सुदूरपश्चिममा आवागमन रोक्न सीमाक्षेत्रमा थप सशस्त्र प्रहरी परिचालन

Abhiyanpost Abhiyanpost
|
बुधबार, चैत्र २६, २०७६
|
|
५६ पटक हेरिएको
Shares
सुदूरपश्चिममा आवागमन रोक्न सीमाक्षेत्रमा थप सशस्त्र प्रहरी परिचालन

सारांश

  • कञ्चनपुर।
  • भारतीय सीमाक्षेत्रमा आवतजावतमा थप कडाइ गर्न सशस्त्र प्रहरीका ११ अस्थायी पोष्ट खडा गरी उच्च सुरक्षा सतर्कता अपनाएको छ।
  • सशस्त्र प्रहरी बल ३५ नं गणका सशस्त्र प्रहरी उपरीक्षक वीरबहादुर शाहुका अनुसार स्थापना गरिएका ११ अस्थायी पोष्टमा २२० जवानलाई परिचालन गरिएको छ।

कञ्चनपुर। भारतीय सीमाक्षेत्रमा आवतजावतमा थप कडाइ गर्न सशस्त्र प्रहरीका ११ अस्थायी पोष्ट खडा गरी उच्च सुरक्षा सतर्कता अपनाएको छ। सशस्त्र प्रहरी बल ३५ नं गणका सशस्त्र प्रहरी उपरीक्षक वीरबहादुर शाहुका अनुसार स्थापना गरिएका ११ अस्थायी पोष्टमा २२० जवानलाई परिचालन गरिएको छ।

सीमा क्षेत्रमा घुसपैठ गरी भारतबाट नेपाल फर्कने क्रम रोक्न थप सशस्त्र प्रहरी परिचालन गरिएको हो । एक पोष्टमा २० जवान रहने गरी सीमाक्षेत्रमा सुरक्षा व्यवस्थालाई कडा बनाइएको प्रहरी उपरीक्षक शाहुले बताए। हाल पुर्नवासदेखि खल्लामुसेट्टीसम्म अस्थायी पोष्ट राखिएको छ भने मुख्य नाकामा पहिलेदेखि नै नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ। भारतबाट फर्केका बेदकोटकाका ४२ वर्षीय युवकमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि सीमानाकामा कडाइ गरिएको छ।

हतियार र नगद बरामद
कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नं ४ र ५ सीमा नजिकैबाट रोकिराखेको डिएल३सिसीआर ३९९७ भारतीय नंको टोयटा फर्चुन गाडीबाट मङ्गलबार साँझ सशस्त्र प्रहरीले हतियारसहित नगद रकम बरामद गरेको छ । सशस्त्र प्रहरी उपरीक्षक शाहुका अनुसार गाडीबाट प्वाइन्ट टुटु एलआर बन्दुक एक थान, त्यसमा लाग्ने गोली १४ थान र एयरगन एक थान र सोको छर्रा १९६ बरामद गरिएको छ।

सोही गाडीबाट नेपाली एक हजारको नोट ७१ हजार, ५०० का नोट पाँच हजार ५०० बरामद गरिएको छ। अवैध हतियार र नगद रकमसहित छ बैंकका एटीएम कार्डसमेत बरामद गरिएको छ। बरामद गाडी कैलालीको गोदावरी नगरपालिका–१० का वडाध्यक्ष गुड्डु शाहीको रहेको बताइएको छ। बरामद गाडी, हतियार, नगद रकम र एटीमकार्ड इलाका प्रहरी कार्यालय गुलरीमा बुझाइएको छ।

बेरिएर महिलाको मृत्यु
शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरका २२ वर्षीय रेवती पाण्डेय जोशीको गहुँ थे्रसिङ गर्ने थे्रसरको पट्टामा बेरिएर मङ्गलबार मृत्यु भएको छ । गहुँ थ्रेसिङ गरिरहेका बेला दुपट्टा थे्रसरको पट्टामा बेरिँदा जोशीको टाउकोमा गम्भीर चोट लागेको थियो । गम्भीर चोट लागेपछि उपचारका लागि कैलालीको निसर्ग अस्पतालमा पु¥याइए पनि उपचार हुन नसकेपछि थप उपचारका लागि बाँकेको कोहलपुरतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक धर्मेन्द्र रावलले बताउनुभयो । मृतकको शव परीक्षणका लागि महाकाली अस्पताल पुर्याइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विश्वास गर्न कठिन छ, तर घटना सत्य हो, तपाइँ पनि सचेत रहनुस्
विश्वास गर्न कठिन छ, तर घटना सत्य हो, तपाइँ पनि सचेत रहनुस्
उपप्रधानमन्त्री गोपालमान श्रेष्ठलाई झण्डै पाँच हजार मतले पछाडि पार्दै पद्मा अर्याल
उपप्रधानमन्त्री गोपालमान श्रेष्ठलाई झण्डै पाँच हजार मतले पछाडि पार्दै पद्मा अर्याल
स्वाइन फ्लुबाट एकको मृत्यु, सचेत रहन स्वास्थ्यकर्मीको आग्रह
स्वाइन फ्लुबाट एकको मृत्यु, सचेत रहन स्वास्थ्यकर्मीको आग्रह
ट्रक दुर्घटनामा तीनको मृत्यु
१९औं एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक
१९औं एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक
निर्मला हत्या प्रकरण : प्रदीपकाे डिएनए नमिलेपछि उनैलाई दोषी ठहर गर्न अरू प्रमाण खोज्दै प्रहरी
निर्मला हत्या प्रकरण : प्रदीपकाे डिएनए नमिलेपछि उनैलाई दोषी ठहर गर्न अरू प्रमाण खोज्दै प्रहरी
सामुदायिक लघुवित्तका सिइअाे सहित चार जना पक्राउ
सामुदायिक लघुवित्तका सिइअाे सहित चार जना पक्राउ
यसरी भत्कियो गुल्मी मुसिकोट नगरपालिका जोड्ने पुल !!!
यसरी भत्कियो गुल्मी मुसिकोट नगरपालिका जोड्ने पुल !!!
राजनीतिक उग्र महत्वाकांक्षाले नै टिंग्रेटिंग्री जन्मन्छन्
राजनीतिक उग्र महत्वाकांक्षाले नै टिंग्रेटिंग्री जन्मन्छन्
अदालतद्वारा बसपार्क नभत्काउन आदेश
अदालतद्वारा बसपार्क नभत्काउन आदेश

तपाईंले छुटाउनुभयो कि?