‘भाजपाबाट प्रभावित भएर’ नेपालमा हिन्दुवादी दल खुल्दै

Abhiyanpost Abhiyanpost
|
सोमबार, फाल्गुन ३, २०७७
|
|
५४ पटक हेरिएको
Shares
‘भाजपाबाट प्रभावित भएर’ नेपालमा हिन्दुवादी दल खुल्दै

सारांश

  • नेपालमा धर्म संस्कृतिको मुद्दा जोडतोडले उठिरहँदा भारतीय जनता पार्टीबाट प्रभावित भई हिन्दुवादी विचारधाराको दल खोलिने भएको छ ।
  • हिन्दुवादी युवाहरुको पहलमा लामो प्रयास पछि दल खोलिने भएको हो ।
  • नेपाललाई हिन्दु राष्ट्रबाट धर्मनीरपेक्ष राज्य घोषणा गरेपछि राजनीतिमा धर्मको मुद्दाले बढी स्थान बनाउँदै जाँदा हिन्दुवादी दल खोल्ने तयारी भएको हो ।

नेपालमा धर्म संस्कृतिको मुद्दा जोडतोडले उठिरहँदा भारतीय जनता पार्टीबाट प्रभावित भई हिन्दुवादी विचारधाराको दल खोलिने भएको छ । हिन्दुवादी युवाहरुको पहलमा लामो प्रयास पछि दल खोलिने भएको हो ।

नेपाललाई हिन्दु राष्ट्रबाट धर्मनीरपेक्ष राज्य घोषणा गरेपछि राजनीतिमा धर्मको मुद्दाले बढी स्थान बनाउँदै जाँदा हिन्दुवादी दल खोल्ने तयारी भएको हो । संविधानसभाले बनाएको संविधानमा नेपाल धर्मनीरपेक्ष उल्लेख छ । यसप्रति हिन्दुवादीहरुले असन्तुष्टि जनाउँदै आएका छन् । यही असन्तुष्टिले हिन्दुवादीहरुलाई दल खोल्ने ऊर्जा मिलेको बताइएको छ ।

नेपाललाई हिन्दु राष्ट्रबाट धर्मनीरपेक्ष राज्य घोषणा गरेपछि राजनीतिमा धर्मको मुद्दाले बढी स्थान बनाउँदै जाँदा हिन्दुवादी दल खोल्ने तयारी भएको हो । देशभर संगठन बनाएर सनातन धर्म संस्कृतिको मुल मुद्दा रहने गरी खोल्ने पहल भइरहेको दललाई भारतीय जनता पार्टीको पनि सद्भाव रहने बुझिएको छ । तर, नयाँ खुल्न लागेको दल भारतबाट नभई नेपालमै जन्मने बुझिएको छ । यो दल हिन्दुवादी विचारधाराबाट प्रभावित भई राष्ट्रवादलाई मूल मुद्दा बनाएर चल्ने बुझिएको छ ।

‘नेपालमा भाजपा सरकार गठन गर्ने’ भन्दै भारतका विप्लवले ल्याइदिए तरंग

धर्म, संस्कृति र राष्ट्रवादप्रति चिन्तनशील युवाहरुको ठुलो समूह दलमा रहने विश्वस्त स्रोतले जनाएको छ । उनीहरुले समाजका विभिन्न तह र तप्काका व्यक्तिहरुको समेत साथ रहेको बुझिएको छ ।

विगतमा नेपाली काँग्रेस र नेपाल कम्युनिस्ट पार्टी भारतका दलहरुबाट प्रभावित भई भारतमै जन्मिएका थिए ।

समाजवादी विचारधाराबाट प्रभावित भई नेपाली काँग्रेसको जन्म भारतको बनारसमा भएको थियो । वीपी कोइरालाले २०१६ को असोजमा पटनाबाट प्रकाशित हुने द सर्च लाइट पत्रिका मार्फत भारतमा रहेका नेपालीहरुलाई संगठित गर्ने उद्देश्यले नेपालीहरुको अखिल भारतीय संगठन निर्माणका निम्ति गरेको आव्हानबाट काँग्रेसको जन्मको प्रारम्भ भएको पाइन्छ ।

