सोनामाई मन्दिरमा भूतमेला शुरु

Abhiyanpost Abhiyanpost
|
मंगलबार, आश्विन ३०, २०७५
|
|
५३ पटक हेरिएको
Shares
सोनामाई मन्दिरमा भूतमेला शुरु

सारांश

  • गौशाला, ३० असोज , परम्परादेखि बडादशैँका बेला सञ्चालन हुँदै आएको महोत्तरी जिल्लाको प्रसिद्ध सोनामाई मन्दिरमा आजदेखि भूत मेला शुरु भएको छ ।
  • जिल्लाको औरही नगरपालिका–७ मा अवस्थित उक्त शक्तिपीठमा आज बडादशैँको सप्तमी तिथिदेखि यहाँ भूतमेला शुरु भएको सोनमाई माताका मुख्य पूजारी कामेश्वर झाले बताउनुभयो ।
  • बिजयादशमीको दिनसम्म आयोजना हुने उक्त मेलामा हजारौँ पीडित (कारनी) का साथै अन्य दर्शनार्थीहरुको भीड लाग्ने गर्दछ ।

गौशाला, ३० असोज , परम्परादेखि बडादशैँका बेला सञ्चालन हुँदै आएको महोत्तरी जिल्लाको प्रसिद्ध सोनामाई मन्दिरमा आजदेखि भूत मेला शुरु भएको छ ।

जिल्लाको औरही नगरपालिका–७ मा अवस्थित उक्त शक्तिपीठमा आज बडादशैँको सप्तमी तिथिदेखि यहाँ भूतमेला शुरु भएको सोनमाई माताका मुख्य पूजारी कामेश्वर झाले बताउनुभयो ।बिजयादशमीको दिनसम्म आयोजना हुने उक्त मेलामा हजारौँ पीडित (कारनी) का साथै अन्य दर्शनार्थीहरुको भीड लाग्ने गर्दछ ।

उक्त शक्तिपीठमा पूजा–पाठ गरे भूत प्रेत, बोक्साबोक्सी र दुष्टात्माले सताइएका व्यक्तिलाई निको हुने विश्वासमा नेपाल तथा भारतका विभिन्न जिल्लाका हजारौँ भक्तजन तथा सताइएका व्यक्ति आउने गरेको अर्का पूजारी झगरु झाले बताउनुभयो ।

भूत प्रेतका कारण रुँदै कराउँदै यहाँ आउने व्यक्ति दर्शन पछि पीडामुक्त भई हाँस्दै जाने गरेको यहाँका झाँक्रीहरु बताउँछन् । उक्त शक्तिपीठमा दर्जनौँ धामी झाँक्रीहरु रातदिन भजन किर्तन र भूत भगाउने काममा तल्लिन रहन्छन् भने २४ सै घण्टा विराजमान हुने माता सोनामाईले तिनको पीडा हर्ने गरेको कुरा अर्का पूजारी घनश्याम झाले बताउनुभयो । माताको दरवारमा एक पटक पुग्ने पीडित व्यक्तिमा फेरि कहिल्यै पनि भूत प्रेत र बोक्साबोक्सीको शक्ति नलाग्ने विश्वास छ ।

पीडित तथा भक्तजनहरुको सुविधाका लागि रात्रि बास र सुरक्षाको राम्रो प्रबन्धसमेत मिलाइएकाले यसवर्ष पाँच देखि सात लाख भक्तजन सहभागी हुने अनुमान रहेको सोनामाई पूजा समितिले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिमेन्टमा उत्पादनमा नेपाल आत्मनिर्भर
सिमेन्टमा उत्पादनमा नेपाल आत्मनिर्भर
प्रचण्डले देखे, राजनीति र कर्मचारीमा छोटे राजाको प्रवृत्ति
प्रचण्डले देखे, राजनीति र कर्मचारीमा छोटे राजाको प्रवृत्ति
लुम्बिनी सरकारको प्रगति समीक्षा : योजना कार्यान्वयनमा केन्द्रित हुन निर्देशन
लुम्बिनी सरकारको प्रगति समीक्षा : योजना कार्यान्वयनमा केन्द्रित हुन निर्देशन
निधिको कुर्सीमा थापा बसेपछि उपप्रधानमन्त्रीको मर्यादाक्रम विवाद –
कपनको ट्रेकिङ अफिसमा भीषण आगलागी, एक जनाको मृत्यु
कपनको ट्रेकिङ अफिसमा भीषण आगलागी, एक जनाको मृत्यु
मनाेरञ्जन :विवाह गरेको १७ वर्षपछि असफल, अर्को विवाहको तयारी हुँदै गर्दा बेहुलाको निधन
मनाेरञ्जन :विवाह गरेको १७ वर्षपछि असफल, अर्को विवाहको तयारी हुँदै गर्दा बेहुलाको निधन
मकवानपुरमा रु दुई अर्ब राजश्व असुली
मकवानपुरमा रु दुई अर्ब राजश्व असुली
कोरोना संक्रमितको संख्या ३० लाख ६० हजार नाघ्यो
कोरोना संक्रमितको संख्या ३० लाख ६० हजार नाघ्यो
ढुंगा प्रहारबाट काँग्रेस नेता एनपी साउद घाइते
ढुंगा प्रहारबाट काँग्रेस नेता एनपी साउद घाइते
काठमाडौं- ७ : मानुषीलाई गठबन्धनको भर, एमालेलाई आफ्नैको डर
काठमाडौं- ७ : मानुषीलाई गठबन्धनको भर, एमालेलाई आफ्नैको डर

तपाईंले छुटाउनुभयो कि?