हिँउ खेल्न दोलखामा पर्यटकको घुइँचो, पहिलो रोजाइ कालीञ्चोक

Abhiyanpost Abhiyanpost
|
मंगलबार, पौष २२, २०७६
|
|
४८ पटक हेरिएको
Shares
हिँउ खेल्न दोलखामा पर्यटकको घुइँचो, पहिलो रोजाइ कालीञ्चोक

सारांश

  • प्रभु जिरेल पर्यटन वर्षको शुभारम्भसंगै दोलखाको धार्मिक तथा प्राकृतिक पर्यटकीय क्षेत्र कालीञ्चोकमा हिँउ खेल्ने आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्न थालेको छ ।
  • दोलखाको उच्च भूभागमा केही दिनदेखि बाक्लो हिमपात भएसँगै कालीञ्चोकमा हिउँ खेल्ने पर्यटकको घुइँचो लाग्न थालेको हो ।
  • हिमपातपछि दोलखामा हिउँ खेल्नकै लागि दैनिक हजारौँको सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् ।

प्रभु जिरेल
पर्यटन वर्षको शुभारम्भसंगै दोलखाको धार्मिक तथा प्राकृतिक पर्यटकीय क्षेत्र कालीञ्चोकमा हिँउ खेल्ने आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्न थालेको छ ।

दोलखाको उच्च भूभागमा केही दिनदेखि बाक्लो हिमपात भएसँगै कालीञ्चोकमा हिउँ खेल्ने पर्यटकको घुइँचो लाग्न थालेको हो । हिमपातपछि दोलखामा हिउँ खेल्नकै लागि दैनिक हजारौँको सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । जिल्ला आउने अधिकांश पर्यटकको पहिलो रोजाइ कालीञ्चोक परेको छ । पर्यटक प्रायः कालीञ्चोकको कुरी जाने, हिउँसँग रमाउने र केबुलकार चढ्ने उद्देश्यले दोलखा आउने गरेको पाइएको छ ।

हिउँ खेल्ने पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै गएको कालीञ्चोक क्षेत्रमा भारतीय मूलका पर्यटकको सङ्ख्या बढ्दै गएको पाइन्छ । राजधानी काठमाडौँ तथा तराईसँग सहजै छोटो दूरीमा सडक सञ्जालले जोडिएको कारण कालीञ्चोक क्षेत्रमा तराई तथा भारतीय मूलका पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको पर्यटन व्यवसायी दावा लामाले बताउनुभयो ।

तराईबाट छोटो दूरीमा र काठमाडाँैबाट नजिकै रहेका कारण राजधानीबाट मात्र दैनिक हजारौँ आन्तरिक पर्यटक कालीञ्चोक क्षेत्रमा पुग्ने गरेको पाइन्छ । हिमाली जिल्ला दोलखाको रमणीय क्षेत्र कालीञ्चोकमा कालीञ्चोक भगवतीको दर्शन गर्न र हिउँ खेल्नकै लागि कालीञ्चोक पुग्ने गरेको पर्यटकले बताएका छन् ।

कालीञ्चोक क्षेत्रमा मात्र हाल दैनिक पन्ध्र सयभन्दा बढी पर्यटक भित्रिने गरेको कालीञ्चोक कुरीस्थित होटल सुनपातीका सञ्चालक हरि वलीले बताउनुभयो । कुरी क्षेत्रमा पर्यटकलाई लक्षित गरी सुविधा सम्पन्न करिब १०० होटल सञ्चालनमा रहेका छन् । पर्यटकको मागलाई लक्षित गरी कालीञ्चोक क्षेत्रमा मात्र तीन हजार ५०० देखि चार हजारसम्म पर्यटक सहजै व्यवस्थापन गर्न सकिने गरी होटल सञ्चालनमा रहेको व्यवसायी वलीले बताउनुभयो ।

ती सबै होटल एक सातासम्मका लागि बुकिङ भइसकेको उहाँको भनाइ छ । होटल सबै बुकिङ भए पनि बाक्लो हिमपातका कारण गाडी पाँच किमी तलबाटै कुरीसम्म पुग्न नसकेकालो समस्या भएको जनाएका छन् । हिउँका कारण कुरीसम्म पुग्नका लागि समस्या भएपछि चरिकोटका होटल समेत भरिभराउ छन् । हिउँ परेपछि कालीञ्चोकमा पिउने पानीको सबैभन्दा ठूलो समस्या भएको स्थानीय होटल व्यवसायी सोनाम शेर्पाले बताउनुभयो । उहाँले ट्याङ्करबाट पानी ल्याएर व्यवस्थान गरिएको पनि बताउनुभयो ।

