साहोसँग जुध्न लागेका फिल्मले सारे आफ्नो प्रदर्शन मिति, प्रभासले दिए धन्यवाद

Abhiyanpost Abhiyanpost
|
बिहिबार, श्रावण २३, २०७६
|
|
३५ पटक हेरिएको
Shares
साहोसँग जुध्न लागेका फिल्मले सारे आफ्नो प्रदर्शन मिति, प्रभासले दिए धन्यवाद

सारांश

  • एजेन्सी ।
  • बाहुबली अभिनेता प्रभास र श्रद्धा कपुर अभिनित फिल्म साहो अगस्ट ३० मा प्रदर्शन हुँदैछ।
  • दर्शकहरू सिनेमाको व्यग्र प्रतिक्षा गरिहेका छन्।

एजेन्सी । बाहुबली अभिनेता प्रभास र श्रद्धा कपुर अभिनित फिल्म साहो अगस्ट ३० मा प्रदर्शन हुँदैछ। दर्शकहरू सिनेमाको व्यग्र प्रतिक्षा गरिहेका छन्। सिनेमाका रिलिज भएका पोस्टर, टिजर र गीतले दर्शकबाट राम्रो प्रतिक्रिया बटुलिरहेको छ।यसअघि १५ अगस्टमा रिलिज हुने बताइएको भएपनि प्राविधिक काम नसकिएको भन्दै सिनेमा ३० अगस्टको नयाँ मितिमा सरेको थियो। यस्तोमा सोहि मितिलाई रिलिज मिति घोषणा गरेका सिनेमाले आफ्नो रिलिज मिति पर सारेका छन्।

यसरी आफ्नो सिनेमाको लागि रिलिज सारेर सहयोग गर्ने निर्माता–निर्देशकलाई अभिनेता प्रभासले धन्यवाद दिएका छन्। सो मितिमा साहोकी अभिनेत्री श्रद्धा कपुर अभिनित अर्को फिल्म छिछोरेु पनि रिलिज हुनेवाला थियो तर अब उक्त सिनेमाको रिलिजलाई सेप्टेम्बर ६ मा पुर्‍याएका छन्।

यस्तै सोही मितिमा रिलिज हुने भनिएको राजकुमार राव तथा मौनी राव स्टारर मेड इन चाइनाले पनि आफ्नो रिलिज सारेको छ। साहो करिब ३०० करोड भारूमा तयार भएको सिनेमा हो। सिनेमा एकसाथ तमिल, तेलेगु तथा हिन्दी भाषामा रिलिज हुनेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कंगना रनौट भन्छिन् : कलाकारलाई सेक्सको कुरा गर्दा लाज हुँदैन, देशको कुरा गर्दा टाउको दुख्छ
कंगना रनौट भन्छिन् : कलाकारलाई सेक्सको कुरा गर्दा लाज हुँदैन, देशको कुरा गर्दा टाउको दुख्छ
चुनावमा ‘चोर बाटो’ बाट करोडौं रुपैयाँ खर्च
चुनावमा ‘चोर बाटो’ बाट करोडौं रुपैयाँ खर्च
नेपाल–चीनको पुरानो व्यापारिक नाका तातोपानी सञ्चालनमा !
नेपाल–चीनको पुरानो व्यापारिक नाका तातोपानी सञ्चालनमा !
एक मधेश एक प्रदेश हुनै सक्दैनः गच्छादार
एक मधेश एक प्रदेश हुनै सक्दैनः गच्छादार
एमसीसी सम्झौता कार्यान्वयनको तयारीः एमसीसी उपाध्यक्ष एलफोर्ड नेपालमा
एमसीसी सम्झौता कार्यान्वयनको तयारीः एमसीसी उपाध्यक्ष एलफोर्ड नेपालमा
कन्ट्रोल रुम र पाइलट बीच ‘मिस अन्डर स्ट्यान्डिङ’ वा ‘कम्युनिकेसन गेप’ जस्तो …
कन्ट्रोल रुम र पाइलट बीच ‘मिस अन्डर स्ट्यान्डिङ’ वा ‘कम्युनिकेसन गेप’ जस्तो …
बाबुरामले भने- मतदान गोप्य हुनुपर्छ भन्ने कुनै सिद्धान्त हुँदैन
बाबुरामले भने- मतदान गोप्य हुनुपर्छ भन्ने कुनै सिद्धान्त हुँदैन
सप्तकोसीको बाँध फुट्यो, ४ हजार घर परिवार उच्च जोखिममा
सप्तकोसीको बाँध फुट्यो, ४ हजार घर परिवार उच्च जोखिममा
दिल्लीमा ‘परस्त्री’
दिल्लीमा ‘परस्त्री’
पाल्पा र मोरङमा मोटरसाइकल दुर्घटनाः दुईको मृत्यु
पाल्पा र मोरङमा मोटरसाइकल दुर्घटनाः दुईको मृत्यु