‘हामी संविधान संशोधनको बेमौसमी बाजा बज्न दिदैनौं:विष्ट

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख १२, २०७४
|
|
१३७ पटक हेरिएको
Shares
‘हामी संविधान संशोधनको बेमौसमी बाजा बज्न दिदैनौं:विष्ट

सारांश

  • उम्मेदवार चयन र घोषणापत्र टुंगो लगाउन बसेको एमाले स्थायी कमिटी बैठक बजेट अघि र पछि दुई चरणमा निर्वाचन गराउने सरकारको निर्णय विरुद्ध केन्द्रित भएको छ ।
  • एमालेले बजेट ल्याएर निर्वाचन गर्न मिल्ने भनी निर्वाचन आयोगले दिएको अभिव्यक्तिप्रति समेत आपत्ति जनाएको छ ।
  • पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको स्थायी कमिटी बैठकमा एक महिनाको अन्तर पारेर दुई चरणमा चुनाव गराउन खोज्नु र बजेट भाषणपछि बहुसंख्यक प्रदेशमा निर्वाचन गराउने योजना षडयन्त्रमूलक रहेको शीर्ष नेताको ठम्याई थियो ।

उम्मेदवार चयन र घोषणापत्र टुंगो लगाउन बसेको एमाले स्थायी कमिटी बैठक बजेट अघि र पछि दुई चरणमा निर्वाचन गराउने सरकारको निर्णय विरुद्ध केन्द्रित भएको छ । एमालेले बजेट ल्याएर निर्वाचन गर्न मिल्ने भनी निर्वाचन आयोगले दिएको अभिव्यक्तिप्रति समेत आपत्ति जनाएको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको स्थायी कमिटी बैठकमा एक महिनाको अन्तर पारेर दुई चरणमा चुनाव गराउन खोज्नु र बजेट भाषणपछि बहुसंख्यक प्रदेशमा निर्वाचन गराउने योजना षडयन्त्रमूलक रहेको शीर्ष नेताको ठम्याई थियो । बैठकपछि कुरा गर्दै एमाले सचिव गोकर्ण विष्टले बजेटपछि चुनाव गर्ने कुरा एमालेले कुनै हालतमा स्वीकार नगर्ने बताए ।

उनले भने, ‘अहिले हाम्रो पार्टीमा अभूतपूर्व एकता छ । दुई चरणमा चुनाव गर्ने हो भने बजेट भाषणअघि नै गर्नुपर्ने भन्ने हाम्रो निर्णय हो । यसमा पार्टी अध्यक्षसहित सबै बरिष्ठ नेताहरुले समान धारणा राख्दै सरकारको षडयन्त्रमा निर्वाचन आयोगको सहमतिप्रति आपत्ति प्रकट गर्नुभएको छ ।’

एमालेले बजेट भाषण गरेर दोस्रो चरणको चुनाव हुन सक्ने भनी दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै आयोगको ध्यानाकर्षण गराउने भएको छ । निर्वाचन आयोगसँग संसदीय दलका उपनेता सुवास नेम्वाङ सहितको टोलीले कुरा गरेर एमालेको गम्भिर आपत्ति सहितको लिखित असहमति दर्ज गर्ने निर्णय बैठकले गरेको छ ।

ज्ोठ १५ गते चुनावी बजेट पेश गरेर त्यहि बजेटको भाषण गर्दै भोट माग्न जाने सत्तापक्षको षडयन्त्रलाई कुनै हालतमा सफल हुन नदिने अध्यक्ष ओलीले बैठकमा बताएका छन् । एमालेले बजेट भाषणअघि दुवै चरणका चुनाव हुनुपर्ने र स्थानीय तहको संख्या तलमाथि गर्न नपाउने माग गरेको छ ।

यसैबीच एमाले स्थायी कमिटी बैठकले सरकारले संसदमा पेश गरेको संविधान संशोधन बिधेयक पारित हुन नदिने निर्णय समेत गरेको छ । ‘हामी संविधान संशोधनको बेमौसमी बाजा बज्न दिदैनौं, सबै शक्ति लगाएर त्यसलाई असफल पार्छौं,’ विष्टले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बालिका बलात्कारको आरोप लागेका व्यक्तिको घरमा आक्रोसित स्थानीयले गरे आगजानी
बालिका बलात्कारको आरोप लागेका व्यक्तिको घरमा आक्रोसित स्थानीयले गरे आगजानी
मुसिकोट नेपानेमा बोलेरो गाडी दुर्घटना हुँदा तीनको मृत्यु, तीन जना घाइते
मुसिकोट नेपानेमा बोलेरो गाडी दुर्घटना हुँदा तीनको मृत्यु, तीन जना घाइते
नेताको नाम बेच्दै गरिएको दादागिरीको कुरै नगरौँ
नेताको नाम बेच्दै गरिएको दादागिरीको कुरै नगरौँ
बिष्णु माझीको मनको दियो सांगीतिक बजार धमाका मच्चाउँदै (भिडियो)
बिष्णु माझीको मनको दियो सांगीतिक बजार धमाका मच्चाउँदै (भिडियो)
प्रधानमन्त्रीसँग संवैधानिक आयोगका अध्यक्षहरूद्वारा भेट
प्रधानमन्त्रीसँग संवैधानिक आयोगका अध्यक्षहरूद्वारा भेट
ओली र प्रचण्डबीचबिच समझदारी भइसकेको छ : उपाध्यक्ष ज्ञवाली
ओली र प्रचण्डबीचबिच समझदारी भइसकेको छ : उपाध्यक्ष ज्ञवाली
किसानलाई गहुँ भित्र्याउने चटारो, उत्पादन बढ्ने अनुमान
किसानलाई गहुँ भित्र्याउने चटारो, उत्पादन बढ्ने अनुमान
आयल निगमका प्रमुख गोपाल खड्का बर्खास्त
आयल निगमका प्रमुख गोपाल खड्का बर्खास्त
अवैध लागूऔषध अफिम खेती गर्ने पक्राउ
अवैध लागूऔषध अफिम खेती गर्ने पक्राउ
विद्यार्थी मृत्यु प्रकरण : प्रिन्सिपलसहित पाँच जनाविरुद्ध मुद्दा दायर
विद्यार्थी मृत्यु प्रकरण : प्रिन्सिपलसहित पाँच जनाविरुद्ध मुद्दा दायर