सुनसरीमा प्रहरी र लुटेराबीच गोली हानाहान

Abhiyanpost Abhiyanpost
|
सोमबार, मंसिर २४, २०७५
|
|
४५ पटक हेरिएको
Shares

सारांश

  • २४ मंसिर, सुनसरी ।
  • जिल्लाको कोशी गाउँपालिका–७ स्थित मुसहरि टोल नजिक गएराति प्रहरी र भारतीय डाँका समूहबीच गोली हानाहान हुँदा एक भारतीय डाँकाको मृत्यु भएको छ ।
  • जिल्ला प्रहरी कार्यालय सुनसरीबाट चोरी डकैती नियन्त्रणका लागि खटिएको प्रहरीको टोली र भारतीय नाकाबाट चार–पाँच जनाको समूहमा आएको डाँकाबीच गोली हानाहान हुँदा एकको मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले जानकारी दिए ।

२४ मंसिर, सुनसरी । जिल्लाको कोशी गाउँपालिका–७ स्थित मुसहरि टोल नजिक गएराति प्रहरी र भारतीय डाँका समूहबीच गोली हानाहान हुँदा एक भारतीय डाँकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट चोरी डकैती नियन्त्रणका लागि खटिएको प्रहरीको टोली र भारतीय नाकाबाट चार–पाँच जनाको समूहमा आएको डाँकाबीच गोली हानाहान हुँदा एकको मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले जानकारी दिए । मृतकको सनाखत हुन सकेको छैन ।

डाँकाको समूहलाई रोक्न खोज्दा उल्टै प्रहरीमाथि नै डाँकाको समूहले गोली चलाएको थियो । आत्मरक्षाका लागि प्रहरीले जवाफी फायर गर्दा १ डाँकाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक फुयाँलले जानकारी दिए । मृतकको शव अहिले परीक्षणका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान राखिएको छ ।अन्य व्यक्ति भने भारततर्फ नै भागेका छन् । खोजतलासबाट प्रहरीले गोली लोड भएको कटुवा पेस्तोल दुई थान, तथा मृतकको पाइन्टको खल्तीबाट पाँच वटा गोलीसमेत बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कुम्भमेलामा दर्शनार्थीको घुइँचो, एकै दिनमा डेढ लाखभन्दा बढीको सहभागिता
कुम्भमेलामा दर्शनार्थीको घुइँचो, एकै दिनमा डेढ लाखभन्दा बढीको सहभागिता
राष्ट्रपति पौडेल आज स्विट्जरल्याण्ड जाँदै
राष्ट्रपति पौडेल आज स्विट्जरल्याण्ड जाँदै
अब सात दिनमै विदेशी लगानी स्वीकृत
अब सात दिनमै विदेशी लगानी स्वीकृत
टर्कीले युरोप जाने ‘ढोका खोलिदिए’ पछि ग्रीसद्वारा शरणको आवेदन स्थगित
टर्कीले युरोप जाने ‘ढोका खोलिदिए’ पछि ग्रीसद्वारा शरणको आवेदन स्थगित
युवाहरुको व्यापक सहभागितामा प्रदेश युवा सम्मेलन आजदेखि धनगढीमा शुरु
ला लिगा फुटबलमा ओसासुनालाई हराउँदै एथ्लेटिक बिलबाओ विजयी
ला लिगा फुटबलमा ओसासुनालाई हराउँदै एथ्लेटिक बिलबाओ विजयी
राष्ट्रपति र राजपाका नेताहरुबिच छलफल, अध्यादेशका लागि दलीय सहमति नचाहिने नेताहरुको सुझाब
राष्ट्रपति र राजपाका नेताहरुबिच छलफल, अध्यादेशका लागि दलीय सहमति नचाहिने नेताहरुको सुझाब
श्रीकृष्ण जन्माष्ठमीको पावन अवसरमा  नमस्ते धनकुटा–२०७४ कार्यक्रम  हुँदै ……
श्रीकृष्ण जन्माष्ठमीको पावन अवसरमा नमस्ते धनकुटा–२०७४ कार्यक्रम हुँदै ……
बाल यौन दुराचारमा रंगेहात समातिएका पूर्व युएन अधिकारी जेल चलान,यस्ताे छ उनकाे नालिबेली
बाल यौन दुराचारमा रंगेहात समातिएका पूर्व युएन अधिकारी जेल चलान,यस्ताे छ उनकाे नालिबेली
काठमाडौँमा आज बिजोर नम्बरका सवारी सञ्चालनमा रोक
काठमाडौँमा आज बिजोर नम्बरका सवारी सञ्चालनमा रोक

तपाईंले छुटाउनुभयो कि?