सोलुखुम्बुमा जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, आषाढ १५, २०७५
|
|
३५ पटक हेरिएको
Shares

सारांश

  • सल्लेरी, १५ असार ।
  •  सोलुखुम्बुको नेचास्थित सल्यानमा जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।
  • शुक्रबार बिहान नेचा सल्यानबाट काठमाडाै अाउँदै  गरेको ना१ज १८६० नम्बरको जीप दुर्घटना भएको थियो ।

सल्लेरी, १५ असार । सोलुखुम्बुको नेचास्थित सल्यानमा जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।

शुक्रबार बिहान नेचा सल्यानबाट काठमाडाै अाउँदै  गरेको ना१ज १८६० नम्बरको जीप दुर्घटना भएको थियो । मृतक सातै जनाकाे सनाखत भएकाे नेपाल प्रहरीले बताएकाे छ।

मृत्यु हुनेमा उदयपुर सिरिसे–८ बस्ने २१ वर्षीय कुन्साङ तामाङ, सिराहाका ३६ वर्षीय शिवकुमार यादव, ओखलढुंगा मांखाका ४० वर्षीय श्याम कुमार राई रहेका छन् । त्यस्तै, यसैगरी खोटाङ खाल्ले बस्ने २४ वर्षीया कोपिला बस्नेत कार्की, सोलुखुम्बुको नेचासल्यान गाउँपालिका २ बस्ने ३५ वर्षीया उर्मिला बास्तोला र सोही ठाउँकी २५ वर्षीया सुशीला खड्काको पनि दुर्घटनामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

दुर्घटनामा भिमबहादुर खड्काकी छोरी अन्दाजी ७ वर्षीया बालिका सुष्मा खड्काको अवस्था गम्भीर छ ।

उनलाई उपचारका लागि मिनस अस्पताल ओखलढुंगा लगिएको बताइएको छ । जीपमा आठ जना सवार रहेको बुझिएको छ ।

तिङ्ला र सल्यानको सिमानामा पर्ने गुप्तेश्वर महादेवको मन्दिर नजिकबाट जीप करिब १ हजार मिटर तल खसेको अनुमान गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?