सिरहाका इन्चार्ज अंकुल पक्राउ

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, बैशाख २१, २०७५
|
|
३५ पटक हेरिएको
Shares
सिरहाका इन्चार्ज अंकुल पक्राउ

सारांश

  • अस्बिन खडका, बैशाख २१- नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा सिराहाका इन्चार्ज उदयपुरबाट पक्राउ परेका छन् ।
  • जिल्ला प्रहरी कार्यालय उदयपुरको टोलीले बिहीबार त्रियुगा नगरपालिका–७ चुहाडे आफ्नै घरबाट इन्चार्ज अंकुल राउतलाई पक्राउ गरेको हो ।
  • सिरहाका इन्चार्ज रहेका राउतलाई विशेष सुराकीको आधारमा घर आएको बेला पक्राउ गरिएको निमित्त जिल्ला प्रहरी प्रमुख डिएसपी मेघराज अधिकारीले बताए ।

अस्बिन खडका, बैशाख २१- नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा सिराहाका इन्चार्ज उदयपुरबाट पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरको टोलीले बिहीबार त्रियुगा नगरपालिका–७ चुहाडे आफ्नै घरबाट इन्चार्ज अंकुल राउतलाई पक्राउ गरेको हो ।

सिरहाका इन्चार्ज रहेका राउतलाई विशेष सुराकीको आधारमा घर आएको बेला पक्राउ गरिएको निमित्त जिल्ला प्रहरी प्रमुख डिएसपी मेघराज अधिकारीले बताए ।

राउतमाथि विभिन्न आरोप लागेका निवेदन जिल्ला प्रहरी कार्यालयमा परेको डिएसपी अधिकारीले बताए । यस्तै प्रहरीले पूर्व सांसद किरण राई सहित सात जनालाई धनकुटाबाट पक्राउ गरी उदयपुर ल्याएको छ ।

त्यसैगरी विप्लव समुहका शिक्षक संगठनका अध्यक्ष युवराज कार्कीको साथै उदयपुरका जनसरकार प्रमुख जितबहादुर पुलामी मगरलाई पक्राउ गरिएको छ ।

आज उदयपुर सदरमुकाममा बन्दको हल्लाले यातायात समेत नचल्दा काठमाडौं तर्फ जाने अधिकाश यात्रु समेत अलपत्र परेका छन ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Justin Biral

    ? ℓσνє? тнє? ℓιfє? уσυ? ℓινє,? αи∂? ℓινє? тнє? ℓιfє? уσυ? ℓσνє

    ? CH BOTTERZ ? SURAJ-KING,TK ?

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?