सिन्डकेटको अन्त्य गर्ने तयारी, अब कम्पनी ऐनअन्तर्गत दर्ता हुने

Abhiyanpost Abhiyanpost
|
बिहिबार, चैत्र २९, २०७४
|
|
४९ पटक हेरिएको
Shares

सारांश

  • सरकारले यातायात सेवा समितिहरू खारेज गर्ने तयारी थालेको छ ।
  • संघसंस्था ऐन, २०३४ अन्तर्गत दर्ता भएका सेवा समितिहरू यातायातमा एकाधिकार (सिन्डिकेट) लाद्न सक्रिय रहेको निष्कर्षसहित सरकारले खारेज गर्न खोजेको हो ।
  • गृह मन्त्रालयका अनुसार चालू आर्थिक वर्षको अन्त्यदेखि जिल्ला प्रशासन कार्यालयमा दर्ता गरिएका यातायातसम्बन्धी कुनै पनि सेवा समिति नवीकरण गरिनेछैन ।

सरकारले यातायात सेवा समितिहरू खारेज गर्ने तयारी थालेको छ । संघसंस्था ऐन, २०३४ अन्तर्गत दर्ता भएका सेवा समितिहरू यातायातमा एकाधिकार (सिन्डिकेट) लाद्न सक्रिय रहेको निष्कर्षसहित सरकारले खारेज गर्न खोजेको हो ।

गृह मन्त्रालयका अनुसार चालू आर्थिक वर्षको अन्त्यदेखि जिल्ला प्रशासन कार्यालयमा दर्ता गरिएका यातायातसम्बन्धी कुनै पनि सेवा समिति नवीकरण गरिनेछैन । सरकारको कदमबाट ३ सय ५ यातायात सेवा समिति खारेज हुनेछन् ।

गृहप्रवक्ता रामकृष्ण सुवेदीले यातायातसम्बन्धी सेवा समिति खारेज गर्ने तयारी भइरहेको बताए । ‘अहिलेसम्म यातायातसम्बन्धी सेवा समिति जिल्ला प्रशासन कार्यालयमा संघसंस्था ऐनअन्तर्गत दर्ता हुन्थे । सोही ऐनअन्तर्गत नवीकरण पनि हुँदै आएका थिए । अब त्यसो हुनेछैन । गृह मन्त्रालय यसको तयारीमा जुटेको साँचो हो,’ उनले भने ।

सुवेदीले विगतमा संसद्को विकास समितिले समेत यातायात सेवा समिति नवीकरण नगर्न आदेश दिएको बताए । ‘संसद्को विकास समितिले यातायातसम्बन्धी सेवा समिति नवीकरण नगर्न आदेश दिएको छ । त्यो आदेश पालना गर्नु सरकारको कर्तव्य हो । गृह त्यही आदेश पालना गर्न लागेको हो,’उनले भने ।

गृहले यो नियम लागू गराए यातायात क्षेत्रमा व्यवसायीबाट लगाइएको सिन्डिकेट कानुनी रूपमै अन्त्य हुनेछ । यातायात क्षेत्रलाई नियमन गर्न बनेको सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ कार्यान्वयनमा २५ वर्षपछि आउनेछ । यातायात व्यवसायीको चर्को दबाबका कारण उक्त ऐन अहिलेसम्म कार्यान्वयनमा आउन सकेको थिएन ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पोखराको लेकसाइड र उपत्यका मुख्य पर्यटकीय क्षेत्र १५ दिनभित्र २४ घन्टा खोल्ने
पोखराको लेकसाइड र उपत्यका मुख्य पर्यटकीय क्षेत्र १५ दिनभित्र २४ घन्टा खोल्ने
बिधुत समस्याबाट गाईघाट बासी रुष्ट,कर्मचारी फोन होल्डमा राखेर मस्त
बिधुत समस्याबाट गाईघाट बासी रुष्ट,कर्मचारी फोन होल्डमा राखेर मस्त
‘अब प्रचण्ड प्रधानमन्त्री, ओलीभन्दा म बरिष्ठ हुँ’
‘अब प्रचण्ड प्रधानमन्त्री, ओलीभन्दा म बरिष्ठ हुँ’
आजको मौसमः देशैभरी पानी पर्ने
आजको मौसमः देशैभरी पानी पर्ने
लाङटाङ पदयात्रामा गएका भक्तपुरका चार जना बेपत्ता
लाङटाङ पदयात्रामा गएका भक्तपुरका चार जना बेपत्ता
दोषी पाइए जस्तो सुकै सजाय भोग्न तयार छु : महासचिव पौडेल
दोषी पाइए जस्तो सुकै सजाय भोग्न तयार छु : महासचिव पौडेल
काठमाडौँ विश्वविद्यालयमा तालाबन्दी नखुल्ने सङ्केत
काठमाडौँ विश्वविद्यालयमा तालाबन्दी नखुल्ने सङ्केत
काउसो पन्छिएकोमा एमाले रमाउनुभन्दा पनि प्रवृत्ति पल्किएकोमा चिन्तित हुनुपर्छ ।
काउसो पन्छिएकोमा एमाले रमाउनुभन्दा पनि प्रवृत्ति पल्किएकोमा चिन्तित हुनुपर्छ ।
कोशी सरकारको रिटमाथि आजवाट पूर्ण इजलासमा सुनवाइ हुने
कोशी सरकारको रिटमाथि आजवाट पूर्ण इजलासमा सुनवाइ हुने
सुनको भाउ घटयो, बुधबार कतिमा कारोबार भइरहेको छ ?
सुनको भाउ घटयो, बुधबार कतिमा कारोबार भइरहेको छ ?

तपाईंले छुटाउनुभयो कि?