स्काउटको सर्वाेच्च पदक पाउने पहिलो नेपाली श्रीराम लामिछाने सम्मानित

Abhiyanpost Abhiyanpost
|
शनिबार, कार्तिक ११, २०७४
|
|
४९ पटक हेरिएको
Shares
स्काउटको सर्वाेच्च पदक पाउने पहिलो नेपाली श्रीराम लामिछाने सम्मानित

सारांश

  • काठमाडौं, कात्तिक ११ – स्काउटको सर्वोच्च पदक ‘ब्रोन्ज उल्फ’ विजेता श्रीराम लामिछानेलाई एक कार्यक्रमका बीच सम्मान गरिएको छ ।
  • नेपाल स्काउटका निवर्तमान प्रमुख तथा ललितपुर जिल्ला स्काउटका प्रमुख आयुक्त लामिछानेलाई गोदावरी श्रेत्रका स्काउटरहरुको आयोजनमा सम्मान गरिएको हो ।
  • विश्व स्काउट संगठनबाट सन २०१६ जनवरी २९ मा घोषणा गरिएको पदक १८ अगस्त २०१७ मा अजरबैजानको वाकुमा सम्पन्न विश्व स्काउटको ४१ औँ विश्व सम्मेलनको विशेष समारोहमा लामिछानेलाई प्रदान गरिएको थियो र लामिछानेले राष्ट्रिय एसिया प्रशान्त श्रेत्रीय र विश्व स्तरमा स्काउटिङको विकासमा पुराएको योगदानको कदर गदै सर्वोच्च पदक प्रदान गरिएको हो ।

काठमाडौं, कात्तिक ११ – स्काउटको सर्वोच्च पदक ‘ब्रोन्ज उल्फ’ विजेता श्रीराम लामिछानेलाई एक कार्यक्रमका बीच सम्मान गरिएको छ ।

नेपाल स्काउटका निवर्तमान प्रमुख तथा ललितपुर जिल्ला स्काउटका प्रमुख आयुक्त लामिछानेलाई गोदावरी श्रेत्रका स्काउटरहरुको आयोजनमा सम्मान गरिएको हो । विश्व स्काउट संगठनबाट सन २०१६ जनवरी २९ मा घोषणा गरिएको पदक १८ अगस्त २०१७ मा अजरबैजानको वाकुमा सम्पन्न विश्व स्काउटको ४१ औँ विश्व सम्मेलनको विशेष समारोहमा लामिछानेलाई प्रदान गरिएको थियो र लामिछानेले राष्ट्रिय एसिया प्रशान्त श्रेत्रीय र विश्व स्तरमा स्काउटिङको विकासमा पुराएको योगदानको कदर गदै सर्वोच्च पदक प्रदान गरिएको हो ।

सन् १९३५ मा स्थापित सो पदक हासिल गर्न लामिछाने ८० वर्षको इतिहासमा पहिलोे नेपाली हुन । यस्तै विश्व स्काउट संगठनको सतवार्षिकी मनाउने सिलसिलामा लामिछानेको  विशेष पहलबाट रसुवा जिल्लामा अवस्थित हिमशिखरलाई स्काउटका प्रवद्र्धक लर्ड वेडेन पावेलका नाममा नामाकरण गरिएको थियो । पाँच हजार ८९० मिटरको सो हिमशिखर चढ्न विश्वका विभिन्न राष्ट्रका युवा स्काउटर उल्लेखनीय रुपमा नेपाल आउने गरेका छन् ।

कार्यक्रममा गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जनले स्काउटमार्फत नेपालको शिरलाई विश्व जगतमा नाम राख्न सफल भएकोमा लामिछानेको प्रशंसा गरे । उनले स्काउटजस्तो मर्यादित र अनुशासित संस्था विकासका लागि नगरपालिकाका तर्फबाट आवश्यक सहयोग गरिने प्रतिबद्धता जनाए ।

यस्तै सम्मानित व्यक्तित्व लामिछानेले पदकबाट विभूषित हुन पाउनु सौभाग्य भएको बताए । उनले सकारात्मक सोचले मात्र देशको उन्नती हुने भएकाले स्काउटजस्तै सबै क्षेत्रलाई अनुशासित बनाउनुपर्नेमा जोड दिए । लामिछाने हाल विश्व स्काउट संगठन एसिया प्रशान्त क्षेत्रीय स्काउट संगठनको अवार्ड समितिको अध्यक्ष हुन् । विगत ५४ वर्षदेखि निरन्तर यस क्षेत्रमा लागेका लामिछाने यसअघि एसिया प्रशान्त क्षेत्रीय समितिको प्रथम उपाध्यक्ष भएर काम समेत गरिसकेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उपत्यकामा उच्च सतर्कता अपनाउन सरकारको अपिल
प्रचण्ड चितवनबाट नलडने हल्ला ‘सुनियोजीत दुष्प्रचार’
प्रचण्ड चितवनबाट नलडने हल्ला ‘सुनियोजीत दुष्प्रचार’
सामन्तविरुद्ध लाग्दा कम्युनिष्ट बनेका प्रधानमन्त्री ओली ‘महासामन्त’ मा रुपान्तरण भएकै हुन् ?
सामन्तविरुद्ध लाग्दा कम्युनिष्ट बनेका प्रधानमन्त्री ओली ‘महासामन्त’ मा रुपान्तरण भएकै हुन् ?
सामसुङले ल्यायो ५ हजार माइलसम्म कन्ट्रोल गर्न मिल्ने फाइभजी रिमोट कार
सामसुङले ल्यायो ५ हजार माइलसम्म कन्ट्रोल गर्न मिल्ने फाइभजी रिमोट कार
संचार क्षेत्रलाई मर्यादित बनाउन पत्रकारलाई न्यूनतम पारिश्रमिकको व्यवस्था:  सुरेन्द्र पाण्डे
संचार क्षेत्रलाई मर्यादित बनाउन पत्रकारलाई न्यूनतम पारिश्रमिकको व्यवस्था: सुरेन्द्र पाण्डे
गाउँका किशोरीलाई भोलेबाबा बनेर यस्तोसम्म बनाउँथे
गाउँका किशोरीलाई भोलेबाबा बनेर यस्तोसम्म बनाउँथे
र, यसरी तोडियो नेपालमाथिको भारतको एकाधिकार
र, यसरी तोडियो नेपालमाथिको भारतको एकाधिकार
महिलाको स्वतन्त्रताको वकालन गर्ने फिल्मको शुटिङमा महिलालाइ यौन दुव्र्यवहार !
महिलाको स्वतन्त्रताको वकालन गर्ने फिल्मको शुटिङमा महिलालाइ यौन दुव्र्यवहार !
पानी परेपछि सलहको जोखिम कम हुने
पानी परेपछि सलहको जोखिम कम हुने
वीरगन्जमा गठबन्धनका राजेशमान र आलम जित नजिक
वीरगन्जमा गठबन्धनका राजेशमान र आलम जित नजिक

तपाईंले छुटाउनुभयो कि?