हेर्नुहोस कांग्रेसका कुन कुन हस्तीहरू नै पराजित भए ?

Abhiyanpost Abhiyanpost
|
सोमबार, मंसिर २५, २०७४
|
|
५६ पटक हेरिएको
Shares
हेर्नुहोस कांग्रेसका कुन कुन हस्तीहरू नै पराजित भए ?

सारांश

  • मंसिर २५, २०७४(कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल २६ वर्षपछि चुनाव हारेका छन् ।
  • पार्टीभित्र पुरानो संस्थापन पक्षको नेतृत्वमा रहेका पौडेल तनहुँ १ बाट वाम गठबन्धनका उम्मेदवार एमालेका कृष्णकुमार श्रेष्ठसँग पराजित भएका हुन् ।
  • यसबीचमा पौडेलले सभामुख, संसदीय दलको नेता, पार्टीको कार्यवाहक सभापति, उपप्रधानमन्त्री र पटक–पटक मन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् ।

मंसिर २५, २०७४(कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल २६ वर्षपछि चुनाव हारेका छन् । पार्टीभित्र पुरानो संस्थापन पक्षको नेतृत्वमा रहेका पौडेल तनहुँ १ बाट वाम गठबन्धनका उम्मेदवार एमालेका कृष्णकुमार श्रेष्ठसँग पराजित भएका हुन् ।
यसबीचमा पौडेलले सभामुख, संसदीय दलको नेता, पार्टीको कार्यवाहक सभापति, उपप्रधानमन्त्री र पटक–पटक मन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् । यसपटकको चुनावमा तनहुँवासीले उनलाई भावी प्रधानमन्त्रीका रूपमा हेरेका थिए ।

१३ औं महाधिवेशनमा आफ्नै समकक्षी शेरबहादुर देउवासँग पार्टी सभापतिमा पराजित भएपछि पौडेल पार्टीभित्र पुरानो संस्थापन पक्षको नेतृत्वमा रहेका थिए । ०४८ को आम निर्वाचनमा पौडेल तनहुँ १ बाट विजयी भएका थिए । ०५१ को मध्यावधि निर्वाचनपछि उनले तनहुँ २ बाट चुनाव जित्दै आएका थिए । निर्वाचन क्षेत्र निर्धारण गर्दा तनहुँ दुईवटा क्षेत्रमा सीमित भएपछि पौडेल १ नम्बर क्षेत्रबाट प्रतिस्पर्धामा थिए ।

कांग्रेसका अर्का प्रभावशाली नेता एवं पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पनि झापा ३ मा राप्रपाका उम्मेदवार राजेन्द्र लिङदेनसँग पराजित भएका छन् । समानुपातिकको १ नम्बर सूची छाडेर सिटौला चुनावी प्रतिस्पर्धामा होमिएका थिए । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले राप्रपासँग गठबन्धन गर्दा झापा ३ मा लिङदेनलाई छाड्ने गरी सिटौलालाई समानुपातिक सूचीमा राखेका थिए । तर, सिटौला समानुपातिकमा नबसेर चुनावी प्रतिस्पर्धा गर्न तम्सेपछि झापामा राप्रपाले वाम गठबन्धनसँग तालमेल गरेको थियो । उनी ०६४ को संविधानसभा निर्वाचनमा गृहमन्त्री बहाल रहेकै अवस्थामा पनि पराजित भएका थिए । उनी संविधान निर्माण मस्यौदा समितिका सभापतिसमेत रहेका थिए । १३ औं महाधिवेशनमा तेस्रो धारको नेतृत्व गर्दै सिटौला पार्टी सभापतिमा प्रतिस्पर्धा गरेका थिए । पराजित भएपछि पनि उनले पार्टीभित्र आफ्नै छुट्टै धार अघि बढाउँदै आएका छन् ।

भावी पार्टी उपसभापतिका रूपमा हेरिएका पूर्वमहामन्त्री विमलेन्द्र निधि पनि धनुषा ३ बाट राष्ट्रिय जनता पार्टी ९राजपा० का नेता राजेन्द्र महतोसँग पराजित भए । पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका निधि तत्कालीन कांग्रेस र माओवादी केन्द्रबीचको गठबन्धन सरकार बनाउने मुख्य सूत्रधारमध्येका नेता हुन् । मधेसका मुद्दालाई संविधान संशोधनमार्फत सम्बोधन गर्न पार्टीबाट नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका निधि मधेसबाटै पराजित भएका छन् । आफ्ना सामुन्ने कोही ‘हेभिवेट’ नभई ‘अन्डरवेट’ रहेको प्रतिक्रिया दिँदै आएका निधिलाई महतोले करिब तीन हजार मतान्तरमा पराजित गरेका छन् ।

