मनाेरञ्जन समाचार : १ क्विन्टल मोटी अभिनेत्री कसरी भइन् स्लीम?

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, बैशाख ६, २०७६
|
|
५० पटक हेरिएको
Shares
मनाेरञ्जन समाचार : १ क्विन्टल मोटी अभिनेत्री कसरी भइन् स्लीम?

सारांश

  • एजेन्सी ।
  • अभिनेता सलमान खानकोे फिल्म ‘वीर’बाट बलिउडको यात्रा तय गरेकी जरिन खान कुनैबेला १०० केजी तौलकी थिइन् ।
  • सलमानले फिल्ममा लिने पक्का गरेपछि उनलाई पहिलो शर्त तौल कम गर्नुपर्ने राखेका थिए ।
एजेन्सी । अभिनेता सलमान खानकोे फिल्म ‘वीर’बाट बलिउडको यात्रा तय गरेकी जरिन खान कुनैबेला १०० केजी तौलकी थिइन् । सलमानले फिल्ममा लिने पक्का गरेपछि उनलाई पहिलो शर्त तौल कम गर्नुपर्ने राखेका थिए । उनले प्रयास गरिन् तर पूर्ण सफल भइनन् । जसका कारण फिल्म ‘वीर’ रिलिजपछि हिरोइनको मोटोपनमाथि समिक्षकले कटाक्ष गरेका थिए ।
त्यसपछि भने जरिनले आफूलाई पूरै परिवर्तन गरिन् । ४३ किलो तौल घटाएर ५७ पुर्याइन्। । जंकफुडकी सौखिन उनले यहीँबाट बानी सुधार थालिन् । तौल घटाउने उनको तरिका भने ८० प्रतिशत खानामा नियन्त्रण र २० प्रतिशत एक्सरसाइज हो । अहिले त उनले खानपानदेखि एक्सरसाइजसम्मको रुटीन नै बनाएकी छिन् । उनी बिहानै खाली पेटमा १ लिटर पानी पिउँछिन् । बिहानको खाजामा ब्राउन ब्रेड टोस्ट र फलफूल हुन्छ । दिउसो भेजेटेबल सुप पिउने गर्छिन् ।
दिउँसोको खानामा भने भात र ग्रिल्ड चिकेन हुन्छ थोरै मात्रामा । बेलुकी खाना खान छाडेको धेरै भयो उनले । बेलुकी ब्वाइल्ड तरकारी खाने गरेको बताउँछिन् । सुरुमा उनले स्वीमिङ, जगिङ र जिममा धेरै समय बिताइन् । अहिले भने बिहान जगिङ, कार्डियो वर्कआउट, तौल घटाउने तालिम र योगा गर्छिन् । सुरुमा मोटी भनेर जिस्काउनेहरुलाई अचेल उनी उल्टै जिस्क्याउँछिन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?