नेइमारले उछिने रोमारियोलाई
सारांश
- विश्वकप फुटबल २०१८ प्रतियोगितामा ब्राजिलले कोस्टारिकालाई २–० गोलले पराजित गरेको छ।
- शुक्रबार भएकाे खेलमा जित दिलाउन काउटिन्हो र नेइमारले गोल गरेका थिए।
- खेलमा नेइमारले कीर्तिमानी गोल गर्न सफल भए।
विश्वकप फुटबल २०१८ प्रतियोगितामा ब्राजिलले कोस्टारिकालाई २–० गोलले पराजित गरेको छ। शुक्रबार भएकाे खेलमा जित दिलाउन काउटिन्हो र नेइमारले गोल गरेका थिए।
खेलमा नेइमारले कीर्तिमानी गोल गर्न सफल भए। नेइमारको यो गोल ५६ औं अन्तर्राष्ट्रिय गोल हो। देशका लागि शुक्रबार ८७औं खेल खेलेका नेइमारले ब्राजिलका लागि सर्वाधिक गोल गर्ने खेलाडीको तेस्रो स्थानमा उक्लिएका छन्।
नेइमारले सन् १९८४ मा ब्राजिललाई विश्वकप जिताउन उत्कृष्ट खेलेका रोमारियोलाई पछि पार्दै तेस्रो स्थानमा उक्लिएका हुन्। रोमारियोले ब्राजिलका लागि ५५ गोल गरेका थिए। ब्राजिलका लागि सर्वाधिक गोल भने पेलेले गरेका छन्।
पेलेले ७७ गोल गर्दा दोस्रो स्थानमा रहेका रोनाल्डोले ६२ गोल गरेका छन्।जारी विश्वकपमा पहिलो गोल गर्न सफल भएपछि नेइमार भक्कानिएका थिए। उनी खेल सकिएपछि मैदानमा मुख छोपेर बसेका थिए। फ्रेबुअरीमा खुट्टाको शल्यक्रिया गरेका नेइमार विश्वकपअघि मैदान फर्किएका थिए।
पहिलो खेलमा पनि नेइमार सामान्य घाइते भएका थिए। जसकारण उनले अभ्यास समेत गुमाए। बुधबार अभ्यासमा फर्किएका नेइमार शुक्रबार गोल गरेपछि भावुक बनेका हुन्।
प्रतिक्रिया