यस्तो छ मंगलबार, विदेशी मुद्रा विनिमयदर
सारांश
- काठमाडाैं।
- नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ।
- आज अमेरिकी डलर र बहराइन दिनारको मूल्य थोरै बढ्दा अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य घटेको छ।
काठमाडाैं। नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर र बहराइन दिनारको मूल्य थोरै बढ्दा अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य घटेको छ।
राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ९५ पैसा र बिक्रीदर १३४ रुपैयाँ ५५ पैसा निर्धारण भएको छ।
हिजो अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ९३ पैसा र बिक्रीदर १३४ रुपैयाँ ५३ पैसा थियो। हिजो र अस्ती स्थिर रहेको अमेरिकी डलरको मूल्य आज बढेको हो।
त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४९ रुपैयाँ ५६ पैसा र बिक्रीदर १५० रुपैयाँ २३ पैसा निर्धारण भएको छ। हिजो युरो १ को खरिदर १४९ रुपैयाँ ८९ पैसा र बिक्रीदर १५० रुपैयाँ ५६ पैसा थियो।
आजको लागि बेलायती पाउन्ड १ को खरिददर १७६ रुपैयाँ ६९ पैसा र बिक्रीदर १७७ रुपैयाँ ३९ पैसा निर्धारण भएको छ। हिजो पाउन्ड १ को खरिददर १७६ रुपैयाँ ९६ पैसा र बिक्रीदर १७७ रुपैयाँ ७५ पैसा थियो।
त्यसैगरी आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ९० रुपैयाँ ६८ पैसा र बिक्रीदर ९१ रुपैयाँ ०८ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ९० रुपैयाँ ९९ पैसा र बिक्रीदर ९१ रुपैयाँ ३९ पैसा थियो।
आजको लागि कुवेती दिनार १ को खरिददर ४३८ रुपैयाँ ५९ पैसा र बिक्रीदर ४४० रुपैयाँ ५६ पैसा निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३९ रुपैयाँ ५५ पैसा र बिक्रीदर ४४१ रुपैयाँ ५२ पैसाथियो।
त्यसैगरी आजको लागि बहराइन दिनारको खरिददर ३५५ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३५७ रुपैयाँ ०६ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनारको खरिददर ३५५ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३५७ रुपैयाँ ०१ पैसा थियो।

प्रतिक्रिया