सिद्धबाबाबिरूद्ध बलात्कार अभियोग दर्ता

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, पौष ११, २०७६
|
|
४४ पटक हेरिएको
Shares
सिद्धबाबाबिरूद्ध बलात्कार अभियोग दर्ता

सारांश

  • इटहरी, पुस ११ ।
  • जबरजस्ती करणीको आरोप लागेका सुनसरी चतराका सिद्धबाबा भनिने कृष्णदास गिरीविरुद्ध प्रहरीले २५ दिने अनुस बिहीबार सरकारी वकिल कार्यालयमार्फत सुनसरी जिल्ला अदालतमा अभियोग–पत्र दर्ता गराएको छ।
  • अभियोग–पत्रमा गिरीलाई जबरजस्ती करणीमा संलग्न रहेको दाबीसहित कारबाही तथा पीडितलाई क्षतिपूर्ति माग गरिएको छ।

इटहरी, पुस ११ । जबरजस्ती करणीको आरोप लागेका सुनसरी चतराका सिद्धबाबा भनिने कृष्णदास गिरीविरुद्ध प्रहरीले २५ दिने अनुस बिहीबार सरकारी वकिल कार्यालयमार्फत सुनसरी जिल्ला अदालतमा अभियोग–पत्र दर्ता गराएको छ। अभियोग–पत्रमा गिरीलाई जबरजस्ती करणीमा संलग्न रहेको दाबीसहित कारबाही तथा पीडितलाई क्षतिपूर्ति माग गरिएको छ।

अभियोग–पत्रमा गिरीलाई मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को उपदफा १, २ र ३ को ङ बमोजिम कसुर पुष्टि भएकाले त्यही ऐनअनुसार जबरजस्ती करणीमा कारबाही गर्न माग गरिएको छ। यो ऐन २१९ को ३ ङ बमोजिम १८ वर्षमाथिकी महिलामाथि जबरजस्ती करणी भएको घटनामा सातदेखि १० वर्षसम्म कैद हुने उल्लेख छ। अभियोगपत्रमै मुलुकी अपराध संहिता २०७४ को दफा २२८ बमोजिम पीडितको शारीरिक र मानसिक क्षति भएकाले गिरीबाटै मनासिव क्षतिपूर्ति पनि दिलाउन माग गरिएको जिल्ला न्यायाधीवक्ता गोकुल निरौलाले बताए।

गिरीले जबरजस्ती करणी गरेर गल्ती गरेको स्वीकारेको टेलिफोन अडियो रेकर्ड नै मुख्य प्रमाण भएको निरौलाले बताए। पीडित महिलासँग गल्ती भएको स्वीकार गर्दै गिरीले रुँदै मुद्दा फिर्ता लिन दबाब दिएको अडियो सार्वजनिक भएकोमा उनले सुरुमा सो अडियो आफ्नो नभएको दाबी गरेका थिए। तर प्रहरीको विधि–विज्ञान प्रयोगशालाको डिजिटल ल्याबमा अडियो परीक्षण गर्दा गिरीको आवाजसँग ७६ प्रतिशत मिलेको पाइएको छ।नागरिक दैनिकबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विमान दुर्घटनाको छानबिन गर्न समिति गठन
विमान दुर्घटनाको छानबिन गर्न समिति गठन
१९औँ एसियाली खेलकुद : आयोजक चीन ९१ स्वर्णसहित शीर्ष स्थानमा, नेपाल पदकविहीन
१९औँ एसियाली खेलकुद : आयोजक चीन ९१ स्वर्णसहित शीर्ष स्थानमा, नेपाल पदकविहीन
सात दिनभित्र सम्पत्ति विवरण पेश गर्न स्थानीय तहका प्रतिनिधिलाई निर्देशन
सात दिनभित्र सम्पत्ति विवरण पेश गर्न स्थानीय तहका प्रतिनिधिलाई निर्देशन
पर्यटन प्रवद्र्धनका लागि सन् २०१८ महत्वपूर्ण वर्ष
पर्यटन प्रवद्र्धनका लागि सन् २०१८ महत्वपूर्ण वर्ष
हरितालिका पर्वले धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको छ: राष्ट्रपति पौडेल
हरितालिका पर्वले धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको छ: राष्ट्रपति पौडेल
राजा वीरेन्द्रका दुई जहाज नारायणहिटी संग्राहलयमा राखिने
राजा वीरेन्द्रका दुई जहाज नारायणहिटी संग्राहलयमा राखिने
काठमाडौं-रक्सौल रेलमार्ग अध्ययन यसरी शुरु भयो
काठमाडौं-रक्सौल रेलमार्ग अध्ययन यसरी शुरु भयो
संघ र प्रदेशका लागि काँग्रेस र माओवादीले छाने उम्मेदवार
संघ र प्रदेशका लागि काँग्रेस र माओवादीले छाने उम्मेदवार
नक्कली फेसबुक अकाउन्टप्रति मुख्यमन्त्रीको ध्यानाकर्षण
नक्कली फेसबुक अकाउन्टप्रति मुख्यमन्त्रीको ध्यानाकर्षण
परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय विदेशमन्त्री सुशमा स्वराजबीच भेटवार्ता, नयाँ हवाई रुटबारे छलफल
परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय विदेशमन्त्री सुशमा स्वराजबीच भेटवार्ता, नयाँ हवाई रुटबारे छलफल

तपाईंले छुटाउनुभयो कि?