हामी विद्धान पूर्खाका सन्तान हौं : प्रम ओली
सारांश
- काठमाडौं ।
- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली परापूर्वकाल देखि नै अनुसन्धानमा पोख्त भएको बताएका छन् ।
- नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानको ४२ औं प्राज्ञ सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विद्धान पूर्खाका सन्तान भएकोले जेनेटिक मेमोरिले नेपालीहरुलाई अध्ययन अनुसन्धानमा पोख्त बनाएको बताए ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली परापूर्वकाल देखि नै अनुसन्धानमा पोख्त भएको बताएका छन् । नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानको ४२ औं प्राज्ञ सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विद्धान पूर्खाका सन्तान भएकोले जेनेटिक मेमोरिले नेपालीहरुलाई अध्ययन अनुसन्धानमा पोख्त बनाएको बताए ।
“हाम्रा पुर्खाले आफ्नो अभ्यासलाई सैद्धान्तिकरण गर्न सकेनन्” प्रधानमन्त्री ओलीले भन्नुभयो “तर उनीहरुले अध्ययन अनुसन्धान गरेरै धेरै कुरा पत्ता लगाएर त्यसको उपयोग दैनिक जीवनमा गरे । जंगलका झारपातलाई जडिबुटीको रुपमा प्रयोग गर्नु त्यसकै एउटा उदाहरण हो ।”
प्रधानमन्त्री ओलीले नेपालीहरु हिनग्रन्थी लिएर हिड्न नहुने बताउँदै “हामी गरिव छौं, अविकसित देशमा छौं भनेर हामीले हिनग्रन्थी पाल्नु पर्दैन” प्रधानमन्त्री ओलीले भने, “हामी विद्वान पूर्खाका सन्तान हौं । केही समयसम्म शासकको कमजोरी अलि पछि परिएको हो । तर अब त्यस्तो अवस्था रहँदैन ।”
प्रधानमन्त्री ओलीले प्रतिष्ठानलाई नयाँनयाँ अनुसन्धानमा लाग्न सुझाएका छन् । “समृद्ध नेपाल,सुखी नेपालीलाई गन्तव्यमा राखेर अनुसन्धानका कामहरु अघि बढाउनुहोस । तपाईंहरुका अनुसन्धानबाट देशले लाभ लिन सक्नुपर्दछ ” प्रधानमन्त्री ओलीले भने ।
प्रतिक्रिया