काठमाडौं । दशैको अबसर पारी राजधानीको भृकुटीमण्डपमा सुरु भएको स्टक क्लियरेन्स मेला सकिएको छ । ६ दिन सम्म भएको मेलामा २ करोड ९० लाख भन्दा बढीको कारोबार भएको र ५० हजार भन्दा धेरै उपभोक्ता मेलास्थलमा आएको इभेन्ट सोलुसनका मेला संयोजक दिपेश जोशीले बताए ।
दशैंको बेला सस्तो मेला स्लोगन दिइएको यो मेलालाई इभेन्ट सोलुसनले आयोजना गरेको हो । भाद्र २१ गतेबाट २६ गते सम्म गरिएको स्टक क्लिअरेन्स मेलामा दशैंका लागि आवश्यक सामाग्रीहरुको कारोबार गरिएको थियो ।
कपडा, जुत्ता, ह्याण्डीक्राफ्ट, फ्रुट्स, कस्मेटिक, फुड प्रडक्ट र होम एफिलियन्सको कारोबार भएको थियो । मेलामा उपत्यकाका काठमाडौं, भक्तपुर, ललितपुर र आसपासबाट मेलामा उपभोक्ताहरु आएका थिए ।
अनुमान गरेको जस्तै उपभोक्ता मेलामा आएको बताउँदै मेला संयोजक दिपेश जोशीले आगामी बर्ष पनि यो मेलालाइ निरन्तरता दिने बताए ।
प्रतिक्रिया