सेयर बजार परिसूचक १०१ ले बढ्यो

Abhiyanpost Abhiyanpost
|
आइतबार, फाल्गुन २९, २०७८
|
|
५१ पटक हेरिएको
Shares
सेयर बजार परिसूचक १०१ ले बढ्यो

सारांश

  • आज साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०१ अंकले बढेको छ ।
  • केही समययता निरन्तर घट्दै २५ सय अंकभन्दा तल आइपुगेको नेप्से आजै १०१ अंकले बढ्दै पुनः २६ सय ६७ अंकमा पुगेको हो ।
  • यसक्रममा आज ४ अर्ब ८७ करोड रुपैयाँ बराबरको ९० लाख २२ हजार कित्ता सेयर किनबेच भएको छ ।

आज साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०१ अंकले बढेको छ । केही समययता निरन्तर घट्दै २५ सय अंकभन्दा तल आइपुगेको नेप्से आजै १०१ अंकले बढ्दै पुनः २६ सय ६७ अंकमा पुगेको हो ।

यसक्रममा आज ४ अर्ब ८७ करोड रुपैयाँ बराबरको ९० लाख २२ हजार कित्ता सेयर किनबेच भएको छ । नेप्से परिसूचक १०० भन्दा बढी अंकले बढेपनि कारोबार रकम भने नबढेको हो । यसअघि, गत साताको विहीबार ५२ अंकले बढेको थियो ।

परिसूचकमा उत्साहजनक सुधार आएको दिन आज कारोबार भएका सबै १३ वटै समूहमा उत्साहजनक वृद्धि आएको छ । जसमध्ये जिवन बीमा समूहमा ९२२ अंकको सुधार आएको छ भने निर्जीवन बीमा समूहमा ५६७ अंकको सुधार आएको छ ।

यसैगरी, उत्पादनमूलक समूहमा ३०८ अंकको सुधार आउँदा विकास बैंक समूह २१० अंकले बढेको छ । यस्तै, लघुवित्त समूह १६३ अंकले बढेको छ भने होटल एण्ड टुरिजम १५८ अंकले बढेको छ ।

आज नेप्सेमा तीन वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढ्दै सकरात्मक सर्किट लागेको छ । यस्तै, थप ५ वटा कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले उकालो लागेको नेप्सेले जानकारी दिएको छ ।

(https://webnews21.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?