राजधानी काठमाडौँबाट १३३ किमीको सडक यातयताबाट चरिकोट पुगेपछि १७ किमी दूरी पार गरेर कालीञ्चोक पुग्न सकिन्छ । धार्मिक आस्था तथा हिउँ खेल्नका लागि भारतीय पर्यटक दोलखामा आउने गरेको छ । नेपालकै तेस्रो केबुलकारसमेत कालीञ्चोकमा सञ्चालनमा रहेका कारण हिमाली क्षेत्रमा केबुलकारबाट मनोरञ्जन लिनका लागि समेत पर्यटक कालीञ्चोक पुग्ने गरेको पाइन्छ ।

केही दिनदेखि लगातार हिमपात भएसँगै कुरी तथा कालीञ्चोक मन्दिर आसपासमा तीन फिटभन्दा बढी हिँउ जमेको छ । तीन हजार ८४२ मिटरको उचाइमा रहेको यो क्षेत्रमा पुसदेखि फागुनसम्म हिमपात हुने गर्छ । हिउँदको समयमा सधैँजसो हिउँ पर्ने हुँदा हिउँमा खेलिने खेल स्कीका लागि पनि पर्यटक कालीञ्चोक क्षेत्रमा पुग्ने गरेका छन् । यस क्षेत्रबाट हिउँको मज्जासँगै गौरीशङ्कर हिमाल, रोल्वालिङ हिमशृङ्खलालगायत विभिन्न क्षेत्रको अवलोकन गर्न सकिन्छ ।

जिल्लामा परेको हिमपातसँगै सय थुम्का रहेका शैलुङमा पनि हिउँ खेल्न आउने पर्यटको सङ्ख्या वृद्धि भएको शैलुङ गाउँपालिकाले जनाएको छ । यसैगरी जिल्लाको खरीढुङ्गा, च्योर्दुङ, खावा, डाँङ्डगे डाँडालगायत क्षेत्रमा पनि हिउँ खेल्ने आन्तरिक पर्यटकको चाप बढ्दै गएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राहुल गान्धीको पुनरावेदनमा शुक्रबार सुनुवाइ हुने
राहुल गान्धीको पुनरावेदनमा शुक्रबार सुनुवाइ हुने
वीरगञ्जबाट २ जना व्यक्ति औषधसहित नियन्त्रणमा
वीरगञ्जबाट २ जना व्यक्ति औषधसहित नियन्त्रणमा
सरकार सुत्या छ
सरकार सुत्या छ
ग्याल्बो ल्होसारले नेपाल र नेपालीबीच पारस्परिक सम्बन्ध बढाउने छः राष्ट्रपति
ग्याल्बो ल्होसारले नेपाल र नेपालीबीच पारस्परिक सम्बन्ध बढाउने छः राष्ट्रपति
जुवा तास खेल्ने पक्राउ
जुवा तास खेल्ने पक्राउ
भारतलाई पराजित गर्ने नेपाली क्रिकेट टोलीलाई ओलीले जनही दस हजार दिने
भारतलाई पराजित गर्ने नेपाली क्रिकेट टोलीलाई ओलीले जनही दस हजार दिने
राष्ट्र बैंक ऐन संशोधन विधेयकमाथि अर्थ समितिमा छलफल: कारबाही र योग्यताको अस्पष्टता हटाउन ऐनमै स्पष्ट व्यवस्था गर्न माग
राष्ट्र बैंक ऐन संशोधन विधेयकमाथि अर्थ समितिमा छलफल: कारबाही र योग्यताको अस्पष्टता हटाउन ऐनमै स्पष्ट व्यवस्था गर्न माग
कुलमानको आग्रहपछि प्रचण्डले हटाए तस्बिर अंकित चुनावी पोस्टर
कुलमानको आग्रहपछि प्रचण्डले हटाए तस्बिर अंकित चुनावी पोस्टर
राष्ट्रपतिद्वारा गोरखकाली र गोरखनाथ मन्दिरमा पूजाअर्चना
राष्ट्रपतिद्वारा गोरखकाली र गोरखनाथ मन्दिरमा पूजाअर्चना
दर्ता भएपनि सञ्चालनमा नरहेका ७० हजार कम्पनी खारेज हुने
दर्ता भएपनि सञ्चालनमा नरहेका ७० हजार कम्पनी खारेज हुने

तपाईंले छुटाउनुभयो कि?