स्वास्थ्यमन्त्री बोहोराको दाबीः जाजरकोटमा पर्याप्त स्वास्थ्यसेवा पु¥याइएको छ

Abhiyanpost Abhiyanpost
|
आइतबार, पौष ३०, २०७४
|
|
७३ पटक हेरिएको
Shares
स्वास्थ्यमन्त्री बोहोराको दाबीः जाजरकोटमा पर्याप्त स्वास्थ्यसेवा पु¥याइएको छ

सारांश

  • काठमाडौं, पुस ३० ।
  •   जाजरकोटमा विगत केही साताभित्र विभिन्न रोगका कारण एक दर्जनभन्दा बढिको मृत्यु भइसकेको छ ।
  • स्वास्थ्यमन्त्री दिपक बोहोराले सम्बन्धित सबै निकायका व्यक्तिहरु समावेश गरेर उपचारका लागि टोली खटाइएको बताएका छन् ।

काठमाडौं, पुस ३० ।  जाजरकोटमा विगत केही साताभित्र विभिन्न रोगका कारण एक दर्जनभन्दा बढिको मृत्यु भइसकेको छ ।

स्वास्थ्यमन्त्री दिपक बोहोराले सम्बन्धित सबै निकायका व्यक्तिहरु समावेश गरेर उपचारका लागि टोली खटाइएको बताएका छन् । रोगको महामारी फैलिएपछि जाजरकोट पुगेका स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले रोग नियन्त्रणको प्रयासलाई तीव्र पारेको दाबी मन्त्री बोहोराले गरे ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुरा गर्दै मन्त्री बोहोराले चिकित्सक, जाजरकोटबाट चुनाव जितेका प्रतिनिधिसभा र प्रदेश सभाका सासंद, पत्रकार लगायतका व्यक्तिहरुको टोली पठाइएको जानकारी दिए ।

पर्याप्त औषधीकोसमेत व्यवस्था गरिएको मन्त्री बोहोराले दाबी गरे । स्वास्थ्यकर्मीले गरेको परीक्षणबाट कडा खालको रुघा नदेखिएको बताए । हाल जुनीचाँदे गाँउपालिकामा चिकित्सकहरु सहितको ६ वटा स्वास्थ्य टोली परिचालन गरिएको छ ।

आफ्नै नेतृत्वमा टोली जाने तयारी भए पनि आफू अस्वस्थ भएपछि मन्त्रालयका सचिवको नेतृत्वमा जाजरकोट पठाइएको उनले बताए ।

विगतमा पनि विभिन्न संक्रमण र त्यसले महामारीको रुप लिएर ज्यान गुमाउने एउटा नियति जस्तै बनेको जाजरकोट जिल्लाका विकट क्षेत्रमा पुसको पहिलो सातादेखि रुघा खोकी र ज्वरोका बिरामीहरु देखिएका थिए ।

पुसको दोस्रो साता नलाग्दै जुनीचाँदे गाँउपालिकामा प्रकोपकै रुपमा देखिएको थियो । कडाखालको रुघाखोकी भएमा त्यसले महामारीको रुप लिने हो भन्ने आशंकाहरु व्यक्त भएका थिए । तर पाँचवटा नमुना परिक्षण गर्दा कडाखालको रुघा नपाइएको मन्त्री बोहोराको दाबी छ ।

जुनीचाँदे गाँउपालिकामा करिब एक महिनाको अवधिमा १३ जनाको ज्यान गएको तथ्यांक जिल्ला जनस्वास्थ्य कार्यालयमा छ ।

तर तीमध्ये धेरैजसो चिसोले हुने अन्य रोगका कारणले मृत्यु भएको चिकित्सकहरुको भनाइ छ । मृत्यु हुनेमा अधिकांश वृद्ध र बालबालिका रहेका छन् ।

हाल देखिएको रोग पूर्णरुपमा नियन्त्रणमा नआएसम्म चिकित्सक सहितको स्वास्थ्यकर्मीहरुको टोली प्रभावित क्षेत्रमा राखिने मन्त्री बोहोराले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमाले जनतालाई भगवान मान्छ, जनता न्यायाधीश पनि हुन् : कृष्णगोपाल श्रेष्ठ
एमाले जनतालाई भगवान मान्छ, जनता न्यायाधीश पनि हुन् : कृष्णगोपाल श्रेष्ठ
कतार एयरवेजद्वारा गौतमबुद्ध विमानस्थलबाट सेवा सुरु
कतार एयरवेजद्वारा गौतमबुद्ध विमानस्थलबाट सेवा सुरु
काँग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा दुई जनाको उम्मेदवारी दर्ता
काँग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा दुई जनाको उम्मेदवारी दर्ता
इटहरीमा पनि ‘बालिका बलात्कार’: इन्सपेक्टरबाटै गुपचुप
त्रिभुवन विमानस्थल आसपास खुला फोहोरको डम्पिङः हवाई सुरक्षामा गम्भीर चुनौती र महामारीको उच्च जोखिम
त्रिभुवन विमानस्थल आसपास खुला फोहोरको डम्पिङः हवाई सुरक्षामा गम्भीर चुनौती र महामारीको उच्च जोखिम
‘सेक्स गुरु’ ओशोका बडिगार्डले गरे सनसनीपूर्ण खुलासा !
‘सेक्स गुरु’ ओशोका बडिगार्डले गरे सनसनीपूर्ण खुलासा !
महिला हिंसाविरुद्धको सङ्कल्प प्रस्ताव सर्वसम्मतिले पारित !
प्रधानमन्त्री ओलीलाई गगन थापाको चेतावनी : ‘सरकार ५० वर्ष चलाउनुस् तर सरकारले सत्ता नचलाओस्’
प्रधानमन्त्री ओलीलाई गगन थापाको चेतावनी : ‘सरकार ५० वर्ष चलाउनुस् तर सरकारले सत्ता नचलाओस्’
एमाले माओवादी एकताको खाका कोरिदै
एमाले माओवादी एकताको खाका कोरिदै
संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज हर्षोल्लासका साथ मनाइँदै
संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज हर्षोल्लासका साथ मनाइँदै

तपाईंले छुटाउनुभयो कि?