हेर्ने होइन त आजको राशिफल कस्तो छ !

Abhiyanpost Abhiyanpost
|
बिहिबार, आश्विन १८, २०७५
|
|
४६ पटक हेरिएको
Shares

सारांश

  • २०७५ साल असोज १८ गते बिहीबार।
  • मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ नजिकका साथीभाइसँग असमझदारी बढ्नेछ भने काम बिग्रने डरले सताउन सक्छ।
  • तर बुद्धिको उपयोगले जटिल काम समेत सम्पादन हुनेछ।

२०७५ साल असोज १८ गते बिहीबार।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
नजिकका साथीभाइसँग असमझदारी बढ्नेछ भने काम बिग्रने डरले सताउन सक्छ। तर बुद्धिको उपयोगले जटिल काम समेत सम्पादन हुनेछ। ईर्ष्या गर्नेहरूलाई मेहनतको जवाफ दिन सफल भइनेछ। टाढिएका आफन्तजन नजिकिनेछन्। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
काममा जुट्ने समय छ। तर, सहयोगीहरूले हात झिक्नुका साथै परिस्थितिले सोचेभन्दा फरक मोड लिन सक्छ। अग्रजहरूको सहमति नाजुट्नाले काममा बाधा पुग्नेछ। योजना प्रारम्भ गर्न केही समय पर्खनुपर्ने देखिन्छ। होसियार रहनुहोला।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
वचन पुर्याउन नसक्ता आलोचित बन्नुपर्ला। आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ। हातमा आएको रकम अरूका लागि खर्चनुपर्नेछ। बुद्धिले काम लिँदा चिताएको योजना कार्यान्वयनमा आउनेछ। शुभचिन्तकहरूको भावना बुझेर अघि बढ्नुहोला।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
नयाँ कामको प्रस्ताव आउनेछ । पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। परिवारजनसँग रमाइलो भेटघाट हुनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
भैपरी आउने खर्चले धन अभाव हुनेछ। समय दिन नसक्दा बन्न लागेको काम रोकिन सक्छ। पछिका लागि केही वस्तु त्याग्नुपर्ला। टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ। खर्च लागे पनि यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ। अवसरका लागि केही दौडधुप गर्नुपर्ला।

कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो
मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। तारिफयोग्य काम सम्पादन गर्दै मनग्गे धन आर्जन गर्न सकिनेछ। थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ। विभिन्न भौतिक साधन जुट्नेछन् भने आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
अहिलेको फाइदा हेर्दा पछिको फाइदा घट्नेछ। पहिलेका कमजोरी बाहिर आउनाले प्रतिष्ठामा समस्या पर्न सक्छ। कामको तालमेल नमिल्दा योजना अधुरै रहनेछ। ईर्ष्या गर्नेहरू सक्रिय रहनेछन् भने अवसरवादीहरूले कमजोरीको फाइदा उठाउनेछन्।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
नयाँ काम थालनी हुनेछ। समुदायको हितमा केही काम गर्न सकिनेछ। तर परिस्थितिवश फाइदा नहुने काममा अलमलिनुपर्ला। आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। श्रम परेकोमा पनि सोचेको मूल्य प्राप्त नहुन सक्छ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
नचाहिने काममा धेरै समय खर्च हुनेछ। शुभचिन्तकहरूले साथ दिनेछन्। गोपनीयतामा भने विशेष ध्यान पुर्याउनुहोला। चिताएको काम तत्काल सम्पादन नभए पनि पछिका लागि सकारात्मक संकेत प्राप्त हुनेछ। सोचेको उपलब्धि प्राप्त गर्न समय लाग्नेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
परिस्थिति अनुकूल रहनेछ । लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। छोटो समयमा फाइदा उठाउन सकिनेछ। व्यापारको बहानामा रमाइलो यात्रा हुन सक्छ। विशेष उपहार प्राप्त हुन सक्छ। मित्रता र प्रेमको बन्धन कसिनेछ ।सत्कार प्राप्त हुने समय छ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
नयाँ योजना प्रारम्भ गर्न समस्या पर्नेछ। वैधानिक प्रावधानले केही अप्ठ्यारो पार्नेछ भने अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ। अस्वस्थताले लक्ष्यअनुसार काममा जुट्न नसकिएला। व्याहारिक अलमलले पनि आँटेका काममा बाधा पुर्याउनेछ। केही चुनौतीहरू देखिनेछन्।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
नयाँ काममा हातहाल्नुअघि विचार पुर्याउनुहोला। गुरुजनसँग मतभेद हुनाले अध्ययनमा पछि परिनेछ। समयको गतिलाई पछ्याउन नसक्दा दुःख पाइनेछ। परिस्थितिसँग सम्झौता गर्नुपर्ला। तापनि चुनौती पन्छाएर नयाँ काममा जग बसाउने अवसर प्राप्त हुनेछ।

(https://basicbluesnation.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?