स्कुल बसको ठक्करले छात्राको मृत्यु

Abhiyanpost Abhiyanpost
|
सोमबार, जेठ ८, २०७४
|
|
७२ पटक हेरिएको
Shares
स्कुल बसको ठक्करले छात्राको मृत्यु

सारांश

  • पर्सा, ८ जेठ ।
  • वीरगन्जको महावीरस्थान चोकमा आज बिहान स्कुल बसले ठक्कर दिँदा १४ वर्षीया छात्राको मृत्यु भएको छ ।
  • कादम्बरी एकेडमी विद्यालयको ना२ख ८९३ नंको बसले ठक्कर दिँदा वीरगन्जको महावीरस्थान चोक निवासी राम अग्रवालकी १४ वर्षीया छोरी दिया अग्रवालको घटनास्थलमै मृत्यु भएको हो ।

पर्सा, ८ जेठ । वीरगन्जको महावीरस्थान चोकमा आज बिहान स्कुल बसले ठक्कर दिँदा १४ वर्षीया छात्राको मृत्यु भएको छ ।

कादम्बरी एकेडमी विद्यालयको ना२ख ८९३ नंको बसले ठक्कर दिँदा वीरगन्जको महावीरस्थान चोक निवासी राम अग्रवालकी १४ वर्षीया छोरी दिया अग्रवालको घटनास्थलमै मृत्यु भएको हो ।

दिल्ली पब्लिक स्कुल, वीरगन्जको कक्षा ९ मा अध्ययन गर्ने दिया विद्यालयको बस समात्नका लागि सडक पार गर्दा कदम्बरी एकेडमीको बसले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको जिप्रका, पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी दिनुभयो ।

सवारी दुर्घटनाको विरोधमा मृतकका अफन्त तथा स्थानीयवासीले बसलाई घटनास्थलमा रोकी सडक अवरुद्ध गरेको प्रवक्ता जोशीले बताउनुभयो ।

मदिरा सेवन गरेको र ६५ वर्षभन्दा बढी उमेर भएका व्यक्तिलाई बस चलाउन लगाई विद्यालयले बच्चाको ज्यान जोखिममा पारेको आरोप लगाउँदै विद्यालय व्यवस्थापनसमेत माथि कारबाही गर्न माग गर्दै पीडित पक्षले सडक अवरुद्ध गरेको नायब उपरीक्षक जोशीले जानकारी दिनुभयो ।

घटनाको विरोधमा अहिले वीरगन्जको आदर्शनगर बजारसमेत बन्द गरिएको छ ।

बसमा बन्धक बनाई राखिएका चालकलाई छुटाउने प्रयासमा लागिएको जिप्रका, पर्साले जनाएको छ ।

अवरुद्ध सडक खुलाउन स्थानीय भद्रभलाद्मीहरुसँग छलफल चलिरहेको र चाँडै समस्या समाधान भई सडक सञ्चालन हुने नायब उपरीक्षक जोशीले बताउनुभयो ।

शव परीक्षणका लागि वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इलिनोई नदीः जहाँ मकैको फूल उठे जसरी माछा उफ्रिन्छन्
इलिनोई नदीः जहाँ मकैको फूल उठे जसरी माछा उफ्रिन्छन्
कोरोना भाइरस संक्रमितको वृद्धिदर घट्न थाल्यो
कोरोना भाइरस संक्रमितको वृद्धिदर घट्न थाल्यो
उपेन्द्र यादवको रिटको सुनुवाई पूर्ण इजलासमा हुने
उपेन्द्र यादवको रिटको सुनुवाई पूर्ण इजलासमा हुने
काठमाडौँमा निषेधाज्ञा एक साता थपियो
आफूप्रति लगाइएका आरोप पुष्टि गरेर देखाउन नुवाकोट कांग्रेस सभापति केसीको चुनौती
आफूप्रति लगाइएका आरोप पुष्टि गरेर देखाउन नुवाकोट कांग्रेस सभापति केसीको चुनौती
कम्यूनिष्टले नेपालमा सफलता पाउनुको कारण जबज होः सहसंयोजक पौडेल
कम्यूनिष्टले नेपालमा सफलता पाउनुको कारण जबज होः सहसंयोजक पौडेल
क्रिकेटमा अनौठा प्रविधि, यस्तो हुँदैछ विश्वकप २०१९
क्रिकेटमा अनौठा प्रविधि, यस्तो हुँदैछ विश्वकप २०१९
रेशमको शपथ : ओलीको बाध्यता ! प्रचण्ड कनेक्सन
रेशमको शपथ : ओलीको बाध्यता ! प्रचण्ड कनेक्सन
पब्जी खेलमा सर्वोच्चको फरक मत, सर्वोच्चले भन्यो सरकारको निर्णय कार्यान्वायन नगर्नु
पब्जी खेलमा सर्वोच्चको फरक मत, सर्वोच्चले भन्यो सरकारको निर्णय कार्यान्वायन नगर्नु
जनता र शहीद परिवारबाट सुझाव लिएर पार्टीको पुनःसंरचना : प्रधानमन्त्री दाहाल
जनता र शहीद परिवारबाट सुझाव लिएर पार्टीको पुनःसंरचना : प्रधानमन्त्री दाहाल

तपाईंले छुटाउनुभयो कि?