सूदुरपश्चिम प्रदेशकाे राजधानी प्रति देउवाकाे अापत्ति, विरोधमा उत्रिन पार्टीका नेता, कार्यकर्तालाई निर्देशन
सारांश
- Listen to this article 0:00 / 0:00 Generating audio for you.
- .
- .
काठमाडाैं, २० असाेज। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सूदुरपश्चिम प्रदेशकाे राजधानी गाेदावरी राखेकोमा अापत्ति जनाएका छन्। नेपाल विद्यार्थी संघ, डडेलधुरा सम्पर्क समितिले शनिबार काठमाडौंमा आयोजना गरेको दशैँको शुभकामना आदानप्रदान कार्यक्रममा उनले केही व्यक्ति निहित स्वार्थका लागि गोदावरी प्रदेश राजधानी राखेर वातावरणीय सन्तुलन बिगार्न लागिएकाे अाराेप लगाएका हुन्।
उनले वातावरणीय लगायतका सबै हिसाबले उपयुक्त नभएको ठाउँमा राजधानी तोकिएको भन्दै सो निर्णयको विरोधमा उत्रिन पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए। देउवाले सुदूरपश्चिम प्रदेशको राजधानी सबै हिसाबले धनगढीमा उपयुक्त हुने तर्क गरे। सभापति देउवाले कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको हत्यारालाई अझै पक्राउ गर्न नसकेको भन्दै सरकारको चर्को आलोचना गरे।
उनले भने, ‘सरकार नलायक भयाे। जनताले न्यायकाे भिख माग्दासमेत कानमा तेल हालेर बसेकाे छ। हावादारी गफमा जनतालार्इ भुल्याइरहेकाे छ।’ सभापति देउवाले सरकार निर्मलालार्इ न्याय दिने मनसायमा नरहेकाे अाराेप लगाए।
प्रतिक्रिया