यो: संवैधानिक परिषदमा बहुमत पुर्‍याउन उपसभामुख रानाको पत्र लिक गरियो
झापामा ओलीसँग विश्वप्रकाशलाई उठाउने कांग्रेसको तयारी
झापामा ओलीसँग विश्वप्रकाशलाई उठाउने कांग्रेसको तयारी
काठमाडौँको धुलो यसरी गायब पार्दैछ सरकार
काठमाडौँको धुलो यसरी गायब पार्दैछ सरकार
महिला र बालबालिका हराउने क्रममा बृद्धि
महिला र बालबालिका हराउने क्रममा बृद्धि
९० करोडको गुरुयोजनामा धारापानीको पर्यटन प्रवद्र्धन
९० करोडको गुरुयोजनामा धारापानीको पर्यटन प्रवद्र्धन
बेलायतका दक्षिण एसिया विभागका प्रमुखले भेटे अध्यक्ष प्रचण्ड
बेलायतका दक्षिण एसिया विभागका प्रमुखले भेटे अध्यक्ष प्रचण्ड

तपाईंले छुटाउनुभयो कि?