१५ कात्तिक २००३ मा बनारसमा बस्ने नेपालीहरुलाई संगठित गरी देविप्रसाद सापकोटाको सभापतित्वमा अखिल भारतीय नेपाली राष्ट्रिय काँग्रेस बनारसमा स्थापना भएको थियो । पछि काँग्रेसको नेतृत्व वीपी कोइरालाले गरेका थिए । भारतको स्वतन्त्रता संग्रामका दौरान त्यहाँको परिवर्तनका लागि सक्रिय नेपाली युवाहरुले काँग्रेसको स्थापना गरेका थिए । जयप्रकाश नारायण, राम मनोहर लोहिया जस्ता समाजवादी विचारक नेताबाट प्रभावित भई काँग्रेसको स्थापना भएको थियो ।

यसैगरी, १० वेशाख २००६ सालमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भारतको कलकत्तास्थित श्यामबजारमा भएको थियो । पुष्पलाल श्रेष्ठ, निरञ्जन गोविन्द वैद्य, नारायण विलास जोशी र नरबहादुर कर्माचार्य मिलेर स्थापना गरेका थिए । माक्र्सवाद, लेनिनवाद र माओवाद विचारधाराको नेपाल कम्युनिस्ट पार्टी बंगालमा विकास भएको कम्युनिस्ट विचारधाराबाट प्रभावित भएर स्थापना भएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आरजु राणा देउवाद्वारा प्रधानमन्त्री शेरबहादुर देउवासँग मन्त्रिपरिषदमा ३३ प्रतिशत महिला सहभागिताका लागि माग
आरजु राणा देउवाद्वारा प्रधानमन्त्री शेरबहादुर देउवासँग मन्त्रिपरिषदमा ३३ प्रतिशत महिला सहभागिताका लागि माग
डेढ लाख भक्तजनले गरे पशुपतिनाथमा दर्शन
डेढ लाख भक्तजनले गरे पशुपतिनाथमा दर्शन
पत्रकारको न्युनतम पारिश्रमिक २५ प्रतिशत बढ्यो
पत्रकारको न्युनतम पारिश्रमिक २५ प्रतिशत बढ्यो
असार १४ गते आइतवारको राशिफल यस्तो छ
असार १४ गते आइतवारको राशिफल यस्तो छ
मुस्ताङमा बाढीले १० घर, प्रहरी चौकी र पुल बगायो
मुस्ताङमा बाढीले १० घर, प्रहरी चौकी र पुल बगायो
गृह मन्त्रालयका लागि हानथाप- एमाले १७, माओवादी ७ भागमा पर्यो
गृह मन्त्रालयका लागि हानथाप- एमाले १७, माओवादी ७ भागमा पर्यो
बिना योग्यता प्रमुख बनेका लोकमान अख्तियारबाट बर्खास्त !!!
बिना योग्यता प्रमुख बनेका लोकमान अख्तियारबाट बर्खास्त !!!
सम्झौताको म्याद सकिँदै, निर्माण प्रक्रिया अघि बढेन
सम्झौताको म्याद सकिँदै, निर्माण प्रक्रिया अघि बढेन
काठमाडौं उपत्यकामा कोरोना सक्रमित बढ्दै, आज २८ जना थपिए
काठमाडौं उपत्यकामा कोरोना सक्रमित बढ्दै, आज २८ जना थपिए
काभ्रेका  क्यान्सरपिडित माेक्तानलाइ क्यालिफाेर्नियाबाट दुइलाख तिस हजार सहयाेग
काभ्रेका क्यान्सरपिडित माेक्तानलाइ क्यालिफाेर्नियाबाट दुइलाख तिस हजार सहयाेग

तपाईंले छुटाउनुभयो कि?