हयातका आन्दोलनरत मजदूर काममा फर्किए

Abhiyanpost Abhiyanpost
|
बुधबार, आषाढ ४, २०७६
|
|
५० पटक हेरिएको
Shares
हयातका आन्दोलनरत मजदूर काममा फर्किए

सारांश

  • काठमाडाैं।
  • श्रम ऐन, २०७४ ले तोकेको सेवा सुविधा पाउनुपर्ने माग गर्दै आन्दोलनमा उत्रेका तारागाउँ रिजेन्सी होटल्स् लिमिटेड (हयात रिजेन्सी, काठमाडौँ) का मजदूर आजदेखि काममा फर्किएका छन्।
  • श्रम तथा रोजगार कार्यालयले मजदूरको माग पूरा गराउन मध्यस्थता गर्ने बताएपछि सम्पूर्ण श्रमिक काममा फर्किएको अखिल नेपाल होटल क्यासिनो तथा रेष्टुरा मजदूर सङ्घका महासचिव एवं हयात होटलको आधिकारिक ट्रेड युनियनका अध्यक्ष मुक्ति दाहालले जानकारी दिए।

काठमाडाैं। श्रम ऐन, २०७४ ले तोकेको सेवा सुविधा पाउनुपर्ने माग गर्दै आन्दोलनमा उत्रेका तारागाउँ रिजेन्सी होटल्स् लिमिटेड (हयात रिजेन्सी, काठमाडौँ) का मजदूर आजदेखि काममा फर्किएका छन्। श्रम तथा रोजगार कार्यालयले मजदूरको माग पूरा गराउन मध्यस्थता गर्ने बताएपछि सम्पूर्ण श्रमिक काममा फर्किएको अखिल नेपाल होटल क्यासिनो तथा रेष्टुरा मजदूर सङ्घका महासचिव एवं हयात होटलको आधिकारिक ट्रेड युनियनका अध्यक्ष मुक्ति दाहालले जानकारी दिए। श्रम कार्यालयले सेवा सुविधा प्राप्त गर्ने कानूनी बाटो खुला गरेकाले आन्दोलन नगरी काममा फर्कन मजदूरलाई आग्रह गरेको थियो। मजदूर काममा फर्केपनि व्यवस्थापनले अझै पनि होटल सञ्चालन गरेको छैन।

“आन्दोलरत मजदूर सबै काममा फर्केका छन्”, अध्यक्ष दाहालले भने, “तर होटल व्यवस्थापनले अहिलेसम्म बुकिङ खुला गरेको छैन, व्यवस्थापकले गैरकानूनी बन्द कायमै राखेको छ।” मजदूर काममा फर्किए पनि होटलमा कुनै चहलपहल देखिएको छैन। पछिल्लो समयमा होटल व्यवस्थापनले निरन्तर घाटा देखाएर सरकारी स्वामित्वको तारा गाउँ विकास समितिलाई कम शेयर दिएकाले होटल विवादित बन्दै आएको थियो। होटललाई शेयर संरचना परिवर्तन गरेर सरकारी शेयर ३९ प्रतिशतबाट नौ प्रतिशतमा झारेको र ३०४ रोपनी सरकारी जग्गाको उचित उपभोग नगरेको आरोप लागेको छ। “जग्गा र शेयरको विवादका कारण व्यवस्थापक होटल पुनः सञ्चालन गर्नबाट पन्छिन खोजेका छन्”, उनले भने, “मजदूरका कारण होटल बन्द भयो भनेर व्यवस्थापन भाग्न खोजिरहेको छ।

मजदूरले खाइपाई आएको सेवा सुविधा कटौती गरिएको र काममा अनावश्यक दुःख दिने गरिएकाले बाध्य भएर सङ्घर्षमा उत्रिनुपरेको अध्यक्ष दाहालले बताए। सेवा सुविधा र सम्मानपूर्वक काम गर्ने वातावरणको माग गर्दै मजदूरले गत जेठ ३० गतेदेखि सङ्घर्ष गर्दै आएका थिए। मजदूर आन्दोलनका कारण एक सातादेखि होटलको सेवा प्रभावित भएको थियो। व्यावसायिक सुरक्षा नभएको भन्दै व्यवस्थापनले होटलको सम्पूर्ण सेवा बन्द गरिएको व्यहोरासहितको पत्र नेपाल स्टक एक्सचेन्जलाई समेत पठाएको थियो। हयातको व्यवस्थापन भारतीय लगानीकर्ता राधेश्याम सर्राफ नेतृत्वले गर्दै आएको थियो। दुई सय ८० कोठा रहेको सो होटलमा करीब ४०० मजदूर कार्यरत छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चारजना मात्रै महिला उम्मेद्वार प्रदेश नम्बर सातबाट
निःशुल्क स्वास्थ्य शिविर शुरु
निःशुल्क स्वास्थ्य शिविर शुरु
३५ वर्षको उमेरमा १८ औं पटक सुत्केरी, १५ वर्षमै विवाह र महिना दिनमै गर्भवती बन्नु नियमजस्तै…
३५ वर्षको उमेरमा १८ औं पटक सुत्केरी, १५ वर्षमै विवाह र महिना दिनमै गर्भवती बन्नु नियमजस्तै…
सुदूरपश्चिममा तेस्रोपटक हिमपात, राजमार्ग अवरुद्ध, जनजीवन प्रभावित
सुदूरपश्चिममा तेस्रोपटक हिमपात, राजमार्ग अवरुद्ध, जनजीवन प्रभावित
चोरी गर्न आएको अवस्थामा पक्राउ
चोरी गर्न आएको अवस्थामा पक्राउ
स्याल समातेर बाघ बनाउँने, ..सिंह बनाएर छाड्ने ?
स्याल समातेर बाघ बनाउँने, ..सिंह बनाएर छाड्ने ?
मदिराले मातेका मित्रको छुरा प्रहारबाट पोर्चुगलमा एक नेपालीको मृत्यु
मदिराले मातेका मित्रको छुरा प्रहारबाट पोर्चुगलमा एक नेपालीको मृत्यु
डाक्टरले आन्दोलन गर्दा बिरामीले सास्ती पाए, सरकार चुप
चितवन मेडिकल कलेजले सबै सङ्कायको बढी शुल्क समायोजन गर्ने
चितवन मेडिकल कलेजले सबै सङ्कायको बढी शुल्क समायोजन गर्ने
लिच्छविकालीन इतिहास खोज्दै एमाले महासचिव शताब्दी पुरुषको निवासमा
लिच्छविकालीन इतिहास खोज्दै एमाले महासचिव शताब्दी पुरुषको निवासमा

तपाईंले छुटाउनुभयो कि?