सुरक्षाको लागि जडान गरिएका ३७ सीसी क्यामरामध्ये १४ मात्रै सञ्चालनमा

Abhiyanpost Abhiyanpost
|
बुधबार, पौष ४, २०७५
|
|
५८ पटक हेरिएको
Shares
सुरक्षाको लागि जडान गरिएका ३७ सीसी क्यामरामध्ये १४ मात्रै सञ्चालनमा

सारांश

  • भरतपुर ।
  • सुरक्षाको लागि भरतपुर महानगरपालिकाका विभिन्न स्थानमा जडान गरिएका ३७ सीसी क्यामरामध्ये १४ मात्रै सञ्चालनमा छन् ।
  • अपराध अनुसन्धान र नियन्त्रणका लागि जडान गरिएका अधिकांश क्यामरा बिग्रिएका छन् ।

भरतपुर ।सुरक्षाको लागि भरतपुर महानगरपालिकाका विभिन्न स्थानमा जडान गरिएका ३७ सीसी क्यामरामध्ये १४ मात्रै सञ्चालनमा छन् । अपराध अनुसन्धान र नियन्त्रणका लागि जडान गरिएका अधिकांश क्यामरा बिग्रिएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपेन्द्र शाहका अनुसार बिग्रेका क्यामरा मर्मत गरिँदैछ । उनले जिल्लामा ९९ सीसी क्यामरा जडान गरिएको बताए ।

जिल्ला प्रहरी कार्यालय परिसरभित्र ३२ सीसी क्यामरा रहेकामा २६ मात्र सञ्चालनमा छन् ।भरतपुर महानगरपालिकाको पुल्चोक, शहीदचोक, लायन्सचोक, क्याम्पस गेट, चौविसकोठीलगायतक क्षेत्रमा सीसी क्यामरा जडान गरिएको छ ।

टिकौली जङ्गलमा गोन्द्राङस्थित एउटा सीसी क्यामराले मात्रै काम गरेको शाहले बताए । अँध्यारोमा समेत दृश्य कैद गर्ने सीसी क्यामरा जडानको तयारी भइरहेको उनले जानकारी दिए । जिल्लामा सात स्थानीय तह छन् । “स्थानीय तहका प्रमुखसँगको छलफलमा राजमार्गको मुख्यमुख्य केन्द्रमा सीसी क्यामरा जडान गर्ने कुरा भइरहेको छ, उनले भने ।

निजी क्षेत्र, महानगरपालिका र जिल्ला प्रहरी कार्यालयको समन्वयमा जडान गरिएका सीसी क्यामरा मर्मतको खर्च महानगरले व्यहोर्ने गरी काम भइरहेको छ । अपराध अनुसन्धान र न्यूनीकरण, सवारीसाधनका चालकले दुर्घटना गराएर भाग्ने, चोरी डकैती, झैझगडा, कुटपिटलगायत अपराध अनुसन्धान गर्न सीसी क्यामराबाट सहयोग पुग्ने शाहले बताए । चोरी गर्न सीसी क्यामरा नै बिगार्ने गरेको घटना हुने गरेकाले निजी क्षेत्रले सीसी क्यामरा जडान गरेपछि प्रहरीलाई जानकारी गराउन उनले आग्रह गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काँग्रेसको जिल्लामा पनि आन्तकि कलह उत्तिकै
काँग्रेसको जिल्लामा पनि आन्तकि कलह उत्तिकै
प्रहरी चौकीनै असुरक्षित !
प्रहरी चौकीनै असुरक्षित !
आज दशैंको सातौ दिन, घर–घरमा फूलपाती भित्राइदै
आज दशैंको सातौ दिन, घर–घरमा फूलपाती भित्राइदै
कोरोना भ्याक्सिन एक महिनाभित्र सार्वजनिक प्रयोगमा आउने, दुई दिनभित्र सार्वजनिक प्रयोगका लागि अनुमोदन हुदै
कोरोना भ्याक्सिन एक महिनाभित्र सार्वजनिक प्रयोगमा आउने, दुई दिनभित्र सार्वजनिक प्रयोगका लागि अनुमोदन हुदै
नेपालमा ४२५ कोरोना संक्रमित थपिए आइतबार
नेपालमा ४२५ कोरोना संक्रमित थपिए आइतबार
प्रचण्ड र माधव नेपाललाई प्रधानमन्त्री बन्न नदिने ओलीको रणनीति
प्रचण्ड र माधव नेपाललाई प्रधानमन्त्री बन्न नदिने ओलीको रणनीति
भ्रष्टाचार नियन्त्रणका लागि अझै कडा तरिकाले प्रस्तुत हुन्छौँ : प्रधानमन्त्री
भ्रष्टाचार नियन्त्रणका लागि अझै कडा तरिकाले प्रस्तुत हुन्छौँ : प्रधानमन्त्री
गाजा नजिक रहेका ५५ नेपालीलाई सुरक्षित स्थानमा सारियो
गाजा नजिक रहेका ५५ नेपालीलाई सुरक्षित स्थानमा सारियो
बाहिर जति हल्ला छ त्यस्तो खालको बिवाद युवासंघमा छैन .अमित लामा/
बाहिर जति हल्ला छ त्यस्तो खालको बिवाद युवासंघमा छैन .अमित लामा/
सम्पत्ति विवरण नबुझाउने १७ हजार नेता तथा कर्मचारी कारवाहीमा
सम्पत्ति विवरण नबुझाउने १७ हजार नेता तथा कर्मचारी कारवाहीमा

तपाईंले छुटाउनुभयो कि?