स्वास्थ्यलाई प्राथमिकतामा राखेर बजेट विनियोजन : अर्थमन्त्री डा महत

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, आश्विन १९, २०८०
|
|
४६ पटक हेरिएको
Shares
स्वास्थ्यलाई प्राथमिकतामा राखेर बजेट विनियोजन : अर्थमन्त्री डा महत

सारांश

  • काठमाडौं ।
  • अर्थमन्त्री डा प्रकाशशरण महतले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएर नै सरकारले बजेट विनियोजन गरिएको बताएका छन् ।
  • पिपुल्स एक्सेस टू एडिक्योट नेचुरल इन्फ्रास्ट्रक्चर्सले आज यहाँ आयोजना गरेको सन् २०३० सम्ममा पाठेघरको मुखको क्यान्सर उन्मूलन गर्न सार्वजनिक निजी साझेदारीमार्फत नेपालमा एचपिभी खोपलाई प्रवर्द्धन गर्नेसम्बन्धी एकदिने कार्यशाला गोष्ठीको उद्घाटन गर्दै उनले स्वास्थ्यमा सबैभन्दा बढी जुन जनसङ्ख्यालाई प्रभावित बनाएको हुन्छ, त्यसैमा सरकारले लगानी गर्ने बताए ।

काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएर नै सरकारले बजेट विनियोजन गरिएको बताएका छन् ।

पिपुल्स एक्सेस टू एडिक्योट नेचुरल इन्फ्रास्ट्रक्चर्सले आज यहाँ आयोजना गरेको सन् २०३० सम्ममा पाठेघरको मुखको क्यान्सर उन्मूलन गर्न सार्वजनिक निजी साझेदारीमार्फत नेपालमा एचपिभी खोपलाई प्रवर्द्धन गर्नेसम्बन्धी एकदिने कार्यशाला गोष्ठीको उद्घाटन गर्दै उनले स्वास्थ्यमा सबैभन्दा बढी जुन जनसङ्ख्यालाई प्रभावित बनाएको हुन्छ, त्यसैमा सरकारले लगानी गर्ने बताए ।

उनले सरकारसँग सीमित साधन स्रोत रहेकाले निजी र अन्तर्राष्ट्रिय क्षेत्रसँगको सहकार्य गर्नुपर्ने बताए। “हाम्रा स्वास्थ्यका आवश्यकता धेरै र साधन स्रोत न्यून छन्”, उनले भने, “थोरै स्रोत साधनलाई सदुपयोग गरेर प्राथमिकता साथ काम गर्नुपर्दछ ।”

मन्त्री डा महतले अझै पनि बजेट विनियोजनमा जसले प्रभाव पार्न सक्दछ, त्यही किसिमले बजेट विनियोजन हुने गरेको उल्लेख गर्दै त्यसलाई अन्त्य गर्नुपर्ने जनाए। उनले सबभन्दा बढी प्रतिफल दिने क्षेत्रमा बजेट प्राथमिकतामा पर्ने बताए ।

उनले आगामी आर्थिक वर्षदेखि बजेट विनियोजन गर्दा पनि हाम्रा आवश्यकता र सबैभन्दा बढी जनसङ्ख्यालाई प्रभाव पार्ने स्वास्थ्य, शिक्षा र पूर्वाधारका क्षेत्र के–के हुन् त्यसलाई पहिल्याएर विनियोजन गरिने बताए ।

पाठेघरको मुखको क्यान्सर धेरै महिलालाई लाग्ने गरेको उल्लेख गर्दै उनले सरकारले पाठेघरको मुखमा हुने क्यान्सर निर्मूलका लागि काम गरिरहेको बताए । उनले पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप एचपिभीले क्यान्सर लाग्नमा कारक तत्वलाई निवारण गर्ने र रोग लाग्ने सम्भावनालाई समाप्त पार्ने बताए ।

उनले क्यान्सर लागेपछि आर्थिक सामाजिक, मानसिक, शारीरिक समस्या सिर्जना गर्ने र त्यो आउन नदिनका लागि किशोरी अवस्थामा नै खोप लगाउनुपर्ने बताए ।