पूर्वसहमहामन्त्री पूर्णबहादुर खड्का पनि पराजित भएका छन् । उनी सुर्खेत १ बाट एमालेका उम्मेदवार ध्रुवकुमार शाहीबाट पराजित भएका हुन् । खड्का झन्डै साढे तीन हजार मतान्तरमा पराजित भए । सुर्खेत २ मा पूर्वमन्त्री हृदयराम थानी पनि हारको संघारमा पुगेका छन् ।

केन्द्रीय सदस्य प्रकाशशरण महत काठमाडौं ५ बाट पराजित भएका छन् । पटक–पटक मन्त्री रहेका महत यसअघि नेता नरहरि आचार्यले दुईपटक चुनाव जित्दै आएको क्षेत्रमा झन्डै ९ हजार मतान्तरमा पराजित बन्न पुगे ।

प्रधानमन्त्री देउवाकी पत्नी आरजु पनि पराजित भएकी छन् । दुईपटक समानुपातिक सूचीबाट सांसद रहेकी आरजुले यसपटक कैलाली ५ बाट चुनाव लडेकी थिइन् । उनी ५ हजारभन्दा बढी मत अन्तरमा एमालेका नारदमुनि रानासँग पराजित भइन् । पार्टीको स्थिति कमजोर हुनुमा आरजुको भूमिकालाई लिएर पार्टीभित्र तीव्र आलोचना भइरहेको छ । कांग्रेसका चर्चित युवा नेता विश्वप्रकाश शर्मा झापा १ बाट पराजित भएका छन् । बौद्धिक र प्रखर वक्ता शर्मा र माओवादीका राम कार्कीबीचको प्रतिस्पर्धा रोचक बन्दै आएको थियो । करिब २ हजार ८ सय मतान्तरमा शर्मा पराजित भएका हुन् ।

कांग्रेसका युवा नेता उदयशमशेर राणा ललितपुर १ बाट पूर्वडीआईजी नवराज सिलवालसँग पराजित भएका छन् । प्रहरी महानिरीक्षक हुन नसकेपछि राजीनामा दिएर राजनीतिमा हामफालेका सिलवाल एमालेबाट उम्मेदवार थिए । केन्द्रीय सदस्य शंकर भण्डारी तनहुँ २ बाट पराजित भएका छन् । उनी ०७० को संविधानसभा निर्वाचनमा तनहुँ १ बाट निर्वाचित सांसद हुन् । यसपटक दुइटा मात्रै निर्वाचन क्षेत्र कायम भएपछि कांग्रेस वरिष्ठ नेता पौडेल १ र भण्डारी २ बाट चुनावी प्रतिस्पर्धामा थिए ।

प्रमुख सचेतक चीनकाजी श्रेष्ठ गोरखा १ बाट पराजित भएका छन् । गोरखामा नयाँ शक्ति पार्टीसँगको तालमेलमा कांग्रेसले गोरखा १ मा मात्रै उम्मेदवारी दिएको थियो । क्षेत्र २ मा कांग्रेसले नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईलाई सघाएको थियो । भट्टराई माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई पराजित गरी विजयी भइसकेका छन् । कांग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारी गुल्मी १ बाट पराजित भएका छन् । उनी एमालेका नेता प्रदीप ज्ञवालीसँग साढे सात हजार मतान्तरमा पराजित भए । कांग्रेस केन्द्रीय सदस्य भीष्मराज आङदेम्बे पनि पराजित भइसकेका छन् । देउवानिकट केन्द्रीय सदस्यहरू एनपी सावद र रमेश लेखकको अवस्था पनि कमजोर छ । सावद धेरै पछि छन् । लेखकले तीव्र प्रतिस्पर्धा गरिरहेका छन् ।

केन्द्रीय सदस्य दीपक गिरी दाङ ३ बाट साढे ६ हजार मतान्तरमा एमालेका उम्मेदवार हीराचन्द्र केसीबाट पराजित भए । श्रममन्त्री फरमुल्ला मन्सुर बारा ३ बाट पराजयको निकट पुगेका छन् । आइतबार रातिसम्मको मतगणनामा उनी तेस्रो स्थानमा झरेका छन् । केन्द्रीय सदस्य महेन्द्र यादव र किरण यादव पनि पराजयको संघारमा छन् ।

