हजारौँ रोहिङ्ज्याद्वारा अगस्ट २५ को स्मरण गर्दै शिविरमा प्रदर्शन

Abhiyanpost Abhiyanpost
|
आइतबार, भाद्र १०, २०७५
|
|
५५ पटक हेरिएको
Shares
हजारौँ रोहिङ्ज्याद्वारा अगस्ट २५ को स्मरण गर्दै शिविरमा प्रदर्शन

सारांश

  • कोक्स बजार, बङ्गलादेश, ९ भदौ ।
  • म्यानमारको सैनिक दमनका कारण ठूलो सङ्ख्यामा बङ्गलादेशलगायतका मुलुकमा पुगेका शरणार्थीहरूले ‘न्याय’को माग गर्दै सैनिक दमन भएको पहिलो बर्ष पुगेको सन्दर्भमा शनिबार ९अगस्ट २५ मा० विरोध प्रदर्शन गरेका छन् ।
  • आफन्तहरूमाथि भएको बर्बर हत्या, बलात्कार र अपहरणका घटनाको स्मरण गर्दै कैयौँले आफुहरु रहेका शिविरहरूमा आफ्ना वेदना पोखेका थिए ।

कोक्स बजार, बङ्गलादेश, ९ भदौ । म्यानमारको सैनिक दमनका कारण ठूलो सङ्ख्यामा बङ्गलादेशलगायतका मुलुकमा पुगेका शरणार्थीहरूले ‘न्याय’को माग गर्दै सैनिक दमन भएको पहिलो बर्ष पुगेको सन्दर्भमा शनिबार ९अगस्ट २५ मा० विरोध प्रदर्शन गरेका छन् ।आफन्तहरूमाथि भएको बर्बर हत्या, बलात्कार र अपहरणका घटनाको स्मरण गर्दै कैयौँले आफुहरु रहेका शिविरहरूमा आफ्ना वेदना पोखेका थिए । उक्त दमनका कारण करिब सात लाख रोहिङ्ज्या शरणार्थीले म्यानमारको राखाइन राज्य छोडी विदेशिएका थिए ।

बङ्गलादेश सरकारको नियन्त्रणमा रहेको विश्वमा सबैभन्दा धेरै रोहिङ्ज्या शरणार्थीहरू रहेको शिविरमा शरणार्थीहरूले शान्तिपूर्णरूपमा तर अप्रत्यासित सङ्ख्यामा प्रदर्शनमा सहभागिता जनाएका थिए ।
बङ्गलादेशको कुटुपालुङ शिबिरमा रहेका शरणार्थीहरूले प्रदर्शनमा सहभागिता जनाउँदै ‘हामी रोहिङ्ज्या हौँ ,न्याय चाहन्छौँ’ जस्ता नारा लगाउँदै शान्तिपूर्ण प्रदर्शन गरेका थिए । रोहिङ्ज्याहरूको जातीय नरसंहार भएको दिन अगस्त २५ कहिल्यै नआओस् भन्ने नारा लेखिएकोे विशाल न्यानरमा बोकेर प्रदर्शन गरेका थिए ।

शिविरको विभिन्न भागबाट आएका महिला, बालबालिकासहितको हजारौँको सङ्ख्याका सहभागीले रुँदै ३६५ दिन बितायौँ अब हामी क्रोधित बनेका छौँ भन्ने नाराहरूसहितका प्लाकार्ड बोकेर जुलुसमा सहभागिता जनाएको थिए ।म्यानमारको रोहिङ्ज्या लडाकूले रखाइन राज्यमा भएका ‘अत्याचार’ को विरोधमा गत बर्ष अगस्ट २५ मा प्रहरी चौकीमा आक्रमण गर्दै विद्रोह शुरु गरेका थिए । जसमा एक महिनामा करिब सात हजार रोहिङ्ज्या शरणार्थीले ज्यान गुमाएका मेडिसिन्स सान्स फ्रन्टियर्सको तथ्याङ्कमा छ ।

सहभागी शरणार्थीहरूसँगको कुराकानीमा उनीहरूले गत बर्ष आफ्ना घरहरू गुमाएको स्मरण गर्दै घर छैन आशा पनि छैन भन्ने निकै निराशाजनक अभिव्यक्तिहरू समेत व्यक्त गरेका एएएफपीका सम्वाददाताले शिविरबाट गरेको रिपोर्टिङमा उल्लेख छ ।शनीहरूले अल्लाहसँग प्रार्थना गर्दै आफूहरूलाई घर फर्काइदिन आग्रहसमेत गरेका देखिन्थ्यो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रिपेड मोबाइलमा पनि रोमिङ सेवा, भारत र चीनमा मंगलबारदेखि लागू हुने
प्रिपेड मोबाइलमा पनि रोमिङ सेवा, भारत र चीनमा मंगलबारदेखि लागू हुने
भारतमा भएको रेल दुर्घटनामा २३ को मृत्यु, ४० घाइते
भारतमा भएको रेल दुर्घटनामा २३ को मृत्यु, ४० घाइते
प्रतिनिधिसभा बैठकमा सांसदपिच्छे फरक माग
प्रतिनिधिसभा बैठकमा सांसदपिच्छे फरक माग
‘मन्त्रिपरिषदको हेरफेर स्वेच्छाचारी’ भन्दै त्रिपाठीले दायर गरेको मुद्दा
‘मन्त्रिपरिषदको हेरफेर स्वेच्छाचारी’ भन्दै त्रिपाठीले दायर गरेको मुद्दा
बोक्सी भन्दै किशोरीलाई नारी दिवसकै दिन कुटे
बोक्सी भन्दै किशोरीलाई नारी दिवसकै दिन कुटे
पहिलो खेलमा नेपालले अमेरिकालाई हरायो
पहिलो खेलमा नेपालले अमेरिकालाई हरायो
दोस्रो चरणको निर्वाचनमा कांग्रेसले ल्याएको रिजल्टले अचम्मित छु: ओली
दोस्रो चरणको निर्वाचनमा कांग्रेसले ल्याएको रिजल्टले अचम्मित छु: ओली
ओली सरकारले जनता झुक्याउने काम मात्रै गर्यो : सिंह
ओली सरकारले जनता झुक्याउने काम मात्रै गर्यो : सिंह
कसरी असफल भयो देशभर माओवादी कांग्रेसबीचको चुनावी तालमेल, कसले गरायो यस्तो तालमेल?
कसरी असफल भयो देशभर माओवादी कांग्रेसबीचको चुनावी तालमेल, कसले गरायो यस्तो तालमेल?
प्रधानमन्त्री कप महिला क्रिकेट : एपीएफद्वारा सुदूरपश्चिम पराजित
प्रधानमन्त्री कप महिला क्रिकेट : एपीएफद्वारा सुदूरपश्चिम पराजित

तपाईंले छुटाउनुभयो कि?