सिन्धुली दुधौली खोलाको पुल भासियो, सवारी साधन रोकिए

Abhiyanpost Abhiyanpost
|
आइतबार, भाद्र १७, २०७५
|
१
|
४७ पटक हेरिएको
Shares
सिन्धुली दुधौली खोलाको पुल भासियो, सवारी साधन रोकिए

सारांश

  • सिन्धुली, १७ भदौ ।
  • सिन्धुलीको दुधौली नगरपालिकास्थित दुधौली खोलाको पुल भासिएको छ ।
  • लगातारको वर्षासँगै आएको बाढीका कारण पुल भासिएको हो ।

सिन्धुली, १७ भदौ । सिन्धुलीको दुधौली नगरपालिकास्थित दुधौली खोलाको पुल भासिएको छ । लगातारको वर्षासँगै आएको बाढीका कारण पुल भासिएको हो ।

पुल भासिदा अहिले सवारी आवागमन अवरुद्ध भएको छ । बाढीका कारण वैकल्पिक राजमार्गअन्तर्गत कटारी–दुधौली सडक खण्डअन्तर्गत दुधौली नगरपालिका वडा नं ७ र ८ को सिमानामा पर्ने दुधौली खोलाको पक्की पुल भासिएपछि अहिले चार पाङग्रे सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।

पुलमा सवारी चलाउँदा दुर्घटनाको सम्भावना रहेकाले सवारी सञ्चालनमा रोक लगाइएको दुधौली नगरपालिका–८ का वडाध्यक्ष मोहनचन्द्र दाहालले जानकारी दिए । पुलको पिलर भासिएपछि पुल नै लचकिएकाले अर्को विकल्प नहुन्जेलसम्म पुलमार्फत सवारी साधन नचलाउन नगरपालिकाले अनुरोध गरेको छ ।

सडक विभागलाई छिट्टै डाइभर्सनको व्यवस्था मिलाइ आवतजावतमा सहज बनाउन माग गरिएको छ ।

आर्थिक वर्ष २०६२/६३ मा प्रजुना निमार्ण सेवाले ठेक्का लिइ सम्पन्न गरेको पुल भासिदा दुधौलीका स्थानीय व्यापारी र सर्वसाधारण प्रत्यक्ष प्रभावित भएका छन् । २० मिटर लम्बाइ रहेको पुल  २० लाख बराबरको लागतमा निर्माण भएको थियो ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Hari Har Maharjan

    Papu le banayak ho ki ?

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?