प्रदेश ३ मा साना घर बनाउनेलाई निःशुल्क नक्सा

Abhiyanpost Abhiyanpost
|
शनिबार, आश्विन १३, २०७५
|
|
५४ पटक हेरिएको
Shares
प्रदेश ३ मा साना घर बनाउनेलाई निःशुल्क नक्सा

सारांश

  • हेटौँडा ।
  • प्रदेश ३ को राजधानी हेटौँडामा साना खालका घर बनाउनेलाई निशुल्क नक्सा बनाउने भएको छ ।
  • हेटौंडा उपमहानगरपालिकाले साना खालका घर बनाउनेका लागि निःशुल्क नक्सा बनाइदिने अभियान शुरु गरेको हो ।

हेटौँडा । प्रदेश ३ को राजधानी हेटौँडामा साना खालका घर बनाउनेलाई निशुल्क नक्सा बनाउने भएको छ । हेटौंडा उपमहानगरपालिकाले साना खालका घर बनाउनेका लागि निःशुल्क नक्सा बनाइदिने अभियान शुरु गरेको हो ।

साना घर बनाउने ४ सय जनाले निशुल्क नक्सकाका लागि निवेदन दिइसकेको परिसकेको उपमहानगरपालिकाले जनाएको छ ।

उपमहानगरपालिका प्रमुख हरिबहादुर महतका अनुसार हेटौँडा अस्पतालमा निःशुल्क रुपमा मिर्गौला डायलासिस शुरु गर्न लागिएको छ । मिर्गौला डायलासिसका लागि अन्यत्र धाउनुपर्ने बाध्यता हटाउन उपमहानगरपालिकाले हेटौँडा अस्पतालसँग सहकार्य गर्दै अभियान शुरु गरेको हो ।

प्रमुख महतले विभिन्न खालका दुई दर्जन भन्दा बढी सिफारिश निःशुल्क गरिएको बताए । उपमहानगरपालिकाले निर्माण गरेका सडक फराकिलो पार्ने र त्यहाँ फलफूल लगाउने अभियान समेत जारी राखेको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?