७३ महिला–बालबालिका भेटिएनन्

Abhiyanpost Abhiyanpost
|
शनिबार, श्रावण २१, २०७४
|
|
५३ पटक हेरिएको
Shares
७३ महिला–बालबालिका भेटिएनन्

सारांश

  • सल्यान, २१ साउन ।
  • हराएका ७३ महिला तथा बालबालिका अझै भेटिएका छैनन् ।
  • गत आव २०७३÷७४ मा जिप्रका सल्यानको महिला सेलमा ९३ महिला तथा बालबालिका हराएको निवेदन परेको थियो ।

सल्यान, २१ साउन । हराएका ७३ महिला तथा बालबालिका अझै भेटिएका छैनन् ।
गत आव २०७३÷७४ मा जिप्रका सल्यानको महिला सेलमा ९३ महिला तथा बालबालिका हराएको निवेदन परेको थियो । तिनमा ६६ महिला, १४ बालक र १३ बालिका छन् । हराएकामध्ये ५८ महिला, १० बालक र पाँच बालिका नभेटिएको जिप्रका सल्यानले जनाएको छ । हराएको निवेदन परेकामध्ये आठ महिला, चार बालक र आठ बालिका फेला परेको जिप्रकाका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिनुभयो ।

गरिबी, सामाजिक विभेद, आर्थिक अभावलगायत विभिन्न कारणले गर्दा घर छाडेर जानेको संख्या जिल्लामा बढ्न थालेको छ । महिलाले प्रायः आर्थिक अवस्था कमजोर भएपछि धन कमाउन, श्रीमान्–श्रीमतीको सम्बन्ध राम्रो नभएर, परिवारका अन्य सदस्यसँगको बेमेल तथा घरेलु हिंसामा परेर पनि घर छाडेर जाने गरेको प्रनाउ खत्रीले वताउनुभयो ।

बालबालिका पढ्ने लेख्ने अवसरबाट वञ्चित हुनु, घरपरिवारको माया नपाउनु, साथीसंगीको लहलहै तथा बालविवाह गरेर पनि घर छाडेर जाने गरेका छन् । हराएकाहरुको खोजी प्रहरीले निरन्तर रुपमा गरिरहे पनि उनीहरु सम्पर्कमा आएका छैनन् । “हामीले खोजी कार्य निरन्तर गरिरहेका छौँ, निवेदन दिएका परिवारसँग पनि सम्पर्क गरेका छौँ तर उनीहरु अझै फेला पर्न सकेका छैनन्”, खत्रीले भन्नुभयो ।

हराएका महिलालाई देशका विभिन्न ठाउँबाट बेचबिखन, देहव्यापार, यौनधन्दालगायत क्रियाकलापमा देश बाहिर पठाउन लागेको भनेर कहीँ कतैबाट उद्धार गरेको सूचना तथा यस्तो कुनै पनि जानकारी प्राप्त नभएको खत्रीले बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विप्लवका कार्यकर्ता छाड्न सर्वोच्च अदालतको आदेश
विप्लवका कार्यकर्ता छाड्न सर्वोच्च अदालतको आदेश
“दुबईमा धूमधामका साथ ‘शिक्षाका लागी यात्रा’ कार्यक्रम मनाइयो “
“दुबईमा धूमधामका साथ ‘शिक्षाका लागी यात्रा’ कार्यक्रम मनाइयो “
मलेसियामा राति प्रेमिका भेट्न गएका नेपाली युवाको भाग्ने क्रममा ४ तलाबाट खसेर मृत्यु
मलेसियामा राति प्रेमिका भेट्न गएका नेपाली युवाको भाग्ने क्रममा ४ तलाबाट खसेर मृत्यु
यौनसम्पर्क गर्न नपाउँदा श्रीमतीको हत्या गरी आफ्नै लिंग काटे
यौनसम्पर्क गर्न नपाउँदा श्रीमतीको हत्या गरी आफ्नै लिंग काटे
क्रिप्टोकरेन्सी : अमित श्रेष्ठले ३३ करोड बढी विदेशी मुद्राको कारोबार गरेको खुलासा
क्रिप्टोकरेन्सी : अमित श्रेष्ठले ३३ करोड बढी विदेशी मुद्राको कारोबार गरेको खुलासा
हजुरआमासंग सुतेकी छोरीलाई तानेर बलात्कार
हजुरआमासंग सुतेकी छोरीलाई तानेर बलात्कार
गर्जिन्छ अनि झुक्छ, कहाँ कहाँ झुक्यो सरकार
गर्जिन्छ अनि झुक्छ, कहाँ कहाँ झुक्यो सरकार
जेरी’ फिल्मले चिनाएको ढुम्बा ताल !
जेरी’ फिल्मले चिनाएको ढुम्बा ताल !
उपक्षेत्रीय अस्पतालमा सेवा सुविधा बढेपछि बिरामीको संख्यामा वृद्धि
उपक्षेत्रीय अस्पतालमा सेवा सुविधा बढेपछि बिरामीको संख्यामा वृद्धि
नेपालकै पहिलो मिडिया फेस्टिभलको अन्तिम तयारीः के के हुन्छ फेष्टिभलमा ?
नेपालकै पहिलो मिडिया फेस्टिभलको अन्तिम तयारीः के के हुन्छ फेष्टिभलमा ?

तपाईंले छुटाउनुभयो कि?