साफ च्याम्पियनसिप फुटबलः नेपालकाे शानदार जित, भुटान ४-० ले पराजित !
सारांश
- काठमाडाैँ, २१ भदाै ।
- बंगलादेशमा जारी साफ च्याम्पियनसिप फुटबलमा नेपालले भुटानलाई ४-० गाेल अन्तरले हराएकाे छ ।
- दाेस्राे खेलमा जित दर्ता गर्ने क्रममा नेपालका तर्फबाट अनन्त तामाङ सुनिल बल भरत खवास र निराजन खड्काले एकएक गाेल गरे ।
काठमाडाैँ, २१ भदाै । बंगलादेशमा जारी साफ च्याम्पियनसिप फुटबलमा नेपालले भुटानलाई ४-० गाेल अन्तरले हराएकाे छ । दाेस्राे खेलमा जित दर्ता गर्ने क्रममा नेपालका तर्फबाट अनन्त तामाङ सुनिल बल भरत खवास र निराजन खड्काले एकएक गाेल गरे ।
खेलकाे २१ अाैँ मिनेटमा अनन्त तामाङले नेपालका लागि पहिलाे गाेल गरेपछि भूटान दबाबमा अाएकाे थियाे । केहि बेर सम्हालिएर खेलेपनि खेलकाे उत्तरवर्ति चरणमा नेपालले लगातार ३ गाेल गर्याे । याे सँगै नेपालले सेमिफाइनलकाे सम्भावना कायम राखेकाे छ भने भूटान हारसँगै प्रतियाेगिताबाट बाहिरिएकाे छ ।
नेपालले समूह चरणकाे अन्तिम खेल अायाेजक बंगलादेशसँग खेल्नेछ ।
प्रतिक्रिया