स्वार्थप्रेरित समूहको प्रायोजित अभिलाषाप्रति सजग रहनु : प्रधानसेनापति शर्मा

Abhiyanpost Abhiyanpost
|
आइतबार, भाद्र २४, २०८०
|
|
५८ पटक हेरिएको
Shares
स्वार्थप्रेरित समूहको प्रायोजित अभिलाषाप्रति सजग रहनु : प्रधानसेनापति शर्मा

सारांश

  • काठमाडौं ।
  • प्रधानसेनापति प्रभुराम शर्माले तथ्यरहित एवं पूर्वाग्रही बेमौसमी तर्क उठाई स्थिर वातावरण खल्बल्याउने कुनै पनि स्वार्थप्रेरित समूहको क्षणिक र दूरगामीविहीन प्रायोजित अभिलाषाप्रति सजग र सतर्क रहन सेनालाई निर्देशन दिएका छन् ।
  • प्रधानसेनापतिको जिम्मेवारी सम्हालेको दोस्रो वर्ष पूरा भएका अवसरमा नेपाली सेनाका सकल दर्जालाई सम्बोधन गर्दै उनले भने, “नेपालको एकीकरण अभियानको थालनीदेखि नै सेनाले देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वतन्त्रता, राष्ट्रिय एकता एवं जनभरोसालाई सदैव जोगाइराख्न अग्रणी भूमिका निर्वाह गर्दै आइरहेको छ ।

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले तथ्यरहित एवं पूर्वाग्रही बेमौसमी तर्क उठाई स्थिर वातावरण खल्बल्याउने कुनै पनि स्वार्थप्रेरित समूहको क्षणिक र दूरगामीविहीन प्रायोजित अभिलाषाप्रति सजग र सतर्क रहन सेनालाई निर्देशन दिएका छन् ।

प्रधानसेनापतिको जिम्मेवारी सम्हालेको दोस्रो वर्ष पूरा भएका अवसरमा नेपाली सेनाका सकल दर्जालाई सम्बोधन गर्दै उनले भने, “नेपालको एकीकरण अभियानको थालनीदेखि नै सेनाले देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वतन्त्रता, राष्ट्रिय एकता एवं जनभरोसालाई सदैव जोगाइराख्न अग्रणी भूमिका निर्वाह गर्दै आइरहेको छ ।”

सेनाले सामूहिक प्रयासबाट आर्जन गरेको गरिमा र जनविश्वासका लागि सकलदर्जालगायत निजामती कर्मचारी र आश्रित परिवारजनलाई धन्यवाद ज्ञापन गर्दै उनले सैन्य सङ्गठन आजको भोलि तयार गर्न सकिने विषय नभएको बताए ।

प्रधानसेनापति शर्माले भने, “लामो अध्ययन, तयारी, अभ्यास र अनुभवले निखारिँदै सवल र सुदृढ हुँदै जाने सङ्गठित र अनुशासित सङ्गठन नयाँ प्रविधि, सिर्जना हुने नयाँ परिवेश तथा थपिँदै जाने बहुआयामिक चुनौतीअनुसार सदैव चलिरहन्छ ।”

उनले कार्यकालको दोस्रो वर्षका लागि निर्धारण गरिएका लक्ष्य र प्राप्त उपलब्धिको समीक्षाका साथै आगामी कार्यदिशा बारेमा जानकारी गराएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

कार्यकालको तेस्रो वर्ष थालनीको पूर्वसन्ध्यामा प्रधानसेनापति शर्माले छाउनी तथा सैनिक मञ्च टुँडिखेलमा रहेको वीर स्मारकमा माल्यार्पण गरे । उनले कर्तव्यपालनाको सिलसिलामा घाइते भएका सकलदर्जाको योगदानको उच्च मूल्याङ्कन गर्दै उपचारका क्रममा रहेको सबैको शीघ्र स्वास्थ्यलाभको कामनाका साथै सकलदर्जालाई संस्थागत हितमा केन्द्रित रहन प्रेरणा मिलोस् भनी कामना गरे ।
  
प्रधान सेनापति शर्माले आजै जङ्गीअड्डामा आयोजित एक कार्यक्रमा उपरथीमा पदोन्नति भएका कुमारबाबु थापा र महासेनानीमा पदोन्नति भएका प्रमुख सेनानी सुदर्शन विष्टलाई दज्र्यानी चिन्ह प्रदान गरे ।

सो अवसरमा उनले सैनिक कल्याणकारी निर्देशनालयको प्रकाशन ‘कल्याणकारी दर्पण’, नेपाली सेनाको व्यवस्थापनमा सञ्चालित काठमाडौँ–तराई–मधेश द्रुतमार्ग सडक आयोजनाको प्रकाशन ‘केटिएफटी जर्नल’को तेस्रो भाग र सेनाको वर्षभरिका प्रमुख गतिविधिको तस्वीर समेटिएको पुस्तक पनि विमोचन गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भूकम्पमा परी नलगाढ नगरपालिकाकी उपप्रमुख सिंहको मृत्यु
भूकम्पमा परी नलगाढ नगरपालिकाकी उपप्रमुख सिंहको मृत्यु
ज्ञवाली भन्छन्– कानुनी उपचार खोज्नुपर्ने अवस्था आयो…
अचानक मोदीको विशेष दूत बनेर नेपाल आउँदै सुष्मा स्वराज !
अचानक मोदीको विशेष दूत बनेर नेपाल आउँदै सुष्मा स्वराज !
कृषि विकास बैंक ह्याकिङका योजनाकार ‘काले’ भनिने पिटर
कृषि विकास बैंक ह्याकिङका योजनाकार ‘काले’ भनिने पिटर
धुम्बाराहीमा नेकपाका ५ जना सचिवालय सदस्यहरुको बैठक सुरु
धुम्बाराहीमा नेकपाका ५ जना सचिवालय सदस्यहरुको बैठक सुरु
कर्णाली प्रदेश : एक अर्ब दुई करोड बजेटमा सात करोड मात्र खर्च
कर्णाली प्रदेश : एक अर्ब दुई करोड बजेटमा सात करोड मात्र खर्च
कोशी प्रदेश : थापा मुख्यमन्त्री नियुक्त भए पनि संकट उस्तै
कोशी प्रदेश : थापा मुख्यमन्त्री नियुक्त भए पनि संकट उस्तै
कश्मिरमा पाकिस्तानले लान्सनायक सन्दिप थापालाई मारिदियो, भारतले चौकी उडाइदियो
कश्मिरमा पाकिस्तानले लान्सनायक सन्दिप थापालाई मारिदियो, भारतले चौकी उडाइदियो
पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव, बदली र हिमपातको सम्भावना
पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव, बदली र हिमपातको सम्भावना
दासता छिचोलेर उपसभामुख – पूर्व कमलरी आइन् संसदमा
दासता छिचोलेर उपसभामुख – पूर्व कमलरी आइन् संसदमा

तपाईंले छुटाउनुभयो कि?