स्वास्थ्य संस्थामा औषधि अभाव

Abhiyanpost Abhiyanpost
|
आइतबार, आश्विन १४, २०७५
|
|
५० पटक हेरिएको
Shares
स्वास्थ्य संस्थामा औषधि अभाव

सारांश

  • जाजरकोट, १४ असोज ।
  • यहाँका सरकारी स्वास्थ्य संस्थामा औषधि नहुँदा स्थानीयवासी हैरान भएका छन् ।
  • सरकारी स्वास्थ्य संस्थामा औषधि नपाउँदा निजी मेडिकलमा महँगोमा औषधि किन्न बाध्य भएको स्थानीयको गुनासो रहेको छ ।

जाजरकोट, १४ असोज । यहाँका सरकारी स्वास्थ्य संस्थामा औषधि नहुँदा स्थानीयवासी हैरान भएका छन् । सरकारी स्वास्थ्य संस्थामा औषधि नपाउँदा निजी मेडिकलमा महँगोमा औषधि किन्न बाध्य भएको स्थानीयको गुनासो रहेको छ ।जिल्लाका दुर्गम क्षेत्रमा रहेका स्वास्थ्य संस्थादेखि सुगममा रहेका स्वास्थ्य संस्थामा औषधिको अभाव हुँदा सर्वसाधारण मर्कामा परेका छन् । प्राथमिक स्वास्थ्य केन्द्र दल्ली र लिम्सा, स्वास्थ्य चौकी कुदु, सिलिङ्गीचौर, स्वास्थ्य केन्द्र पुन्मा, दशेरालगायत दुई दर्जन ठाउँमा रहेका स्वास्थ्य संस्थामा औषधि नहुँदा स्थानीयवासी निजी मेडिकलको भर परेका छन् । चर्को मूल्य तिरेर निजी मेडिकलमा उपचार गर्दा आफूहरू हैरान भएको भेरी नगरपालिका–१३ का जुमना गिरीले बताउनुभयो ।

स्थानीय तहले औषधि खरीद तथा आपूर्तिलाई बेवास्ता गर्दा अभाव भएको हो । स्वास्थ्य संस्थामा उपचारका लागि आएका बिरामी औषधि नपाएर रित्तो हात घर फर्कने गरेका छन् । सरकारले जिल्ला अस्पतालमा ७०, प्राथमिक स्वास्थ्य केन्द्रमा ५६ र स्वास्थ्य चौकीमा ३५ प्रकारका औषधि उपलब्ध गराउने भने पनि हालसम्म ३० प्रकारभन्दा बढी औषधि उपलब्ध हुन नसकेको स्वास्थ्यकर्मी बताउँछन् ।

औषधि खरीदका लागि वार्षिक बजेट नै कम हुँदा समस्या भएको हो । दुर्गम गाउँबाट अस्पतालमा आएका बिरामीलाई सामान्य चेकजाँच पछि निजी मेडिकलतिर औषधि किन्न पठाउनुपर्ने बाध्यता भएको जिल्ला अस्पतालले जनाएको छ । यहाँका स्वास्थ्य संस्थामा सिटामोल, ब्रोफिन, मेट्रो, एमोक्सिसिलिन, कोर्टिन, सालबुटामोल, पारासिटामोल सिरफ, भिटामीन बी कम्प्लेक्स, आरएल, क्योमक्सलगायत अति आवश्यक औषधिको अभाव छ । ज्वरो, आउ, रुघाखोकी, ग्यास्ट्रिक, पखाला, पेट दुख्नेलगायत रोगको औषधि अभाव भएको प्राथमिक स्वास्थ्य केन्द्र दल्लीका प्रमुख डा सञ्जय यादवले बताउनुभयो ।

त्यस्तै स्वास्थ्य संस्थामा गज, कटन, ग्लोब्स, आरएललगायत नभएको उहाँले बताउनुभयो । दैनिक ६०÷७० जना बिरामी उपचारका लागि आउने गरेका छन् । सुन्दर नेपाल संस्थाले गरेको सर्वेक्षणअनुसार निःशुल्क पाइने भनेका कुनै पनि औषधि स्वास्थ्य संस्थामा पाइदैनन् । भेरी नगरपालिका स्वास्थ्य शाखाका प्रमुख वीरेन्द्र शर्माले पुन्माबाहेक अन्य स्वास्थ्य संस्थामा औषधि भएको दाबी गर्नुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चीनबाट ल्याईका नेपालीहरुको रिपोर्ट आयो, कसैलाई कोरोना नभएको पुष्टि
चीनबाट ल्याईका नेपालीहरुको रिपोर्ट आयो, कसैलाई कोरोना नभएको पुष्टि
ओलीको गृहजिल्लामा दोहोरियो भरतपुर काण्ड! अर्जुनधारा २ मा पुनःमतगणनाको माग
ओलीको गृहजिल्लामा दोहोरियो भरतपुर काण्ड! अर्जुनधारा २ मा पुनःमतगणनाको माग
तामाकोशीमा भ्रष्टाचार भएको भन्दै दोलखाली यसरी अख्तियार पुगे
तामाकोशीमा भ्रष्टाचार भएको भन्दै दोलखाली यसरी अख्तियार पुगे
गाउँपालिका, नगरपालिकामा देखियो यस्तो अनियमितता
प्रधानमन्त्री ओलीको भारत भ्रमणमा यस्ता विषय उठाइने
प्रधानमन्त्री ओलीको भारत भ्रमणमा यस्ता विषय उठाइने
‘क्यालिब्रेसन’बिनै १८०० ट्यांकरबाट ढुवानी
‘क्यालिब्रेसन’बिनै १८०० ट्यांकरबाट ढुवानी
सांसदको तलब छाब्दी कोषलाई
स्याङ्जामा लोकतान्त्रिक र बाम गठबन्धनबीच झडप, प्रहरीद्वारा हवाई फायरिङ
काठमाडौँमा कति कोरोना संक्रमित थपिए शनिवार
मोबाइल एप: व्यक्तिगत विवरणमा एपको पहुँच हुँदा के जोखिम हुन सक्छ, सुरक्षित कसरी हुने?
मोबाइल एप: व्यक्तिगत विवरणमा एपको पहुँच हुँदा के जोखिम हुन सक्छ, सुरक्षित कसरी हुने?

तपाईंले छुटाउनुभयो कि?