स्वस्थानी व्रत आजदेखि सुरु, यस्तो छ महिमा

Abhiyanpost Abhiyanpost
|
सोमबार, पौष १७, २०७४
|
|
५६ पटक हेरिएको
Shares
स्वस्थानी व्रत आजदेखि सुरु, यस्तो छ महिमा

सारांश

  • काठमाडौं, पुस १७ ।
  •  आजबाट स्वस्थानी व्रत सुरु भएको छ ।
  • पौष शुक्ल पूर्णिमा अर्थात् स्वस्थानी व्रत सुरु हुने पूर्णिमा सोही अनुरुप सनातन धर्मावलम्बीहरूले आजदेखि श्रीस्वस्थानी व्रत सुरु गरेका हुन ।

काठमाडौं, पुस १७ । आजबाट स्वस्थानी व्रत सुरु भएको छ । पौष शुक्ल पूर्णिमा अर्थात् स्वस्थानी व्रत सुरु हुने पूर्णिमा सोही अनुरुप सनातन धर्मावलम्बीहरूले आजदेखि श्रीस्वस्थानी व्रत सुरु गरेका हुन ।

नेपाली सनातन समाजमा पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म स्वस्थानी व्रत बस्ने परम्परा छ । एक महिनासम्म मध्याह्नमा महादेव र श्रीस्वस्थानी परमेश्वरीको पूजा आराधना र माहत्म्य वाचन वा श्रवण गर्ने परम्परा छ ।

व्रतको अन्तिम दिन अर्थात् माघ शुक्ल पूर्णिमाका दिन सम्पूर्ण पूजासामग्रीसहित अक्षता, बेलीपुष्प, सुपारी, जनै, पान, बत्ती, रोटी एवं मौसमअनुसारका फलफूलहरु एक सय आठको संख्यामा चढाई शिवलिङ्ग र ओमकारयुक्त अष्टदलमा श्रीस्वस्थानीको विशेष पूजा गरिन्छ ।

श्रीस्वस्थानीलाई चढाइएका १०८ मध्ये आठ्आठ वस्तु पत्पित्नी वा छोरा्छोरीलाई दिइन्छ । प्रसाद दिने व्यक्ति नभए नदीमा बगाउने चलन छ । चढाइएका पदार्थमध्ये एक सय रोटी आदि वस्तुहरु व्रतालु आफैंले खाने गर्छन् ।

सोमवार नै काठमाडौंको साँखुस्थित शालीनदीमा माधवनारायण मेला सुरु भएको छ । श्रद्धालुहरू महिनाभर शालीनदी किनारमा बसी निष्ठापूर्वक व्रत पूरा गर्छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री को सम्बोधन कार्यक्रममा पत्रकारलाई रोक
पार्टी कमजोर भएकोले कमल थापाले रिस पोख्नुभएको मात्रै हो : अध्यक्ष राणा
पार्टी कमजोर भएकोले कमल थापाले रिस पोख्नुभएको मात्रै हो : अध्यक्ष राणा
डेढ महिनाभित्र हस्तान्तरण हुँदै ‘दरबार हाई स्कुल’
डेढ महिनाभित्र हस्तान्तरण हुँदै ‘दरबार हाई स्कुल’
कोरोना सङ्क्रमणबाट सतर्क रहन मकवानपुर प्रशासनको आग्रह
कोरोना सङ्क्रमणबाट सतर्क रहन मकवानपुर प्रशासनको आग्रह
देशको खोजी र रंग अभिज्ञान लोकार्पित
देशको खोजी र रंग अभिज्ञान लोकार्पित
अब उपचार नपाएर कोही पनि मर्नुपर्दैन : मन्त्री बस्नेत
अब उपचार नपाएर कोही पनि मर्नुपर्दैन : मन्त्री बस्नेत
वामदेव झन आक्रोश – संविधान संशोधन गर्नुस्, दुवै प्रधानमन्त्री बन्नुस्
वामदेव झन आक्रोश – संविधान संशोधन गर्नुस्, दुवै प्रधानमन्त्री बन्नुस्
‘सत्तासिन कामरेडहरु… ५० हजारलाई भोज खुवाउने खर्च लगानी गरेको भए’- बाबुराम भट्टराईको व्यंग्य
‘सत्तासिन कामरेडहरु… ५० हजारलाई भोज खुवाउने खर्च लगानी गरेको भए’- बाबुराम भट्टराईको व्यंग्य
‘ प्रदेशको राजधानी भक्तपुर बनाउछु’-महेश बस्नेत
‘ प्रदेशको राजधानी भक्तपुर बनाउछु’-महेश बस्नेत
गोलभेंडा र काउलीमा अत्यधिक विषादी
गोलभेंडा र काउलीमा अत्यधिक विषादी

तपाईंले छुटाउनुभयो कि?