सामुहिक ब्रतबन्ध गराएर स्कुललाई आम्दानी

Abhiyanpost Abhiyanpost
|
सोमबार, फाल्गुन ७, २०७४
|
|
३७ पटक हेरिएको
Shares
सामुहिक ब्रतबन्ध गराएर स्कुललाई आम्दानी

सारांश

  • काठमाडौं, ७ फागुन – नुवाकोट विदुर नगरपालिका वडा नम्बर ५ देवीघाटमा रहेको सहिद जगतप्रकाशजंग शाह संस्कृत माध्यमिक विद्यालयले हरेक वर्ष बटुकहरुको सामूहिक ब्रतबन्ध गराउँदै आएको छ ।
  • विद्यालयको आर्थिक स्रोत बढाउन, हिन्दु धर्मको रक्षा, धार्मिक परम्परालाई निरन्तरता र संस्कृत भाषाको संरक्षणका लागि विद्यालयले २०५६ सालदेखि सामूहिक ब्रतबन्ध गराउँदै आएको हो ।
  • हरेक वर्षको श्रीपञ्चमीका दिन विद्यालयले सामूहिक ब्रतबन्ध गराउँदै आएको भए पनि यस वर्षको श्रीपञ्चमीमा शुक्रअस्त परेकाले आइतबार सामूहिक ब्रतबन्ध गरिएको छ ।

काठमाडौं, ७ फागुन – नुवाकोट विदुर नगरपालिका वडा नम्बर ५ देवीघाटमा रहेको सहिद जगतप्रकाशजंग शाह संस्कृत माध्यमिक विद्यालयले हरेक वर्ष बटुकहरुको सामूहिक ब्रतबन्ध गराउँदै आएको छ ।

विद्यालयको आर्थिक स्रोत बढाउन, हिन्दु धर्मको रक्षा, धार्मिक परम्परालाई निरन्तरता र संस्कृत भाषाको संरक्षणका लागि विद्यालयले २०५६ सालदेखि सामूहिक ब्रतबन्ध गराउँदै आएको हो । हरेक वर्षको श्रीपञ्चमीका दिन विद्यालयले सामूहिक ब्रतबन्ध गराउँदै आएको भए पनि यस वर्षको श्रीपञ्चमीमा शुक्रअस्त परेकाले आइतबार सामूहिक ब्रतबन्ध गरिएको छ ।  आजको नागरिक दैनिकमा खबर छ ।

विद्यालयले आयोजना गरेको सामूहिक ब्रतबन्धमा यस वर्ष ५० बटुक सहभागी भएको प्रधानाध्यापक हेमप्रसाद अधिकारीले बताए । ‘प्रत्येक बटुकबाट विद्यालयले तीन हजार रुपैयाँ लिने गरेको छ । पूर्वाङ्ग, ब्रतबन्ध गराउँदा हुने खर्च, बटुकसँगै आएका अभिभावकका लागि समेत खानाको व्यवस्था विद्यालयले नै गर्दै आएको छ । बटुकले लगाउने धोती, टोपी र गन्जी विद्यालयले नै उपलब्ध गराउाछ’, प्रधानाध्यापक अधिकारीले भने, ‘आर्थिक स्थिति कमजोर भएका परिवारले चलनअनुसार सन्तानको कर्म चलाउन सकिरहेका हुँदैनन् । उनीहरुलाई नै ध्यान दिएर सामूहिक ब्रतबन्ध गराउँदै आएका छौं ।’
यो वर्ष बटुकहरुसँग लिएको शुल्कबाट १ लाख ५० हजार रुपैयाँ संकलन भएको छ । भेटीबाट समेत केही रकम संकलन भएको छ ।

खर्च कटाएर बचेको रकमले विद्यालयमा अध्यापन गराउँदै आएका निजी स्रोतका शिक्षकलाई तलब उपलब्ध गराउने व्यवस्थापन समितिका अध्यक्ष मानबहादुर डंगोलले बताए ।
‘विद्यालयले आयस्रोत बढाउन २०५६ सालमा सुरु गरेको सामूहिक ब्रतबन्ध अभियानलाई हामीले एक पर्वको रुपमा लिएका छौं । आर्थिक स्रोत जुटाउने यो वैकल्पिक उपाय पनि हो । समाजमा बढ्दै गएको तडकभडक नियन्त्रण र हिन्दु परम्पराको रक्षा गर्नसमेत यसबाट सहयोग पुग्दै आएको छ’, डंगोलले भने, ‘जिल्लामा संस्कृत पढाइ हुने यो एकमात्र विद्यालय हो ।

