१०५ क्षेत्र गन्ती पूरा हुँदा वाम गठबन्धनलाई प्रत्यक्षमा बहुमत

Abhiyanpost Abhiyanpost
|
आइतबार, मंसिर २४, २०७४
|
|
५१ पटक हेरिएको
Shares
१०५ क्षेत्र गन्ती पूरा हुँदा वाम गठबन्धनलाई प्रत्यक्षमा बहुमत

सारांश

  • काठमाडौं, मंसिर २४ – प्रतिनिधिसभाको १ सय ५ क्षेत्रको मतगणना सकिँदा वाम गठबन्धनलाई बहुमत प्राप्त भएको छ ।
  • नेकपा एमालेले ५९ र माओवादी केन्द्रले २४ क्षेत्र गरी ८३ क्षेत्रमा जित निकाल्दै वाम गठबन्धनले प्रतिनिधिसभा प्रत्यक्ष तर्फ बहुमत पुगेको छ ।
  • प्रतिनिधिसभाको १६५ क्षेत्रमध्ये १ सय ५ क्षेत्रको मतगणना सकिँदा वाम गठबन्धनले बहुमत ल्याएको हो ।

काठमाडौं, मंसिर २४ – प्रतिनिधिसभाको १ सय ५ क्षेत्रको मतगणना सकिँदा वाम गठबन्धनलाई बहुमत प्राप्त भएको छ । नेकपा एमालेले ५९ र माओवादी केन्द्रले २४ क्षेत्र गरी ८३ क्षेत्रमा जित निकाल्दै वाम गठबन्धनले प्रतिनिधिसभा प्रत्यक्ष तर्फ बहुमत पुगेको छ ।

प्रतिनिधिसभाको १६५ क्षेत्रमध्ये १ सय ५ क्षेत्रको मतगणना सकिँदा वाम गठबन्धनले बहुमत ल्याएको हो । सिरहा ३ का एमाले उम्मेदवार लिलानाथ श्रेष्ठ २३ हजार २७२ मत प्राप्त गरेर गठबन्धनका तर्फबाट ८३ औं सांसद निर्वाचित हुनु भएको हो ।

पछिल्लो मतपरिणाम अनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेसले १२, संघीय समाजवादी फोरम नेपालले ४, राष्ट्रिय जनता पार्टी नेपाल ३, स्वतन्त्र उम्मेदवारले १ र नयाँ शक्ति पार्टी नेपालले १ ठाउँमा जित हासिल गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?