गृहमन्त्री थापा घेराबन्दीमा !
सारांश
- काठमाडाैं, १४ असाेज।
- गृहमन्त्री रामबहादुर थापा बादलले सरकारले राम्रो काम गरिरहेकाले नै आफूलाई विभिन्न शक्तिहरूले घेराबन्दी गरेको बताएका छन् ।
- आइतबार बिहान विराटनगरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै गृहमन्त्री थापाले राम्रो काम गर्दा आफू आलोचित भएको बताएका हुन् ।
काठमाडाैं, १४ असाेज। गृहमन्त्री रामबहादुर थापा बादलले सरकारले राम्रो काम गरिरहेकाले नै आफूलाई विभिन्न शक्तिहरूले घेराबन्दी गरेको बताएका छन् । आइतबार बिहान विराटनगरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै गृहमन्त्री थापाले राम्रो काम गर्दा आफू आलोचित भएको बताएका हुन् । गृहमन्त्री थापाले भने, ‘राम्रो काम गरेकाले घेराबन्दी भएको छ । नराम्रो काम गरेको भए घेराबन्दी हुने नै थिएन ।’
अहिलेको सरकारले देशमा राम्रो काम गरिरहेकाले पुराना शक्तिहरू अतालिएको गृहमन्त्री थापाले आरोप समेत लगाए । गृहमन्त्री थापाले भने, ‘सरकारले राम्रो काम गरेकाले पुरानो र पराजित शक्तिहरू अतालिएका छन् । सरकारलाई गिराउने प्रयत्न गरिरहेका छन् ।’ १३ वर्षीया बालिका निर्मला पन्तको घटना प्रकरणमा अनुसन्धान भइरहेकाले अभियुक्तको नजिक पुगेको समेत गृहमन्त्री थापाले दाबी गरे । ‘प्रहरीले नयाँ शिराबाट अनुसन्धान गरिरहेकाले चाँडै हत्यारा पत्ता लाग्छ,’ गृहमन्त्री थापाले भने । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढे अनुसार सार्वजनिक सवारी भाडा कम मात्रामा बढाएर सरकार सफल भएको गृहमन्त्री थापाले दावी गरे ।
प्रतिक्रिया