‘सेल्फी किङ’मा बाँधियो विपिन कार्की र लक्ष्मी बर्देवाको जोडी, यस्तो कथामा बन्नेछ चलचित्र

Abhiyanpost Abhiyanpost
|
सोमबार, भाद्र २३, २०७६
|
|
३८ पटक हेरिएको
Shares
‘सेल्फी किङ’मा बाँधियो विपिन कार्की र लक्ष्मी बर्देवाको जोडी, यस्तो कथामा बन्नेछ चलचित्र

सारांश

  • काठमाडौं।
  • चलचित्र ‘सेल्फी किङ’ निर्माण हुने भएको छ।
  • आइतबार राजधानीमा एक कार्यक्रमकाबिच चलचित्र निर्माणको औपचारिक घोषणा गरिएको हो।

काठमाडौं। चलचित्र ‘सेल्फी किङ’ निर्माण हुने भएको छ। आइतबार राजधानीमा एक कार्यक्रमकाबिच चलचित्र निर्माणको औपचारिक घोषणा गरिएको हो।विशाल सापकोटाको डेब्यू निर्देशनमा बन्ने चलचित्रमा विपिन कार्की र लक्ष्मी बर्देवाको मुख्य भूमिका रहनेछ। साथमा चलचित्रमा भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, कमल देवकोटा, राजेश बिसुराल लगायतका कलाकारको अभिनय रहने छ। अभिनेत्री केकी अधिकारीले चलचित्रमा बिशेष भूमिकामा अभिनय गर्नेछिन।गत वर्ष व्यवसायिक र समीक्षात्मक रुपमा सफल चलचित्र ‘प्रसाद’ का निर्माता सुभाष थापा र सोही चलचित्रका निर्देशक दिनेश राउतले संयुक्त रुपमा ‘सेल्फी किंग’ निर्माण गर्न लागेको हुन्।

घोषणा कार्यक्रममा निर्देशक विशालले एउटा हाँस्यकलाकारको कथालाई आफूले पर्दामा उतार्न खोजेको बताएका छन् ।यस्तै निर्देशनबाट निर्माणमा आएका दिनेश राउतले विशालले सुनाएको कन्सेप्ट आफूलाई मन परेको र उसको ट्यालेण्टलाई विश्वास गरेर टिमअप गरेको बताए। यस्तै निर्माता सुभाष थापाले आफूले सधै टिममा विश्वास गर्ने गरेको भन्दै यसपटक पनि अर्का निर्माता दिनेश र निर्देशक विशाललाई विश्वास गरेको जनाए।चलचित्रमा बिपिनले ‘सेल्फी किंग’को भूमिका निर्वाह गर्नेछन् । हाँस्यकलाकारको जीवनको कथा भन्ने चलचित्र भएकोले पनि आफूले चलचित्रको कथा सुन्नासाथ काम गर्न उत्साहित भएको बताए ।

यस्तै लक्ष्मी बर्देवाले पनि आफू यसको कथा सुन्दा नै काम गर्न निकै उत्साहित भएको बताइन्। लक्ष्मीले यसअघि चलचित्र ‘बुलबुल’मा टेम्पो चालकको भूमिका निर्वाह गरेकी थिइन्।अभिनेत्री केकी अधिकारीले आफ्नो भूमिका छोटो भएपनि विशेष रहेको बताएकी छन्। निर्देशक विशालकै लेखन रहेको चलचित्रमा सुशन प्रजापतिको छायाँकन, जीवन थापाको सम्पादन रहनेछ।यहि मंगलबारबाट छायाँकनमा जाने चलचित्रका सह–निर्माता राजेश विशुराल र प्रवल कोइराला हुन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काँग्रेस, विबेकशिलसाझा पार्टी एक भएर अघि बढ्छन् भने मार्सि चामलमात्रै होईन, बास्मतीको भात खुवाउन तयार छु: दुर्गा प्रसाई
काँग्रेस, विबेकशिलसाझा पार्टी एक भएर अघि बढ्छन् भने मार्सि चामलमात्रै होईन, बास्मतीको भात खुवाउन तयार छु: दुर्गा प्रसाई
प्रियंका चोपडाको नेपाली फिल्म ‘पाहुना’ काे ट्रेलर रिलिज
प्रियंका चोपडाको नेपाली फिल्म ‘पाहुना’ काे ट्रेलर रिलिज
मोटरसाइकल दुर्घटनामा परी चालक को मृत्यु
मोटरसाइकल दुर्घटनामा परी चालक को मृत्यु
राेचक समाचार : साउदी राजकुमारले किम कार्दशियनलाई एक रातकालागि ७ करोडकाे गरेका थिए अफर
राेचक समाचार : साउदी राजकुमारले किम कार्दशियनलाई एक रातकालागि ७ करोडकाे गरेका थिए अफर
दैनिक पिउनुहोस् गाजरको जुस, पाउनु हुनेछ यस्ता लाभ
दैनिक पिउनुहोस् गाजरको जुस, पाउनु हुनेछ यस्ता लाभ
मकवानपुरमा स्कुटर दुर्घटना : तीन जनाको मृत्यु
मकवानपुरमा स्कुटर दुर्घटना : तीन जनाको मृत्यु
पूर्वसभासद र पूर्वमेयरदेखि विदेशमा पढेका युवासम्म वीरगञ्जका भावी मेयरको चुनावी दौडमा’
पूर्वसभासद र पूर्वमेयरदेखि विदेशमा पढेका युवासम्म वीरगञ्जका भावी मेयरको चुनावी दौडमा’
राष्ट्रपति भण्डारीबाट लुभ्र अबुधावी संग्रहालयको अवलोकन
राष्ट्रपति भण्डारीबाट लुभ्र अबुधावी संग्रहालयको अवलोकन
जापानले पनि सरकारी स्तरबाटै नेपाली कामदार लैजाने, मासिक तीन लाख
जापानले पनि सरकारी स्तरबाटै नेपाली कामदार लैजाने, मासिक तीन लाख
पर्यटनमा बुटवलको छलाङ
पर्यटनमा बुटवलको छलाङ

तपाईंले छुटाउनुभयो कि?