सिद्धार्थ राजमार्ग दैनिक आठ घण्टा बन्द हुने

Abhiyanpost Abhiyanpost
|
बिहिबार, फाल्गुन २९, २०७६
|
|
५४ पटक हेरिएको
Shares
सिद्धार्थ राजमार्ग दैनिक आठ घण्टा बन्द हुने

सारांश

  • रामपुर।
  • पाल्पा–बुटवल सडकखण्डअन्तर्गतको सिद्धार्थ राजमार्ग दैनिक आठ घण्टा बन्द हुने भएको छ ।
  • राजमार्गको घुम्ती कटान गरेर सडक स्तरोन्नति गर्न आगामी चैत १ देखि १२ गतेसम्म दैनिक आठ घण्टा बन्द गरिँदैछ।

रामपुर। पाल्पा–बुटवल सडकखण्डअन्तर्गतको सिद्धार्थ राजमार्ग दैनिक आठ घण्टा बन्द हुने भएको छ । राजमार्गको घुम्ती कटान गरेर सडक स्तरोन्नति गर्न आगामी चैत १ देखि १२ गतेसम्म दैनिक आठ घण्टा बन्द गरिँदैछ।
     
घुम्तीका कारण दुर्घटना बढ्न थालेपछि १२ दिनसम्म आंशिकरुपमा भए पनि सडक बन्द गरेर घुम्ती कटान गर्न लागेको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ । राजमार्ग पुनःस्थापना तथा स्तरोन्नति कार्यक्रमअन्तर्गत घुम्ती काट्न लागिएको हो। जोखिमपूर्ण घुम्ती व्यवस्थापन गर्नका लागि समय तालिका तोकेर सडक बन्द गर्न लागिएको छ।
     
चैत १२ गतेदेखि बिहान ७ः०० देखि ९ः०० बजेसम्म, दिउँसो १२ः०० देखि ३ः०० बजेसम्म र राति ८ः०० देखि ११ः०० बजेसम्म सडक बन्द हुनेछ। दैनिक तीन समयमा सडक बन्द हुने भएको हुँदा सो समयमा काम हुने ठाउँको नजिक बढी भिडभाड नगरी ट्राफिक नियमको पालना गरी सहयोग गरिदिनुहुन जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख पृथ्वीनारायण काफ्लेले अनुरोध गरेका छन्।
     
सिद्धार्थ राजमार्ग भएर पाल्पा, बुटवल, स्याङ्जा, पोखरा, बाग्लुङ, पर्वत, गुल्मीलगायतका धेरै जिल्लामा दैनिक सयौँको सङ्ख्यामा सवारी साधन आवतजावत गर्छन्। यस सडकखण्डमा घुम्ती र पहिराका कारण धेरैले ज्यान गुमाउनुपरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सभामुख सापकोटाले छोडे नेकपा
सभामुख सापकोटाले छोडे नेकपा
हिमाली क्षेत्रहरुबीच बहुआयामिक सम्बन्ध विस्तार गर्नु नेपाल र चीनको साझा लक्ष्य : सभामुख महरा
हिमाली क्षेत्रहरुबीच बहुआयामिक सम्बन्ध विस्तार गर्नु नेपाल र चीनको साझा लक्ष्य : सभामुख महरा
राम कार्कीको बाचाः झापाका सडक अफ्रिकन सुन्दरीको गालाजस्तै बनाउँछु !
राम कार्कीको बाचाः झापाका सडक अफ्रिकन सुन्दरीको गालाजस्तै बनाउँछु !
आफुलाई मन लागेको बेला मर्न पाइने कि नपाइने ? सर्वोच्चले खोज्यो बिज्ञको टोली
आफुलाई मन लागेको बेला मर्न पाइने कि नपाइने ? सर्वोच्चले खोज्यो बिज्ञको टोली
महानायक हमालद्वारा विद्यार्थी भर्ना
महानायक हमालद्वारा विद्यार्थी भर्ना
टर्कीले सिरियामा आक्रमण सघन बनाउँदा कम्तीमा एक लाख मानिस विस्थापित
टर्कीले सिरियामा आक्रमण सघन बनाउँदा कम्तीमा एक लाख मानिस विस्थापित
अमेरिकामा एक किशोरले गोली चलाउँदा एक विद्यार्थीको मृत्यु, पाँच जना घाइते
अमेरिकामा एक किशोरले गोली चलाउँदा एक विद्यार्थीको मृत्यु, पाँच जना घाइते
प्रधानमन्त्री दाहाल पशुपतिनाथ मन्दिरमा
प्रधानमन्त्री दाहाल पशुपतिनाथ मन्दिरमा
पूर्वगृहमन्त्री जनार्दन शर्माको गाडी पुल्चोकमा दुर्घटना
पूर्वगृहमन्त्री जनार्दन शर्माको गाडी पुल्चोकमा दुर्घटना
सिरहा र सप्तरी मा करेन्ट लागेर २ को मृत्यु
सिरहा र सप्तरी मा करेन्ट लागेर २ को मृत्यु

तपाईंले छुटाउनुभयो कि?