हुम्लामा वाम गठबन्धनलाई सकस, बलियो बागी

Abhiyanpost Abhiyanpost
|
आइतबार, कार्तिक १९, २०७४
|
|
३७ पटक हेरिएको
Shares
हुम्लामा वाम गठबन्धनलाई सकस, बलियो बागी

सारांश

  • १९ कात्तिक, हुम्ला ।
  • जिल्लामा कांग्रेसभन्दा बलियो देखिएको वाम गठबन्धनलाई वागीका कारण सकस हुने भएको छ ।
  • गठबन्धनका तर्फबाट उम्मेदवार बनेका माओवादीका जिल्ला इन्चार्ज छिमिदोर्जे लामा विरुद्ध माओवादीकै पोलिटव्यूरो सदस्य तथा पूर्व राज्यमन्त्रीले छक्क लामाले वागी उम्मेदवारी दिएका छन् ।

१९ कात्तिक, हुम्ला । जिल्लामा कांग्रेसभन्दा बलियो देखिएको वाम गठबन्धनलाई वागीका कारण सकस हुने भएको छ ।

गठबन्धनका तर्फबाट उम्मेदवार बनेका माओवादीका जिल्ला इन्चार्ज छिमिदोर्जे लामा विरुद्ध माओवादीकै पोलिटव्यूरो सदस्य तथा पूर्व राज्यमन्त्रीले छक्क लामाले वागी उम्मेदवारी दिएका छन् ।

वागी उम्मेदवारी दिएका पूर्व राज्यमन्त्री लामाले उम्मेदवारी फिर्ता नलिएपछि गठबन्धन समस्यामा परेको हो ।

लामा कलम चुनाव चिन्ह लिएर चुनावी अभियानमा होमिएका छन् । पूर्व राज्यमन्त्री तथा पोलिटव्यूरो सदस्य नै वागी उठेपछि हुम्लामा माओवादीको जिल्ला समिति पनि विभाजित भएको छ ।

शुक्रबार र शनिबार दुई दिन लगाएर दुई जनाबीच सहमति गराउने प्रयास समेत असफल भएको छ ।

छलफलका क्रममा आधिकारिक उम्मेदवार छिमिदोर्जेलाई वागी उठेका लामालाई समथर्न गर्न प्रस्ताव गरिएको थियो ।

छक्क लामा पक्षले भने छिमिले स्वतन्त्र उम्मेदवारलाई नै समर्थन गरिसकेको भन्दै प्रचार गरेका छन् ।

तर, गठबन्धनका आधिकारिक उम्मेदवार छिमिले भने आफूले पार्टी छोडेर स्वतन्त्रलाई समर्थन नगरेको बताए । ‘समर्थन गर्ने भन्ने विषयमा छलफल भएको थियो, मैले समर्थन गरेको छैन’  उनले भने,’कार्यकर्ताको भावनाअनुसार मैले पार्टी संगठनका लागि पार्टीकै चिन्हमा चुनाव लड्छु ।’

वागीका कारण हार्ने संकेत गर्दै पार्टीको जिल्ला इन्चार्जसमेत रहेका छिमिले आफूले चुनाव जित्न भन्दा पनि पार्टीका लागि पार्टीकै चुनाव चिन्हमा चुनाव लड्ने निर्णय गरेको बताए ।

प्रतिनिधिसभा र एउटा प्रदेश पाएको माओवादी भित्रै विवाद चुलिएपछि गठबन्धमा रहेको एमाले अन्योलमा रहेको छ ।

स्थानीय तहको मतका आधारमा गठबन्धन कांग्रेस भन्दा धेरै बलियो भए पनि ठूलो जनमत स्वतन्त्रको पक्षमा भएकोले कांग्रेसलाई फाइदा हुने देखिएको छ ।

हुम्लामा प्रतिनिधिसभाका लागि कांग्रेसका मंगलबहादुर शाही उम्मेदवार छन् । प्रदेशसभा -ख) मा कांग्रेसबाट पूर्व मन्त्री जीवनबहादुर शाही उम्मेदवार छन् ।

गठबन्धनको वागी चर्चित हुँदा र पूर्वमन्त्री शाहीको लोकपि्रयताका कारण पनि कांग्रेसलाई सहज भएको कांग्रेस नेताहरुले बताएका छन् ।

माओवादीको भोट आधिकारिक उम्मेदवारलाई भन्दा वागीलाई धेरै जाने र एमालेको भोट पनि पुरै नपाउने भएकोले आफूहरुले जित्ने कांग्रेसको दावी छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?