सुनखानी पनि व्यक्तिको नाममा दर्ता, नेतादेखि गुण्डासम्म सक्रिय

Abhiyanpost Abhiyanpost
|
बुधबार, भाद्र ६, २०७५
|
|
५३ पटक हेरिएको
Shares
सुनखानी पनि व्यक्तिको नाममा दर्ता, नेतादेखि गुण्डासम्म सक्रिय

सारांश

  • व्यक्ति वा कम्पनीका नाममा देशभर खानी कब्जा गर्ने र दर्ता गरी मोटो रकममा बेचबिखन गर्ने होडबाजी चलेको छ ।
  •  खानी पत्ता लाग्नेबित्तिकै कब्जा गर्ने रणनीतिअनुसार माफिया शैलीमा राजनीतिक दलका नेता, तिनका आसेपासे, भ्रष्ट कर्मचारीदेखि स्थानीय गुन्डासमेत सक्रिय भएका छन्।
  • कतिपयले व्यक्तिका नाममा खानी दर्ता गरी कब्जा गरेका छन् भने कतिपयले कम्पनी खोलेर दर्ता गरेका छन् ।

व्यक्ति वा कम्पनीका नाममा देशभर खानी कब्जा गर्ने र दर्ता गरी मोटो रकममा बेचबिखन गर्ने होडबाजी चलेको छ । खानी पत्ता लाग्नेबित्तिकै कब्जा गर्ने रणनीतिअनुसार माफिया शैलीमा राजनीतिक दलका नेता, तिनका आसेपासे, भ्रष्ट कर्मचारीदेखि स्थानीय गुन्डासमेत सक्रिय भएका छन्।

कतिपयले व्यक्तिका नाममा खानी दर्ता गरी कब्जा गरेका छन् भने कतिपयले कम्पनी खोलेर दर्ता गरेका छन् । अधिकांशले खानी दर्ता गरी खल्तीमा राखेर बिक्री खुला गरेका छन् । सके सेयर लिएर खानी चलाउने नसके बेचेर मोटो रकम लिने शैलीमा उनीहरू बिक्रीका लागि बिचौलिया लिएर हिँडिरहेका छन्।

खानी सञ्चालन गर्ने वित्तीय र प्राविधिक कुनै क्षमता नभएकासमेतको नाममा खानी दर्ता हुनुले यस क्षेत्रमा नीतिगत र आर्थिक भ्रष्टाचार मौलाएको छ । खानी तथा भूगर्भ विभाग स्रोतका अनुसार कानुनी तरिकाले खानी कब्जा गर्न जिम्मेवार भनिएका राजनीतिक दलका नेतादेखि उच्च सरकारी कर्मचारीसमेत सक्रिय भएका छन्।

विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०७४–७५ सम्ममा २६ वटा भिन्न खनिज निकाल्न चार सय ८४ स्थानमा अनुमति दिइएको छ । जसमध्ये एक सय २४ वटा सञ्चालनमा छन् भने बाँकी ३६० ले खनिज खोजीका लागि भन्दै लाइसेन्स लिएर बसेका छन् । लाइसेन्स लिएकामध्ये दुई सय २१ वटा व्यक्तिका नाममा छन् । जसमध्ये २१ वटा मात्र सञ्चालनमा छन् ।

आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्रीसँग संवैधानिक आयोगका अध्यक्षहरूद्वारा भेट
प्रधानमन्त्रीसँग संवैधानिक आयोगका अध्यक्षहरूद्वारा भेट
यस्ता छन् माओवादी केन्द्र सचिवालय बैठकका महत्वपूर्ण निर्णयहरू
यस्ता छन् माओवादी केन्द्र सचिवालय बैठकका महत्वपूर्ण निर्णयहरू
आजको मौसमः मुलुकका अधिकांश स्थानमा हुस्सु र तुवाँलो लाग्ने सम्भावना
आजको मौसमः मुलुकका अधिकांश स्थानमा हुस्सु र तुवाँलो लाग्ने सम्भावना
यी हुन् एमालेको समानुपातिकबाट छानिएका ४१ सांसद (नामावलीसहित)
ललितपुर र मुस्ताङमा लागू औषध सहित पक्राउ
ललितपुर र मुस्ताङमा लागू औषध सहित पक्राउ
कट्रिना कैफका होली बिशेष तस्विरहरु
कट्रिना कैफका होली बिशेष तस्विरहरु
निषेधाज्ञा हट्ने !
संसदीय प्रतिनिधि मण्डलको चीन भ्रमण फलदायी : अध्यक्ष तिमिल्सिना
संसदीय प्रतिनिधि मण्डलको चीन भ्रमण फलदायी : अध्यक्ष तिमिल्सिना
https://kingdom-con.com/Оhttps://kingdom-con.com/фhttps://kingdom-con.com/иhttps://kingdom-con.com/цhttps://kingdom-con.com/иhttps://kingdom-con.com/аhttps://kingdom-con.com/лhttps://kingdom-con.com/ьhttps://kingdom-con.com/нhttps://kingdom-con.com/ыhttps://kingdom-con.com/йhttps://kingdom-con.com/ https://kingdom-con.com/сhttps://kingdom-con.com/аhttps://kingdom-con.com/йhttps://kingdom-con.com/тhttps://kingdom-con.com/ https://kingdom-con.com/Мhttps://kingdom-con.com/оhttps://kingdom-con.com/сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/бhttps://kingdom-con.com/еhttps://kingdom-con.com/тhttps://kingdom-con.com/ https://kingdom-con.com/Сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/аhttps://kingdom-con.com/вhttps://kingdom-con.com/кhttps://kingdom-con.com/иhttps://kingdom-con.com/ https://kingdom-con.com/нhttps://kingdom-con.com/аhttps://kingdom-con.com/ https://kingdom-con.com/сhttps://kingdom-con.com/пhttps://kingdom-con.com/оhttps://kingdom-con.com/рhttps://kingdom-con.com/тhttps://kingdom-con.com/ https://kingdom-con.com/Mhttps://kingdom-con.com/ohttps://kingdom-con.com/shttps://kingdom-con.com/thttps://kingdom-con.com/bhttps://kingdom-con.com/ehttps://kingdom-con.com/thttps://kingdom-con.com
बिओके र ग्लोबल आईएमई बैंकको मर्जरको लागि अन्तिम स्वाप रेसियो तय
बिओके र ग्लोबल आईएमई बैंकको मर्जरको लागि अन्तिम स्वाप रेसियो तय

तपाईंले छुटाउनुभयो कि?