पूर्वराजदूत दीपकुमार उपाध्याय र राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष गोविन्द पोखरेल पनि पराजित भएका छन् । उपाध्याय कपिलवस्तु १ बाट र पोखरेल प्यूठानबाट चुनावी मैदानमा थिए । उपाध्याय राजदूत र पोखरेल पुनर्निर्माण प्राधिकरणको सीईओ छाडेर चुनावी प्रतिस्पर्धामा आएका थिए । पार्टीका नेतामध्येका अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की जितको निकट पुगेका छन् । दस हजार मत गन्न बाँकी छँदा कार्की ६ हजार १ सय मतले अघि देखिएका छन् ।

अर्का नेता विजय गच्छदार पनि शनिबार रातिसम्मको मतगणनामा एक हजार मतले पछि छन् । ०४८ सालदेखि निरन्तर चुनाव जित्नेमध्येका गच्छदारलाई एमालेकी उम्मेदवार भगवती चौधरीले कडा टक्कर दिएकी छन् । धेरै मत गन्न बाँकी भएकाले गच्छदारको सम्भावना अझै टरेको छैन ।

‘पार्टी रचनात्मक प्रतिपक्षमा बस्छ’

निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँडले पार्टीले भोग्नुपरेको पराजयबारे चाँडै नै केन्द्रीय कार्यसमितिको बैठकमा समीक्षा हुने बताए । कतिपय नेताहरूले विशेष महाधिवेशन बोलाउनुपर्ने माग गरिरहेका बेला नेता खाँडले भने सम्भव नभएको बताए ।

‘पार्टीभित्र एकता र समन्वयको आवश्यकता छ । अहिले विशेष महाधिवेशन बोलाएर पार्टीलाई बल पुग्दैन,’ खाँडले भने, ‘पार्टी कार्यकर्ता र समर्थकको उच्च मनोबल बनाउन पार्टीभित्रको एकता पहिलो प्राथमिकता हो ।’ खाँडले कांग्रेसले प्रतिपक्षमा बसेर वाम गठबन्धनको सरकारको कामकारबाहीलाई गुणरदोषका आधारमा सहयोग र आलोचना गर्ने बताए । ‘तर लोकतान्त्रिक मूल्य मान्यतालाई कमजोर बनाउन संविधान संशोधन गर्ने खालका गतिविधि भए त्यसविरुद्ध तीव्र जनमत सिर्जना गरेर विरोध गर्छौं,’ उनले भने ।

कान्तिपुर दैनिक बाट १

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘यातायात समितिका रोक्का खाता खुल्दैनन्’
‘यातायात समितिका रोक्का खाता खुल्दैनन्’
अख्तियार प्रमुख लोकमानसिंह कार्कीको गतिविधि मर्यादा विपरित : मन्त्री थापा
क्यालिफोर्नियाको डढेलो अझै नियन्त्रणमा आएन, १५ जनाको मृत्यु, १८० हराए
क्यालिफोर्नियाको डढेलो अझै नियन्त्रणमा आएन, १५ जनाको मृत्यु, १८० हराए
कश्मिर, अयोध्यापछि मोदीको अर्को निशाना समान नागरिक स‌ंहिता?
कश्मिर, अयोध्यापछि मोदीको अर्को निशाना समान नागरिक स‌ंहिता?
स्वयम्भुमा नमो क्षेत्रपाल आयुर्वेद हेल्थहोम, पहिलो दिनमै ५ सयको निःशुल्क स्वास्थ्य परीक्षण
स्वयम्भुमा नमो क्षेत्रपाल आयुर्वेद हेल्थहोम, पहिलो दिनमै ५ सयको निःशुल्क स्वास्थ्य परीक्षण
लाइसेन्सको राजस्व अब अनलाइनबाटै: बैंकको लामो लाइन बस्नुपर्ने झन्झट सधैँका लागि अन्त्य
लाइसेन्सको राजस्व अब अनलाइनबाटै: बैंकको लामो लाइन बस्नुपर्ने झन्झट सधैँका लागि अन्त्य
नक्कली मदिरा उत्पादन र बिक्री गर्ने सार्वजनिक
नक्कली मदिरा उत्पादन र बिक्री गर्ने सार्वजनिक
फुटबल टोली भारत प्रस्थान
फुटबल टोली भारत प्रस्थान
नेपाल सरकारले २ करोड खर्च गरेको कार्यक्रममा आयोजकको लार्पवाहि
नेपाल सरकारले २ करोड खर्च गरेको कार्यक्रममा आयोजकको लार्पवाहि
कांग्रेसमा कमजोर बन्दै सभापति देउवा
कांग्रेसमा कमजोर बन्दै सभापति देउवा

तपाईंले छुटाउनुभयो कि?