सुन काण्डमा अनुसन्धान गर्ने प्रहरी नै तानिदैं, अहिलेसम्म यी प्रहरीको मिलेमतो

Abhiyanpost Abhiyanpost
|
मंगलबार, बैशाख १८, २०७५
|
|
५१ पटक हेरिएको
Shares
सुन काण्डमा अनुसन्धान गर्ने प्रहरी नै तानिदैं, अहिलेसम्म यी प्रहरीको मिलेमतो

सारांश

  • काठमाडौं – आपराधिक क्रियाकलापमा संलग्न व्यक्तिलाई ‘ट्र्याप’ मा पार्न प्रायः अपराध अनुसन्धानकर्ता प्रहरीले प्रयोग गर्ने ‘फन्दा’ ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा आफ्नै विरुद्ध प्रयोग हुने खतराले नेपाल प्रहरीभित्र आतंक उत्पन्न भएको छ।
  • यो प्रक्रियामा एकथरी प्रहरी अपराध अनुसन्धान र अभियुक्त गिरफ्तारीका निम्ति क्रियाशील छन् भने अर्काथरी त्यही प्रकरणका सहयोगी।
  • तस्करी र हत्याका दुवै थरीमाथि शंकाको आधार भनेको सञ्चार सम्पर्क मात्र हो।

काठमाडौं – आपराधिक क्रियाकलापमा संलग्न व्यक्तिलाई ‘ट्र्याप’ मा पार्न प्रायः अपराध अनुसन्धानकर्ता प्रहरीले प्रयोग गर्ने ‘फन्दा’ ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा आफ्नै विरुद्ध प्रयोग हुने खतराले नेपाल प्रहरीभित्र आतंक उत्पन्न भएको छ। यो प्रक्रियामा एकथरी प्रहरी अपराध अनुसन्धान र अभियुक्त गिरफ्तारीका निम्ति क्रियाशील छन् भने अर्काथरी त्यही प्रकरणका सहयोगी। तस्करी र हत्याका दुवै थरीमाथि शंकाको आधार भनेको सञ्चार सम्पर्क मात्र हो। अपराध अनुसन्धानकर्ताहरूले तिनलाई ‘फन्दा’ मा पार्न गरेको नाटकीय संवाद अन्ततः आफ्नै विरुद्ध प्रयोग हुने खतरा बढेको छ।

सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समितिले सुन तस्कर सनम हत्याको अनुसन्धानमा सञ्चारमाध्यमलाई मात्र आधार बनाउँदा र त्यसमा कसको सम्पर्कको आधार के थियो भन्ने नछुट्याउँदा प्रहरी महानिरीक्षकसम्मले बयानका लागि धाउनुपर्ने अवस्था आएको छ। त्यतिमात्र होइन, आफ्नै संगठनभित्र तस्करीका मतियार रहेका भनिएका र त्यसविरुद्ध रहेका दुवैथरी एकबाट अर्कोको नाम पोलेर दुःख दिने अवस्थामा पुगेका छन्।

चैत ३० गते मन्त्रिपरिषद् बैठकले संगठित अपराध निवारण ऐन, २०७० को दफा १२ अनुसार सहसचिव ईश्वर पौडेलको नेतृत्वमा विशेष अनुसन्धान टोली गठन गरेको हो। समितिमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त लामा, प्रहरी नायब उपरीक्षक (डिएसपी) सुदीप पाठक, प्रहरी निरीक्षक भीष्म हुमागाईं छन्। समितिले पूर्वी नेपालका झापा, मोरङ र काठमाडौंको विमानस्थलदेखि छानबिन गरिरहेको छ।

समितिले सुन खोज्ने नाममा सुन तस्करलाई संरक्षण गर्ने र सनम शाक्य हत्याको अनुसन्धानकर्तालाई एकै बास्केटमा हालेर मुद्दा चलाउन थालेको छ। डिएसपी प्रजित केसी र सई बालकृष्ण सन्जेललाई पनि तस्करकै संरक्षणमा लागेको भन्दै अदालतबाट संगठित अपराध ऐनअन्तर्गत अनुसन्धानका लागि समय लिइसकेको छ। त्यसैगरी महाशाखाका तत्कालीन प्रमुख एवं एसएसपी दिवेश लोहनीलाई पनि त्यसरी नै पक्राउ गर्न खोजिएको छ। जब कि पूर्व आइजिपी प्रकाश अर्याल र पूर्व एआईजी बमबहादुर भण्डारी दुवैले समितिसँगको बयानमा एसएसपी लोहनी र डिएसपी केसी तथा सई सञ्जेलको संलग्नता अपराध अनुसन्धान र अभियुक्तिको गिरफ्तारीका सिलसिलामा भएको जानकारी गराइसकेका छन्।

पूर्व डिआइजी गोविन्द निरौला, एसएसपी श्याम खत्री, एसपी विकास खनाल, डिएसपी सन्जय राउतले सुन तस्करलाई सहयोग गरेको स्पष्ट देखिएको छ। यता एसएसपी लोहनी, डिएसपी केसी र सई सन्जेलको टोलीले शाक्य हत्या प्रकरणको अनुसन्धानमा संलग्न भएको तर सुन तस्करीसँग संलग्नता नदेखिए पनि उनीहरुलाई समेत एकै मेसोमा मुद्दा चलाउन खोजिएको छ। यसो हुन गयो भने संगठनभित्र अपराध अनुसन्धानमा वास्तविक रुपमै सक्रिय हुने प्रहरी कर्मचारीको समेत मनोबल गिरी भविष्यमा कसैले पनि खतरा नमोल्ने अवस्था आउन सक्ने टिप्पणी प्रहरी अधिकारीहरुको छ।

आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?