मन्त्री डा महतले वैदेशिक ऋणको सावाँब्याजको दायित्व बढिरहेको उल्लेख गर्दै विकास खर्च, स्वास्थ्य र शिक्षा जस्ता महत्वपूर्ण विषयमा थप दबाब बढिरहेकाले निजी क्षेत्रसँग सहकार्य गरेर मुलुकलाई अगाडि बढाउनुपर्ने उनको भनाइ छ ।

पाठेघरको मुखमा हुने क्यान्सर अहिले महिलामा बढिरहेको उल्लेख गर्दै उनले खोप लगाउनका लागि सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए । उनले पाठेघरको क्यान्सर निर्मूल पार्ने सरकारको प्राथमिकताभित्र पर्ने भएकाले सोहीअनुसार बजेट विनियोजन गर्ने बताए ।

कार्यक्रममा क्यान्सर रोग विशेषज्ञ डा अरुण शाहीले नेपालमा हरेक दिन छ महिलामा पाठेघरको मुखमा क्यान्सर हुने गरेको उल्लेख गर्दै यसका लागि एचपिभी खोपले नै क्यान्सरलाई बचाउने बताए ।

उनले राष्ट्रिय कार्यक्रममा समावेश गरेर नै प्रत्येक वर्ष पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप एचपिभी लगाउनुपर्ने बताए। उनले २६ वर्षभन्दा माथिका महिलालाई खोपले काम नलाग्ने भन्दै ९ देखि १५ वर्ष मुनिका किशोरीलाई खोप लगाउनुपर्ने बताए ।

क्यान्सर रोग विशेषज्ञ डा शाहीले एचपिभी खोप ९९ प्रतिशत प्रभावकारी रहेको जनाउँदै २१ देखि ६५ वर्ष उमेर समूहका महिलालाई पहिचान गरेर क्यान्सर रोगबाट बचाउनुपर्ने बताए ।

नेपालका महिलालाई लाग्ने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर सबैभन्दा बढी लाग्ने गर्दछ। महिलामा असुरक्षित यौन सम्पर्क, धुम्रपान र सानै उमेरमा विवाह गर्ने जस्ता कारणले पाठेघरको मुखमा क्यान्सर हुने गर्दछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चिसापानी पर्यटकका लागि नेपालकै आकर्षक गन्तव्य : अध्यक्ष भट्टराई
चिसापानी पर्यटकका लागि नेपालकै आकर्षक गन्तव्य : अध्यक्ष भट्टराई
अठार वर्षदेखि सिक्रीले बाँधिएर गोठको बास
अठार वर्षदेखि सिक्रीले बाँधिएर गोठको बास
नेपाल अाइडलका सुमितले झापामा देखाएकाे याे व्यबहार, अस्मिताकाे यसरि भयाे बेइजत !
नेपाल अाइडलका सुमितले झापामा देखाएकाे याे व्यबहार, अस्मिताकाे यसरि भयाे बेइजत !
विदेशमा राखिएको ‘कालोधन’ बारे खुलासा, को को परे नेपाली?
विदेशमा राखिएको ‘कालोधन’ बारे खुलासा, को को परे नेपाली?
प्रचण्डलाई जुुत्ता हान्ने रतनका बाबु राज्यपक्षबाट मारिएको खुल्यो
प्रचण्डलाई जुुत्ता हान्ने रतनका बाबु राज्यपक्षबाट मारिएको खुल्यो
कांग्रेस, एमाले, माओवादी र संघीय फोरमवीच कडा प्रतिस्पर्धा,कुन दलको अग्रता कति ?
कांग्रेस, एमाले, माओवादी र संघीय फोरमवीच कडा प्रतिस्पर्धा,कुन दलको अग्रता कति ?
मतपत्र च्यातेको अभियोग लागेकालाई मतगणनामा समावेश नगराइने
मतपत्र च्यातेको अभियोग लागेकालाई मतगणनामा समावेश नगराइने
स्ववियु निर्वाचन : तडकभडक बिना प्रचारप्रसार
स्ववियु निर्वाचन : तडकभडक बिना प्रचारप्रसार
मास्क प्रयोग नगर्ने चार लाख व्यक्ति कारबाहीमा
मास्क प्रयोग नगर्ने चार लाख व्यक्ति कारबाहीमा
कोरोना भाइरसबाट मृत्यु भएमा यस्तो छ शव व्यवस्थापन गर्ने कार्यविधि

तपाईंले छुटाउनुभयो कि?