सुन काण्डमा ‘पावर’ले हावा खायो, उच्च निगरानीमा अर्याल !

Abhiyanpost Abhiyanpost
|
मंगलबार, बैशाख १८, २०७५
|
५
|
५२ पटक हेरिएको
Shares
सुन काण्डमा ‘पावर’ले हावा खायो,  उच्च निगरानीमा अर्याल !

सारांश

  • काठमाडौं, १८ वैशाख ।
  • ३३ किलो सुन काण्ड र सनम शाक्य हत्या प्रकरणमा महानगरीय अपराध महाशाखाबाट प्रहरी प्रधान कार्यलय तानिएका एसएसपी दिवेश लोहनीलाई बयानका लागि उपस्थित गराउन विशेष अनुसन्धान समितिले पत्राचार गरेको छ ।
  • सुन तस्करी र हत्याको घटनामा प्रहरीका उच्च अधिकारीको नाम जोडिएर आएपछि सरकारले गत महिना गृह मन्त्रालयका सह–सचिव ईश्वर पौडेलको संयोजकत्वमा विशेष अनुसन्धान समिति गठन गरेको थियो ।

काठमाडौं, १८ वैशाख । ३३ किलो सुन काण्ड र सनम शाक्य हत्या प्रकरणमा महानगरीय अपराध महाशाखाबाट प्रहरी प्रधान कार्यलय तानिएका एसएसपी दिवेश लोहनीलाई बयानका लागि उपस्थित गराउन विशेष अनुसन्धान समितिले पत्राचार गरेको छ ।

सुन तस्करी र हत्याको घटनामा प्रहरीका उच्च अधिकारीको नाम जोडिएर आएपछि सरकारले गत महिना गृह मन्त्रालयका सह–सचिव ईश्वर पौडेलको संयोजकत्वमा विशेष अनुसन्धान समिति गठन गरेको थियो ।

एसएसपी लोहनी बयानका लागि बुधवारसम्म बिराटनगर पुगिसक्ने प्रहरी स्रोतले जनाएको छ । यसअघि लोहनीले अनुसन्धानमा खटाएका डिएसपी प्रजित केसीलाई जिल्ला प्रहरी कार्यलय मोरङले नियन्त्रणमा लिएर कर्तव्य ज्यान र संगठित अपराधमा ३ दिन म्याद थप गरी अनुसन्धान थालेको थियो । टोलीमा रहेका सई बालकृष्ण सञ्जेल पनि प्रहरी थुनामा छन् ।

केसी र सञ्जेललाई विराटनगर पठाउने र घटनाको कमाण्ड गरेका महाशाखाका तत्कालीन प्रमुख एसएसपी लोहनी प्रहरी प्रधान कार्यालय तानिए पनि पक्राउ परेका छैनन् । सुन काण्डमा सनम शाक्यको हत्या भएपछि पनि सुन बरामद् नहुनु र अबैध सुनका मालिक ‘गोरे’ भन्ने चुडामणि उप्रेतीलाई लोहनी महाशाखामा हुँदा नै भगाइएका कारण उनको शंकास्पद भूमिका देखिएको थियो ।

लोहनीले ३३ किलो सुन गायब गराउन र सनम शाक्यको लास व्यबस्थापन गर्नका लागि दुई करोडमा सहमति गरेको समाचार समेत बाहिर आएको थियो । सहमति भएपछि प्रहरीले नै सुन तस्करलाई साथ दिएको घटनाक्रमहरूले देखाएका छन् ।

डिएसपी केसीको बयानपछि एसएसपी लोहनीलाई पनि पत्र काटिएका कारण उनी पक्राउ पर्ने संभावना बढेर गएको छ । किनकी यो प्रकरणमा तल्लो प्रहरीले आफूभन्दा माथिल्लो प्रहरी अधिकारीको आदेश पालना गरेको हुँदा डिएसपी केसीपछि एसएसपी लोहनी पक्राउ पर्ने अवस्था देखिएको हो ।

पक्राउ पर्ने डरले एसएसपी लोहनी भने माओवादीका नेताहरूमार्फत समितिलाई दबाब दिन थालेका थिए । सरकारले गठन गरेको छानविन समितिले ३३ केजी सुन प्रकरणमा अहिलेसम्म ६ जना प्रहरीलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।

स्रोतका अनुसार लोहनीको बयान लिए लगत्तै समितिले पूर्व आईजीपी प्रकाश अर्यालसंग पनि बयान लिनेछ । लोहनीले आफ्नो मातहतका प्रमुख पूर्वएआइजी जयबहादुर चन्दलाई नसोधी सिधै पूर्वआईजीपी अर्याललाई सोधेर फागुन १८ गते डिएसपी केसीको नेतृत्वको टोली विराटनगर पठाएका थिए ।

अर्यालको सुन तस्कर चुडामणि उप्रेती ‘गोरे’सँग पटक–पटक फोनमा कनेक्सन भएको प्रमाण समितिले फेला पारेको छ । लोहनीले तत्कालीन आईजीपी अर्यालसँग समन्वय गरी अपराधीलाई उम्काएको र सुन समेत खोज्न आनाकानी गरेका कारण अर्याल पनि यो घटनामा दोषी ठहरिने अवस्था देखिएको छ । अर्याललाई छानविन समितिले निगरानीमा राखिसकेको स्रोतले जनाएको छ ।

प्रतिक्रिया

5 कमेन्ट

    Comment Author

    Justin Biral

    ? ℓσνє? тнє? ℓιfє? уσυ? ℓινє,? αи∂? ℓινє? тнє? ℓιfє? уσυ? ℓσνє

    ? CH BOTTERZ ? SURAJ-KING,TK ?

    Comment Author

    Devi Bahadur Kc

    चोर पुलिस

    Comment Author

    Madhav Ghimire

    यिनिहरु संग सुनका डल्ला त कति होलान् कति ! ती निगरानी गर्ने , केश खडा गर्ने , फैसला गर्ने सबैलाई सुनका डल्लाले भकाभक हान्यो भने गङ्गाजलले नुहाएर निस्क्न्छ हाम्रो नेपालमा ।

    Comment Author

    Nbin Thapa

    राम्रो काम

    Comment Author

    Tashi Nharbu Gurung

    बल्ल खाइस

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 5
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?