विद्यार्थीलाई धर्म र संस्कृतिका पाठ सिकाइन्छ । सैद्धान्तिक रुपमा मात्र नभई व्यावहारिक शिक्षा दिन पनि सामूहिक ब्रतबन्धले सहयोग गरेको छ । यसमा सबै पक्षको उत्तिकै साथ छ ।’विद्यालयले सामूहिक रुपमा आयोजना गरेको ब्रतवन्धबाट संस्कृतिको नाममा हुने खर्चको बोझ हटेको बटुकका अभिभावकले बताएका छन् । घरमा गर्दा खर्च धेरै लाग्ने र अनेकथरी बन्दोबस्त गर्नुपर्ने भएकोले सहज तरिकाले सामूहिक ब्रतबन्धमा सामेल भएर छोराको कर्म चलाएको नुवाकोटकी भगवती पाण्डेले बताइन् ।

सामूहिक ब्रतबन्धको लोकप्रियता स्थानीय अभिभावकमा मात्र नभई छिमेकी जिल्लामा समेत बढेको छ । सामूहिक ब्रतबन्ध गर्न यो वर्ष नुवाकोटसहित, धादिङ र काठमाडौंबाट बटुक आएको विद्यालयका शिक्षक कोमल नेपालले जानकारी दिए ।२०५५ सालमा स्थापना भएको विद्यालयमा कक्षा १० सम्म पढाइ हुँदै आएको छ । यो शैक्षिक सत्रमा आवासीय रुपमा १८ विद्यार्थीले पठनपाठन गरिरहेका छन् । संस्कृतसँगै अन्य विषयको समेत अध्यापन गराउँदै आएको विद्यालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जेठ १३ गते मंगलबारको राशिफल यस्तो छ
जेठ १३ गते मंगलबारको राशिफल यस्तो छ
राष्ट्रपति भण्डारी शनिबार स्वदेश फर्कदै
पूर्वआयुक्तलाई कारबाही गर्न सरकारले चासो दिएन: अख्तियार अलमलमा, ११ वर्षसम्म कैद हुन सक्ने
पूर्वआयुक्तलाई कारबाही गर्न सरकारले चासो दिएन: अख्तियार अलमलमा, ११ वर्षसम्म कैद हुन सक्ने
डा. बाबुराम भट्टराईले यसरी हराए माओवादीलाई
डा. बाबुराम भट्टराईले यसरी हराए माओवादीलाई
मन्त्रिपरिषद बैठक बस्दै, डाक्टर केसीदेखि लिएर प्रचण्डको विज्ञप्तीबारे छलफल हुने
मन्त्रिपरिषद बैठक बस्दै, डाक्टर केसीदेखि लिएर प्रचण्डको विज्ञप्तीबारे छलफल हुने
सरकारलाई ३८ अर्ब बुझाउन एनसेलाइ सर्वोच्चको आदेश
सरकारलाई ३८ अर्ब बुझाउन एनसेलाइ सर्वोच्चको आदेश
भारतमा बिहीबार दोस्रो चरणको निर्वाचन
भारतमा बिहीबार दोस्रो चरणको निर्वाचन
प्रधानमन्त्री कप महिला टि–२० :  सुदूरपश्चिमले बागमती प्रदेशलाई हरायोv
प्रधानमन्त्री कप महिला टि–२० : सुदूरपश्चिमले बागमती प्रदेशलाई हरायोv
गैरव्यावसायिक क्रियाकलापमा संलग्न एक सय ७७ फर्म माथि कारबाही, झण्डै ५५ लाख जरिवाना असुल
गैरव्यावसायिक क्रियाकलापमा संलग्न एक सय ७७ फर्म माथि कारबाही, झण्डै ५५ लाख जरिवाना असुल
काङ्ग्रेस बाँकेका सभापतिमाथि आक्रमण गर्ने तीन जना पक्राउ, अन्य तीनको खोजी गरिँदै
काङ्ग्रेस बाँकेका सभापतिमाथि आक्रमण गर्ने तीन जना पक्राउ, अन्य तीनको खोजी गरिँदै

तपाईंले छुटाउनुभयो कि?