‘हेपाटाइटिस बी’ समस्याबाट पीडित उपल्लो डोल्पावासी

Abhiyanpost Abhiyanpost
|
बिहिबार, चैत्र ७, २०७५
|
|
३३ पटक हेरिएको
Shares
‘हेपाटाइटिस बी’ समस्याबाट पीडित उपल्लो डोल्पावासी

सारांश

  • डोल्पा, ७ चैत , हिमाली जिल्ला डोल्पाको उत्तरी क्षेत्रमा पर्ने उपल्लो भोटमा ‘हेपाटाइटिस बी’ को बिकराल समस्या देखिएको छ ।
  • डोल्पो बुद्ध गाउँपालिकाको आयोजनामा सो गाउँपालिकाअन्तर्गत पर्ने धो, तिन्जे, सिमेन्टलगायत स्थानमा गत वर्ष वैशाखमा गरिएको निःशुल्क स्वास्थ्य परीक्षण शिविरमा ८० स्थानीयवासीको स्वास्थ्य जाँचगर्दा २२ जनामा हेपाटाइटीस बी पोजेटिभ देखिएको थियो ।
  • “शिविर सञ्चालन हुनुभन्दा केही हप्ता अगाडि उपल्लो डोल्पाकै दुई जनाको उपचारका क्रममा हेपाटाइटीस बीबाट जिल्ला अस्पतालमा मृत्यु भएपछि निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको थियो”, जिल्ला अस्पताल डोल्पाका डाक्टर हिमबिक्रम शाहीले भन्नुभयो, “ त्यहाँका नागरिकमा यस्तो सरुवा रोगको संकेत देखिएपछि चिकित्सकसहितको टोलीले रगत परीक्षणका लागि त्यस क्षेत्रमा खटाइएको थियो ।

डोल्पा, ७ चैत , हिमाली जिल्ला डोल्पाको उत्तरी क्षेत्रमा पर्ने उपल्लो भोटमा ‘हेपाटाइटिस बी’ को बिकराल समस्या देखिएको छ ।

डोल्पो बुद्ध गाउँपालिकाको आयोजनामा सो गाउँपालिकाअन्तर्गत पर्ने धो, तिन्जे, सिमेन्टलगायत स्थानमा गत वर्ष वैशाखमा गरिएको निःशुल्क स्वास्थ्य परीक्षण शिविरमा ८० स्थानीयवासीको स्वास्थ्य जाँचगर्दा २२ जनामा हेपाटाइटीस बी पोजेटिभ देखिएको थियो ।

“शिविर सञ्चालन हुनुभन्दा केही हप्ता अगाडि उपल्लो डोल्पाकै दुई जनाको उपचारका क्रममा हेपाटाइटीस बीबाट जिल्ला अस्पतालमा मृत्यु भएपछि निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको थियो”, जिल्ला अस्पताल डोल्पाका डाक्टर हिमबिक्रम शाहीले भन्नुभयो, “ त्यहाँका नागरिकमा यस्तो सरुवा रोगको संकेत देखिएपछि चिकित्सकसहितको टोलीले रगत परीक्षणका लागि त्यस क्षेत्रमा खटाइएको थियो ।
उपल्लो डोल्पाको विकट क्षेत्रमा केही संक्रमित व्यक्तिबाट यो रोग फैलिँदै गएको अनुमान चिकित्सकको छ । हेपाटाइटीस बी पोजेटिभ देखिएका सबै व्यक्तिलाई रोगको विषयमा कुनै पनि जानकारी छैन । रगत परीक्षणपछि संक्रमित व्यक्तिलाई हेपाटाइटीस बी पोजेटिभ रोग देखिएको सम्बन्धमा स्थानीयवासीसँग सोध्दा यसबारे आफूहरुलाई कुनै जानकारी नभएको बताएको चिकित्सक शाहीले जानकारी दिनुभयो ।

रोगी व्यक्तिसँग असुरक्षित यौन सम्पर्क गर्दा, रगत आदनप्रदान गर्दा र रोगी व्यक्तिले प्रयोग गरेको सुइ, सिरिन्ज, ब्रसहरु विना नर्मलीकरण प्रयोग गर्दा यो रोग सर्ने चिकित्सकको भनाइ छ । तर हात मिलाउँदा, अंकमाल गर्दा यो रोग नसर्ने उनीहरुको दाबी छ ।

आगामी वैशाखमा संक्रमित क्षेत्रमा पुनः निःशुल्क स्वास्थ्य परीक्षण शिविरको आयोजना गरिने लक्ष्य लिएको जिल्ला अस्पताल डोल्पाले जनाएको छ । उपल्लो डोल्पालीको बिहेवारी आफ्नो गाउँ ठाउँमामात्रै हुने भएकाले उपल्लो डोल्पामा पर्ने डोल्पो बुद्ध गाउँपालिकामात्रै नभइ शे–फोक्सुन्डो र छार्काताङसोङ गाउँपालिकामा पनि यो रोगका विरामी हुन सक्ने अनुमान चिकित्सक शाहीको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इन्टरपोलका अध्यक्षले दिए राजीनामा !
इन्टरपोलका अध्यक्षले दिए राजीनामा !
अनिलको अर्धशतकमा जनकपुरको लगातार दोस्रो जित, कर्णाली याक्स ८ विकेटले पराजित
अनिलको अर्धशतकमा जनकपुरको लगातार दोस्रो जित, कर्णाली याक्स ८ विकेटले पराजित
कामीरिताको विश्वकीर्तिमान : २७औँ पटक सर्वोच्च शिखरमा
कामीरिताको विश्वकीर्तिमान : २७औँ पटक सर्वोच्च शिखरमा
एकै दिन २४ हजारले अवलोकन गरे फर्निचर एक्स्पो, आइतबार सकिँदै
एकै दिन २४ हजारले अवलोकन गरे फर्निचर एक्स्पो, आइतबार सकिँदै
कोरोनाभाइरसबाट नेपालसहित दक्षिण एसियामा कहाँ, कति सङ्क्रमण ?
कोरोनाभाइरसबाट नेपालसहित दक्षिण एसियामा कहाँ, कति सङ्क्रमण ?
सिरियामा क्षेप्यास्त्र प्रहार, १२ जना सर्वसाधारणको मृत्यु
सिरियामा क्षेप्यास्त्र प्रहार, १२ जना सर्वसाधारणको मृत्यु
रातमा कुकुर रोए किन अशुभ हुन्छ ? यस्तो छ धार्मिक विश्वास
रातमा कुकुर रोए किन अशुभ हुन्छ ? यस्तो छ धार्मिक विश्वास
कर्जा दिन बैंकहरुसँग ६० अर्ब पूँजी बाँकी, फागुनसम्म कर्जाको व्याजदर धेरै नघट्ने
कर्जा दिन बैंकहरुसँग ६० अर्ब पूँजी बाँकी, फागुनसम्म कर्जाको व्याजदर धेरै नघट्ने
‘बोलबम’ यात्रामा एकको मृत्यु !
‘बोलबम’ यात्रामा एकको मृत्यु !
संसद अधिवेशन बोलाएर ओलीलाई प्रधानमन्त्रीबाट हटाउन बाबुरामको प्रस्ताव
संसद अधिवेशन बोलाएर ओलीलाई प्रधानमन्त्रीबाट हटाउन बाबुरामको प्रस्ताव

तपाईंले छुटाउनुभयो कि?